नेपालमा भारतीय मूलको प्रधानमन्त्री !
नेपालमा भारतिय मूलको प्रधानमन्त्री भयो भने ? के होला ? अहिले सम्म त भारतीय हस्तक्षेपका कुरा भैरहेका छन् । भारतिय मूलकै मानिस प्रधानमन्त्री भयो भने झन ? एउटा भारतीय दैनिक पत्रीकाले नेपालमा भारतीय मूलको नेता प्रधानमन्त्री हुन लागेको समाचार आज प्रकाशित गरेको छ । आज भारतको पन्जावकेशरी दैनिकले नेपालमा माध्व कुमार नेपाल प्रधानमन्त्री हुन लागेको भन्दै उनलाई भारतीय मूलको दाबी गरेको छ ।
पंजाब केसरी दैनिकले माधव नेपालको फोटो सहित मुख्य प्रिष्ठमै “भारतीय मूलके माधव बनेंगे नेपालके नय प्रधानमंत्री” भन्दै उक्त समाचार छापेको छ । तर समाचारमा उनी के कसरि भारतिय मूलका भए भन्ने चाहिँ खुलाएको छैन ।
भारतियहरुको दबाबका कारण प्रधानसेनापती कटुवालमाथिको कारवाहीउल्टाई एको, राष्ट्रपती राम बरण यादवले भारतिय निर्देशनमा उक्त ‘कु‘ गरेको आरोप माओवादी लगायतका केहि दलले लगाइरहेका छन् । त्यसैगरि अहिले भारतिय प्रभाव र दबाबमा नेपालमा नयाँ सरकार बन्न लागेको आरोपपनि लागिरहेको छ । यहि आरोप प्रत्यारोप, आशंका र अनिश्चयका बिचमा केहिले माध्व कुमार नेपाल र केपी ओलीलाईभारतिय प्रभावमा परेको आरोपपनि लगाइ रहेका छन् । यहि बिचमा भारतिय राजदूत राकेश सुदको चलखेलपनि तिब्र देखिन्छ ।
नेपालका राजनितिक दल र तिनका भात्रि संगठनहरुलाई कुनै निहुँ चाहिँदैन । नेताहरु हरेक दिन भारतिय ढोका चहार्छन् तर तिनका भात्रि संगठन भने राष्ट्रवादी देखिन भारतिय टिभी, पत्रपत्रीका, भारतिय कलाकार वा नेताले केहि कुरा नेपालबिरुद्द दिए वा बोलेभने बिरोधका नाममा सडक बन्द गर्ने, नारा जुलुस गरेर आतंक मच्चाउन थाल्छन् । तरपनि स्पष्ठ रुपमा भारतीय सरकारसमक्ष कुनै बिरोध गर्दैनन् । कतै यो समाचारले पनि एमालेक कार्यकर्ता त्यसैगरि बिनासित्तीमा उचालिने हुन् कि भन्ने शंका लाग्ने रहेछ ।
पंजाब केसरीको पूर्ण समाचार यहाँ क्लिक गरेर हेर्नुस ।
पंजाव केसरी दैनिकको मुख्य प्रिष्ठ हेर्न यहाँ क्लिक गर्नुस ।




