देशको गीत

– रन्जु मार्ग  
ranju-acharya-009089
किन लायौ फूलको माला ,किन ओढेयौ खाँदा
किन छायो ओठमा हाँसो , देश रोई रहँदा ?

रङिएर अबिरले ,गरेयौ आखिर के र ?
पोखे रगत शहिदले ,अझै पुगेन र ?
किन छरछौ विषको बिउु ,मन भरी गाँठो
आज देश रोई रहदा ,तिम्रो ओठमा हाँसो !
चुलो बाल्छु भन्दै हिंडयौ ,देशै बाली दियौ
फुटाएर भाई-भाई ,वंश नासी दियौ
मेटिदैन इतिहाँस ,बदलिदैन बाटो
झुठो कसम नखाउ अब,छोई देशको माटो !!

तपाइँको प्रतिक्रिया