कथा : सगोत्रिय प्रेम

  • सन्तोष न्यौपाने / बेल्जियम

journalist-santosh-nyaupane-belgium‘के छ गफाडी खबर ? मैले त तिमीलाई अझसम्म पनि चिन्न सकिन यार ।”

सिल्भियाले ठट्यौली पारामा प्रस्न तेर्स्याई ।

प्रश्न भुइमा झर्न नपाउँदै स्टेफनले किबोर्ड तिर औला लम्काउँदै प्रतिउत्तर फर्कायो ”अब चिनेर पो के गर्नु छ र ? तिमि कसैकी भैसक्यौ अनि म कसैको भैसकेको छु ।”

प्रतिउत्तर पछि सिल्भिया केहि बेर मौन बसी । मानौ यो जवाफले उसलाई निकै झट्का लागेको छ । विगतका यादहरु उसका अगाडी नाचिरहेका छन । र ति यादहरुसंग उ रमाउदै छे । स्टेफनसंग जिस्कियका पलहरु, पत्रमा कोरिएका प्रत्यक शब्दहरु उसलाई हिजो जस्तै लागेको छ । सायद यस्तै यस्तै यादहरुमा भुलिरहेकी होलि ।

”ओहो कति सेण्टिमेण्टल कुरा गर्न जानेको ह तिमि ?’म अफिसमा छु व्यस्त भयर नि । ‘विगतलाइ विर्सेको भान पार्नलाई उसले आफुलाई सम्यम राख्ने प्रयास गरी । तरपनि स्टेफ़नले उसको कुरामा पटक्कै विश्वास गरेन । गरोस पनि कसरि । सिल्भियाले आफुलाई कति माया गर्छे भन्ने कुरा केवल उसैलाई मात्र थाहा छ ।

‘इट्स ओके ।’ छोटो जवाफ सहित उसले प्रसंग अन्तै बदल्यो ।

स्टेफन स्पेनमा र सिल्भिया अस्ट्रियामा आफ्ना आम बुवासंग बस्दै आएका छन । दुवै नेपाली मुलक युरोपियन नागरिक हुन् । स्टेफन पराजुली र सिल्भिया सापकोटा । स्टेफन त्यहाँको नगरपालिकामा अफिसरको रुपमा काम गर्दै आएको छ । उता सिल्भिया भने नर्स बनेकी छि ।

स्टेफन र सिल्भियाको भेट पत्रमित्रताबाट सुरु भएको थियो । सिल्भिया कक्षा ८ पढ्दा उ भर्खर ११ मा अध्ययनरत थियो । दुवै नेपालको सरकारी बिद्यालयमा अध्ययनरत थिए । बिदाको क्रममा स्टेफन उसको फुपू दिदीको घर गल्कोट पुगेको थियो । फुपू दिदिकोमा उहाकी मामाकी छोरी लक्ष्मी बस्ने गर्थिन । भिनाजु बाहिर भएको हुनाले उनले दिदीलाई घरको काममा सघाउने तथा त्यही बसेर पढ्ने गरेकी थिइन् । तिनै लक्ष्मीकि साथि सिल्भिया थिइ |उनीहरु एकै कक्षामा संगै अध्ययन गर्दथे | फुपू दिदिकोमा आउँदा स्टेफ़नले उसलाई देखेको थियो । पछि लक्ष्मी संग सिल्भियाको ठेगाना मागेर आफैबाट पत्राचार को सुरुवात गर्यो ।

”अलि अलि परिचित र धेरै अपरिचित मित्र सिल्भियामा नमस्कार । मैले पत्रमित्रको स्वरुप यो पहिलो पत्र प्रेषित गरेको छु । अवस्य स्वीकार गरिदिनुहोला ।” पत्रको सुरुवात संगै उसले बिट मार्यो ”आस छ यो पहिलो नभएर हाम्रो लागि जुइजुनिको लागि साइनो गास्ने पत्र बन्नेछ ।”

पहिलो पत्र प्राप्त गर्नासाथ सिल्भिया सुरुमा रिसाएकी थिइ । लक्ष्मी संग झोक्कीपनि । तर पछि लक्ष्मीले स्टेफ़नको बारेमा सबै कुरा भनेपछि भने केहि मत्थर भइ । साथी बन्ने बाचा गरि ।  केहि हप्ता पछि पत्रको जवाफ फर्काइ ”प्रिय परिचित हुन् लाग्नु भयको मित्र स्टेफन जी मा हृदय भरिको सम्झना र माया छ । मित्रता स्वीकार गर्दछु ।”

सिल्भियाले उसको कलेजकै ठेगानामा पत्र प्रेषित गरि । स्टेफ़नले पत्र प्राप्त गर्नासाथ खुसीले उफ्रियो । अझ त्यसमा पनि उसले लेखेकी प्रिय र मुटुभरिको माया शब्दले झनै तरंगित बनेको थियो ।

