पर्यटन दूत नियुक्त गर्दा वाणिज्यदूतकै किर्ते हस्ताक्षर

123-2

पोर्तुगलका लागि नेपाली पर्यटनदुत नियुक्तिको प्रकरण यहाको नेपाली समाजको सबैभन्दा चर्चाको बिषय भएको झन्डै एक साता बितेको छ । एक साताको लामो अनुसन्धान पछि पोर्तुगलका लागि नेपाली पर्यटनदुत नियुक्ति र यस सम्बन्धमा उठेका बिबादमा थप रहस्यका प्रमाणहरु फेला परेका छन्।

पोर्तुगलका लागि नेपाली पर्यटनदुत को हुदैछन भन्ने समाचार बाहिर नआउदै नेपाली बाणिज्य दुतावास पोर्तुगलको लेटर हेड्मा बाणिज्यदुत मकर हमालको हस्ताक्षर भएको कृते पत्र पर्यटन मन्त्रालय र पर्यटन विभागमा पुगेको हल्ला पोर्तुगलको नेपाली समाजमा चर्चाको बिषय बन्यो, सामाजिक संजालमा व्यापक बहस पनि चल्यो , तर पनि कतैबाट कृते पत्र कसले लेखेका थिए ? त्यो पत्रमा के थियो ? कृते भनिएको त्यो पत्र कसले बुझाएका थिए ? यो सबै रहस्यको बिषय नै रह्यो। यही रहस्य , विवाद र चर्को सामाजिक बहसका बीच एन आर एन का भूपू अध्यक्ष तथा एन आर एन आइ सी सी सदस्य रमेश कुमार गुरुङ पोर्तुगलका लागि नेपाल सरकारका पर्यटनदुत नियुक्त भएको खबर बाहिर आयो। सामाजिक संजालमा पोर्तुगलको नेपाली समाजका अगुवाहरुले आफ्नो फेसबुकको भित्ताहरुमा रमेश गुरुङको फोटो टास्दै बधाई दिनेथाले , बधाईको ओईरो लाग्यो। यसैबीच नवनियुक्त पर्यटनदुत रमेश गुरुंगले नै कृते पत्र पेश गरेको चर्चा सामाजिक संजालमा चल्यो, तर कसैले पनि त्यस्को प्रमाण जुटाउन सकेनन।

यी सम्पूर्ण रहस्यहरुको अन्तत पर्दाफास भएको छ। सामाजिक संजालमा उठाईएका चासो, विवाद र बहसको अन्त हुने देखिएको छ। बाणिज्य दुतावास पोर्तुगल भन्छ – हामीले कसैलाई पनि “सिफारिस पत्र” ( Recommendation Letter ) दिएका छैनौ, मात्र एउटा पत्र ” जो जससँग सम्बन्धित छ ” (To Whom it May Concern ) पत्र दियका हौ। (हेर्नुहोस फोटोमा )

यसैबीच हामीले रमेश गुरुङसंग सम्पर्क गर्यौ र सोध्यौ – “तपाइलाई पर्यटनदुत हुनको लागि कृते पत्र र हस्ताक्षर गरेको आरोप छ नि ? के यो साचो हो ? यसलाई कसरी खण्डन गर्नुहुन्छ ? ” हामीले उत्तर पायौ – ” म पोर्तुगल आए पछि पत्रकार साथी हरु लाई बोलाएर हामी कुरागर्नु पर्छ । बाकी भाइ, म आइ पुगे पछि सल्लाह गरौंला ।”

यसैगरी बेल्जियमबाट पत्रकार सन्तोष न्यौपाने लेख्नुहुन्छ – पोर्चुगलका लागी नवनियुक्त पर्यटन दुत रमेश गुरुङ्ग दाइ सङ्ग भर्खरै नेपालमा टेलिफोनमा कुराकानी भयो। उहाको कुरा यस्तो छ्:

”म पारिवारिक कामले गर्दा नेपाल आयको थिय। यसै क्रममा पर्यटनदुतको लागी आवेदन दियको थिय। मकर हमाल र मेरो कुराकानी भय बमोजिम मलाई दुत नियुक्त गरियको हो। बाहिर आयजस्तो फेक पत्र दियर यो पद पायको भन्ने कुरा सबै झुटा हुन। प्रमाण सहित आयर प्रयटन बोर्ड मा उजुरी हालुन ,मलाई तत्काल निकालिनेछ्। यो मलाई स्विकार्य छ्, मलाई कुनै आपत्ती हुनेछैन्। यदी फेक पत्र बाट भयको रहेछु भने मलाई कारवाही गरुन्। म हासी हासी यो पद अरु साथिलाई दिन चाहन्छु र सजाय स्विकार्य छ्। ”

