पोर्चुगलमा शेर्पाहरुकै दुई संस्थाबिच भिडन्त, प्रहरीमा उजुरी

15741116_10154851447431944_9156063912361005381_n

नेपालमा जस्तै युरोपमापनि विभिन्न जातिय संस्थाहरुबिच भिडन्त, मनमुटाव र गूटहरु खडा भएका छन् । नेपालेहरुको संख्या बढ्दै जाँदा ति जातिय संस्थामापनि तानातान, मतभेद र एकले अर्को बिरुद्द प्रशासनमै उजूरी दिन थालेका छन् । पोर्चुगलमा शेर्पाहरुकै एक संस्थाले शेर्पाहरुकै अर्को संस्थाबिरुद्द प्रहरीमा उजुरी दिएको छ । एकले अर्कोलाई चेतावनी दिएका छन् । कार्यक्रम भाँड्न खोजेको आरोप लगाएका छन् ।

15823522_10154851447436944_9178290033053259940_n

शेर्पा एशोसिएसन अफ नेपाल र पोर्चुगल शेर्पा किदुङ भन्ने दुई संस्था छन् पोर्चुगलमा । यि दुबैले अहिले एकले अर्कोलाई आरोप लगाएका छन् अनाधिकारिक भन्दै । दुबैले आफू बैधानिक भएको दाबी गरेका छन् । एकले अर्कोलाई आरोप लगाउँदै प्रेस बिज्ञप्ती जारि गरेका छन् । शेर्पा एशोसिएसन अफ पोर्चुगलले शेर्पा किदुङलाई अबैधानिक संस्था भन्दै आफ्नो कार्यक्रम भाँड्न खोजेको आरोप लगाएको छ । कार्यक्रमहरु गर्न खोज्दा किदुङका सदस्यहरुले भाँड्न खोजेको, भ्रामक समाचारहरु सम्प्रेशण गरेको आरोप लगाएको छ । भविष्यमा यस्तै भ्रामक कुराहरु सम्प्रेषण गरि कार्यक्रम बिथोल्न खोजे हुनसक्ने अप्रिय घटनाको जिम्मेवारपनि किदुङ एशोसिएसननै हुने भन्दै चेतावनी दिएको छ ।

पोर्चुगल शेर्पा किदुङकोपनि दाबि आफ्नै संस्था आधिकारिक भन्ने छ । शेर्पा एशोसिएसन अफ पोर्चुगलले अबैधानिक रुपमा लोगो र नाम प्रयोग गरेको, बैधानिक संस्थासित छलफलनै नगरेको, कार्यसमितिका पदाधिकारीसित छलफल नगरि एकल निर्णय गरेको आरोप लगाएको छ । किदुङले शेर्पा एशोसिएसन अफ पोर्चुगलमाथि आर्थिक अपारदर्शित गरेको आरोपसमेत लगाएको छ । यिनै अबैधानिक काम गरेकाले शेर्पा एशोसिएसन अफ पोर्चुगल बिरुद्द पोर्चुगलको प्रहरी प्रशासनसमक्ष उजुरी दिएकोपनि बिज्ञप्तीमा स्पष्ठ पारेको छ ।

तपाइँको प्रतिक्रिया