समय क्रमसंगै उनीहरुको मित्रता झाङ्गिदै गयो । पत्र आदान प्रदान तीव्र गतिमा हुँदै गयो । लाग्थ्यो उनीहरु साथी साथि नभएर साँच्चिकै प्रेम प्रेमिका हुन् । स्टेफन फुपू  दिदीलाई भेट्ने निहुँ बनाउँदै गल्कोट गैराख्थ्यो । सोहि क्रममा सिल्भिया संग पनि भेट गर्दथ्यो । त्यो बिचमा पुलको काम चाहिँ लक्ष्मीले गरेकी थिइ ।

सिल्भियाको घरसम्म स्टेफन पुगेको थियो । एक अर्काको परिवार बीच दुवै जानकार थिए । दुबैका बुवाहरु युरोपियन भुमि स्पेन र अस्ट्रियामा कार्यरत थिए । उनीहरु बीच एक प्रकारले अघोषित प्रेम बसेको थियो । एक अर्काको पत्र आयन भने दुवै पानी बिनाको माछो जस्तै हुन्थे । पत्र मायाका शब्दले भरिएका हुन्थे । मौका मिले महिनामा एकपटक फोनमा कुराकानी समेत हुन्थ्यो उनीहरुको ।

उनीहरुको पत्राचार र मित्रता बारे न त फुपू दिदीलाई थाहा थियो न उनीहरुको घरपरिवारलाई नै । तर एकदिन उनीहरुको मित्रतामा ठेस पुग्ने खालको कार्य हुन पुग्यो । जसमा दोषी लक्ष्मी देखिई ।  भाइको बिहेको लागि भनेर लक्ष्मी र फुपू माइत आए । फुपुको माइत र स्टेफ़नको घर नजिकै थियो । सिल्भियाले जन्मदिनको गिफ्ट र पत्र स्टेफ़नको लागि पठाइकि थिइ ।

”लौ तिम्रो सामान । सिल्भियाले पठाएकी । ” लक्ष्मीले सबैको सामु उक्त नासो स्टेफ़नलाइ दिई । उ खुसि हुँदै आफ्नो बाटो लाग्यो । यता लक्ष्मीलाई भने फुपू दिदीले केरकार गर्न थालिन । सबै कुरा बताएपछी पनि उनीहरु राजि हुन तयार भएनन । किनकी त्यो नासोमा प्रेमको अंकित जस्तो देखिने सिसामा सजाईएको कृत्रिम गुलाफको फुल रहेको थियो । जुन सबैले देखेका थिए ।

पछि स्टेफनको आमाले पनि थाहा पाइछ्न । ”तँलाई कुकुर, पढ्नु सड्नु छैन । अहिल्यै देखि केटीको पछिको लागेर हिँड । नालासाल झरेको छैन गति यस्तो छ । इज्जत नै फाल्ने भईस हैन ?” आमाले निकै झपारिन् । ”हैन उ मेरो साथि हो । अरु केहि होइन । ‘उसले सम्झाउन खोज्यो तर आमाले उसको कुरा सुनिनन् ।  बरु फुपु मार्फत सिल्भियालाई गालि समेत गर्न भ्याइछ्न ।  यो कुरा पनमा रहेका बाउ समक्ष पुगेछ ।  फोन आयको बेलामा उसलाई थर्काउनु सम्म थर्काए ।  उ निर्लज्ज बन्यो ।

जे जति भएपनी स्टेफन सिल्भिया प्रति आकर्षक थियो ।  उसले निरन्तर पत्र पठाईरहन्थ्यो ।  तर जब उसकी आमाले सिल्भियालाई गालि गरिन तब सिल्भिया पनि अलि आक्रोस जसै भएकी थिई ।  आक्रोश र घृणा उसमा भन्दा पनि उसको आमा प्रति देखिन्थ्यो ।  ”अब हाम्रो मित्रतालाई यहि बिट मारौं स्टेफन |तिम्रो परिवारले हाम्रो मित्रतालाइ सहज लिन सकेन । ‘ यस्तै यस्तै लेख्दै पत्र पठाई । उता पत्रको जवाफमा उसले आफुहरुको मित्रता अझै झाँगिने भन्दै लेख्यो ”प्रिय सिलु आइ लाभ यु ।

स्पेनमा रहेका बुवा घर फिर्ता भए । त्यहाँको स्थाई बसोबासको कागज बनेपछि उनि गाउ फर्केका थिए । अब सबै परिवार उतै लैजाने योजना थियो । सोहीअनुरूप सबै परिवारको दिल्ली स्थित स्पेनिस दुताबासमा गएर भिसा आवेदन दिए ।  केहि समयको अन्तराल पछि स्टेफनको परिवारको भिसा आइपुग्यो ।  उनीहरु सबै स्पेन जाने योजना बन्यो । र स्पेन पुगे । स्पेन जाने बेलामा उसले सिल्भियालाई फोन गर्यो । सिल्भियाले गएर नबिर्सनु प्रगति गर्नु बाहेक अरु केहि भन्नै सकिन । उसले नमिठो मान्दै फोन बिचमै राखिदियो ।

