कविता : मुगुकी आमा

– गोपीचन्द्र कार्की / रारा ,मुगु
gopichandra-karki
यता पहाड, उता पहाड
देवदारका घना पहाड
उत्तरतिर कान्जिरोवा हिमाल
वीचमा रहिछ्यौ तिमी रारा ताल ।

===========
थकाइलाग्दा ,एकछिन, थकाइमार्न
आकाश भुइमा बसे जस्तो
मुगुको आमा रारा ताल
लमतन्न परेर सुतेजस्तो ।
=========
कतै पानी निर घोलेझैं
कतै पानी घाम पोखिएझैं
विश्वकै सुन्दरी हौ तिमी
मेरो धर्तिको अनुपम तिमी ।
===========
छुक छुक चलि रहने रारा
लहर तरंगमा रमाइरहने रारा
उन्मत्त वैंशले छछल्की रहने रारा
साउती मारे झैं गरी रहने रारा ।
===========
मुगुवासी भन्छन्  आमा हुन् मुगुकी
तर हैन, नेपालकै आमा रहेछ्यौ रारा
देश परदेशवाट भेट्न आउंछन्
आमा रारालाई चुम्न आउंछन् ।
============
जुम्लावाट हिंडी आयौ भेट्न आमालाई
उकाली ओराली ठिही खांदै तेस्रो वास वस्दै
तीन वजेर पांच मिनेटमा दर्शन तिम्रो पायौ
मन वोल्यो ,धन्य प्रकृतिप्रेमी समूह भन्दै
=============
प्रकृतिले दिएको सुन्दर उपहार
तालहरुको पनि आमा तिमी
जसले जसरी हेर्छ उस्तै देख्ने
तालहरुको पनि रानी तिमी ।
(यो कविता मैले प्रकृतिप्रेमी समूहको १० दिने रारा भ्रमणको कार्यक्रममा सहभागी हुंदा जुम्लावाट हिंडेर तेस्रोदिन दिउसो रारा पुग्दा ,रारालाई देख्ने वित्तिकै फुरेका केही शव्द कोरेर तैयार पारेको कविता हो । झ्यारीवाट उकालो लाग्दा त्यहांका वासिन्दाले रारालाई आफनो आमा भनेको सुनेर यसको शिर्षक पनि मुगुको आमा राखेको हुं । )

तपाइँको प्रतिक्रिया