ईटालीको ब्यापारिक मेलामा नेपालीपनि
इटालीको उत्तरपूर्वी शहर पादोभा संपन्न छ । सुसंस्क्रित छ । यहाँ वार्षिक रुपमा ब्यापारिक मेला लाग्छ । अहिले एशियाली अर्थात तिनको भाषामा ओरिएन्टल मेला लागिरहेको छ । यसको अर्थ एशियाली हस्तकला, संस्क्रिति र ब्यापारिक सामग्रिलाई प्रोत्साहन गर्ने, चिनाउने हो । यसमा थोरै नेपालीले भाग लिएका छन् । एभेरस्ट क्राफ्टका तर्फबाट एन आर एन स्विजरल्याण्डका पूर्व आइ सिसि सदस्य र चेम्बर अफ कमरषका ईटालीका प्रतिनिधी भरत तामाङ लामाले भाग लिएका छन् । आज बाटै शुरु भएकाले यसका विविध पक्षबारे अहिले केहि भन्न सकिन्न । तर ब्यापारिकालागि भारत सरकारले अतिनै प्रोत्साहन गरेको छ, विविध सुविधा दिएर । लाखौं मानिस आउने यो मेलामा भारतका लागि पर्यटन प्रवर्धनका लागि अनेक सुबिधा दिएको तर नेपालले भने कुनै प्रयत्न नगरेको एभरेस्टक्राफ्टका शिव रिजालले बताए ।
मेलाकाकेहि तस्वित हेर्नुस । यसको विविध समाचार हेर्दै गर्नुहोला ।