15218748_10154733705371944_491749249_n-1

न्यूज २४ का युरोप प्रतिनिधि टिभी जर्नालिष्ट गणेश पाण्डेय संगको कुराकानीमा पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक राज जोशी भन्छन – ” हामीलाई रमेश गुरुङबाट २ ओटा पत्र प्राप्त छन्, पहिले दिन ” जो जससँग सम्बन्धित छ “पत्र प्राप्त भयो र पछि “सिफारिस पत्र” पनि।(हेर्नुहोस फोटोमा )
न्यूज २४ का युरोप प्रतिनिधि टिभी जर्नालिष्ट गणेश पाण्डेयसंगको कुराकानीमा पर्यटन बोर्डका सीइओ दिपक राज जोशी भन्छन – ” हामीलाई रमेश गुरुङबाट २ ओटा पत्र प्राप्त छन्, पहिले दिन ” जो जससँग सम्बन्धित छ “पत्र प्राप्त भयो र पछि “सिफारिस पत्र” पनि।(हेर्नुहोस फोटोमा )

दुवै पत्रको चलानी नम्बर एउटै – LISCON/215/MISC/2016, यो कस्तो संयोग। के यी दुवै पत्र बाणिज्य दुतावास लिस्बोन बाट एउटै चलानी नम्बरमा चलानी भएका हुन् त?

 

screen-shot-2016-11-28-at-11-06-06

त्यस्तै गरी पर्यटन बोर्डबाट प्राप्त इमेल मा स्पष्ट लेखिएको छ – ” हामीलाई रमेश गुरुङबाट २ ओटा पत्र बुझाईएको छ, जसको आधारमा नै पर्यटनदुतको नियुक्ति दिईएको हो। ” सोहि इमेल बाणिज्य दुतावास लिस्बोन लाई समेत पठाईएको छ तर पनि बाणिज्य दुतावास ले यसको बारेमा आफ्नो धारणा सार्बजनिक गरेको छैन। ( हेर्नुहोस प्राप्त इमेल – फोटोमा ) पर्यटनदुत का लागि कृते पत्र प्रकरणले अनेकौ प्रश्नहर उब्जाएको छ। आखिर किन बुझाए रमेश गुरुङले कृते पत्र ? कसको सल्लाहमा त्यो कृते पत्र तयार गरिएको थियो ? कृते पत्र कसले बनाएका थिए ? के यो रमेश गुरुङको सामाजिक अस्तित्व समाप्त गर्ने खेल त थिएन ? रमेश गुरुङले कृते पत्र आफै तयार गरेका थिए या कसैको सल्लाहमा ? अब नवनियुक्त पर्यटनदुत बनेका रमेश गुरुङले मुख खोल्नैपर्छ, बाणिज्य दुतावासको कृते पत्र र बनिज्यदुतको कृते हस्ताक्षर काण्ड उनी स्वयम् को थियो वा उनि कसैबाट परिचालित थिए , त्यस्को पर्दाफास गर्नैपर्छ।

पर्यटनदुत बन्ने होडमा पर्यटन बोर्डमा कृतेपत्र बुझाएका रमेश गुरुङमाथि के कस्तो कारवाही होला, त्यो त भविष्यले नै बताउला? तर यस पत्रको सम्बन्धमा बाणिज्य दुतावास पोर्तुगल र पर्यटन बोर्डको स्पष्ट धारणा आउन जरुरी छ। कृते पत्र र कृते हस्ताक्षर को सम्बन्धमा बाणिज्य दुतावास पोर्तुगल र बाणिज्यदुत मकर हमाल अनि पर्यटन बोर्डको स्पष्ट धारणा सहित फलोअप न्यूज सहित चाडै आउने छौ। बस, हाम्रो भनाई यत्तिमात्रै , पर्यटनदुत जोसुकै बनोस, कानुन संगत बनोस् , अनि नेपाल र नेपालीको हितमा कार्य गरोस्।

(स्रोत – news24nepal.tv)

तपाइँको प्रतिक्रिया