स्पेन पुगेपछि पनि उसले सिल्भियालाई बारम्बार फोन सम्पर्क गरिराख्थ्यो ।  तर उता सिल्भिया भने लक्ष्मीको फुपू र उसको आमाको बोलि सुनेर अलि हच्किएकी थिइ ।  लाग्थ्यो सिल्भियाको मायामा कमि आएको छ । एकदिन इन्टरनेटमा  पढ्दै जाँदा उसले झस्किने समाचार देख्यो ।  जुन उ र सिल्भियालाई मेल खान्थ्यो । जहाँ लेखिएको थियो ”एउटै गोत्रमा कहिल्यै पनि विहावारी नगर्नु, यो निकै घातक हुन्छ । ”

स्पेन पुगेको डेढ वर्षमा उ नेपाल फर्क्यो । फर्केको ३ दिनमै उसले सिल्भियालाई भेट्यो । ” सिल्भिया म नहुँदा कती मिस गरयौ भन त ?’ उसले मन चोर्न खोज्यो ।

”मलाई छोडेर गएपछी कुहिरेनी सित पो फसेउ कि ?”  सिल्भियाले जवाफ दिई । त्यसपछि भने उ केहि बोलेन । सिल्भिया नारायणगढ बसेर पढ्ने गर्दथी । उसले पढ्ने क्याम्पसको मैदानमा उसले भेटेको थियो ।

कुराकानी गर्दै जाँदा उसको मुखबाट फुत्त निस्कियो ‘एउटै गोत्र विहे गर्न हुँदैन रे नि त अनि हामी दुइ गोत्रीय रहेछौं । ”

सिल्भिया अलि रिसाएजस्तो गरि र भनि ”त्यसो भए अर्की केटि खोज न त । गोत्र मिल्ने र परिवारलाई मिल्ने । ‘

स्टेफन नाजवाफ बन्यो ।

त्यो भेट संगै उनीहरुको प्रेममा तुसारापात आयो । केहि वर्षसम्म सम्पर्क नै हरायो । उता सिल्भिया पनि अस्ट्रियाको राजधानी भियना आइपुगेकी थिइ । उसको बुवाले उ सहित सबैलाई त्यहीँ ल्याएका थिए । उ नर्स पढेर त्यहिँको एक अस्पतालमा कार्यरत थिइ । यता स्टेफन पनि स्पेनको युनिभर्सिटीको अध्ययन सकेर स्थानीय नगरपालिकामा कार्यरत रहेको थियो ।

स्टेफन फेसबुकमा निकै समय बिताउने गर्दथ्यो । उसले सिल्भियालाई फेसबूकमा निकै खोज्ने प्रयास गर्यो । तर भेट्टाउन सकिरहेको थिएन । एकदिन सिल्भियाको साथि रोहन मार्फत उसको जानकारी लियो र ‘एड रिकोयस्ट पठायो ।

सिल्भियाले एसेप्ट गर्दै मेसेज पठाई ”ओहो गफाडी यत्रो दिनसम्म कता हराएको ?”

सिल्भियाको शब्दमा उस्तै माया देखेर उ झन् चकित बन्यो । ”तिमीलाई खोज्दै थिएँ बल्ल भेटियौ । ”जवाफ पठायो ।

दिनै पिच्छे उनीहरुको कुराकानी हुँदै गयो । यसै क्रममा एकदिन स्टेफन बोल्यो ” सिल्भिया किनकिन अहिले पनि तिमीलाई म उत्तिकै म पराउँछु । चाहन्छु । तिमि संग गफिदा अर्कै आनन्द आउँछ । ‘

‘हो मलाई पनि त्यस्तै हुन्छ । मन एकदमै खुसि हुन्छ । ”उसले भन्थी ।

उनीहरु बीच जिस्किनेको सिमा नै हुँदैनथ्यो । मित्रताबाट प्रेममा पुगेर पनि अधुरो रहेका उनीहरुको फेरी फेसबुक प्रेम झ्याँगिएको छ ।

उनीहरुको मित्रता लाइ फेरी फेसबूकाले निरन्तरता दियो । उनीहरु पुन पहिले जस्तै कुराकानी गर्दै गए । एक देखि डेढ घण्टा सम्म फेसबुक च्याटमा व्यस्त रहन्थे ।  दुबैको बिहे भैसकेको थियो । स्टेफ़नले नेपालमै गएर बिहे गरेको थियो भने सिल्भियाले त्यही बस्ने नेपालीसंग बिहे गरेकी थिइ ।  दुवै उत्तिकै खुसि देखिन्थे ।  तर माया बिगतमा जस्तै । स्टेफनसंग गफीयपछि सिल्भिया आफ्नो सबै तनाब हटेको अनुभब गर्छे ।  खुसि हुन्छे । मख्ख पर्छे ।  उता स्टेफन पनि निकै खुसि देखिन्छ । कहिलेकाही भन्ने गर्छ ”पुर्व जन्ममा हाम्रो नाता प्रगाढ हुनुपर्छ ।’

तपाइँको प्रतिक्रिया