बन्ने भो सगरमाथाको काखैमा भब्य सुपरमार्केट

mount_everest_as_seen_from_drukair2_plw_edit

सगरमाथाको काखैमा भब्य सुपरमार्केट बन्ने भएको छ । नेपालले सगरमाथाको फाइदा आरोहण गराएर मात्रै लिन सकेको छ । तर चिनले भने भब्य सुपरमार्केट बनाएर करोडौं कमाउने तयारि गरेको छ । चाईना डेलीले अस्ति यो खबर सार्वजनिक गरेको हो । नेपालको सिमानजिकै रगेको टिङ्रीमा चिनले सुपरमार्केट बनाउन लागेको हो ।

टिङ्री १४ हजार फिटको उचाईमा छ । यो चिनतिरको सगरमाथा आधार शिविरको मार्गमा पर्छ । चिनको क्षेत्रिय खेलकूद कार्यालयले जनाए अनुसार उसले विलशी होटेल र रेस्टुरेन्ट, साहसिक खेलकालागि चाखलाग्दो केन्द्र, हिमाली संग्रहालय, मेडिकल सुबिधा र खोजि तथा उद्दार केन्द्र बनाउने छ । त्यसो त, चिनको यो निर्णय लगत्तै आलोचकहरुपनि देखिएका छन् । ‘वातावरणि समस्या यथावत छ । मौसम बदलिको आर तिब्र देखिँदै छ । आरोहीहरुका म्रित शरिरहरु छरिएको देखिन्छ । यस्तो अवस्थामा अझै विश्वाल सुपर मार्केट बनाउनु कति उचित होला ?’ सिकर न्युजले प्रश्न गरेको छ ।

तपाइँको प्रतिक्रिया