कविता : रोबट
- कपिल अधिकारी
तार, स्टिलडन्डी , ब्याटरी राखेर उभ्याइन्छ रोबट
आकृति,साइज ,रङ रोगन राखिन्छ आफ्नै ढंगमा
हात गोडा, आँखा सब हुन्छ रोबटको
तर कृतिम
हेर्दा दुरुस्तै मान्छे
मस्तिक र मुटु भने खाली
फ्लाश, राम र शिपियुमा लेखिएको हुन्छ प्रोग्राम,
चाहेको कोड ,गर्नुपर्ने टास्क
दिल र दिमाग
राम र शिपियु |
++++++++++
तिमी जस्तै हुँदैमा
तिमी जस्तै बोल्दैमा रुप, रङ, लवाइ उस्तै हुँदैमा
उ तिमी हैन
उस्ले तिम्रा लागि सोच्दैन
उ भित्र तिम्रो रगत बग्दैन
रगत नै हुँदैन
उ बोल्दैन प्रोग्राम बोल्छ
कमाण्ड जे दियो
उही गर्छ,त्यहि बोल्छ
डीटो गर्छ |
+++++++++++
तिमीले भनेको मानेन भनेर केको गनगन?
रोबट त हो
अरुको रोबट, अरुकै काम गर्छ
थाहा छैन
किन आंफै प्यादा बन्न
किन रोबटलाइ नै चुन्यौ
र
आफ्नो सरदार बनायौ !
+++++++++
आफ्नो नै बनाउनु छ भने उसलाई
कि त
फर्म्याट गरेर
प्रोग्राम आफ्नै इन्स्टल गर
कि त
उता पट्टि आफ्नो रोबट उभ्याउ
हैन भने
त्वम शरणम गर्दै उसको रोबट बन्न
भाइ रोबट बन्न
तिमी पनि तयार बस,
लाइनमा !