फ्रान्समा नेपालीहरुबिच भलिवल प्रतिस्पर्धा, पहिलो कप एकता समाज पहेंलोलाई

img_6309

नेपाली एकता समाज फ्रान्सले १८ सेप्टेम्वर २०१६ मा बिभिन्न संघसंस्थाहरू बिच आयोजना गरेको भलिबल प्रतियोगितामा प्रथम कप नेपाली एकता समाज फ्रान्स पहेँलो जर्सीले हात पारेको छ । त्यस्तै, तमु समाज फ्रान्स दोस्रो भयो । भलिबलमा कुशल सीप र कौशलता देखाएर शान्त स्वभावले खेलेका शिखर पुन उत्कृष्ट खेलाडीको उपाधि चुम्न सफल भए ।

 

img_6315

रेग पुन र लक्ष्मी प्रसाद भट्टचनको नेत्तृत्वमा यो खेल आयोजना गरिएको थियो । विजयीहरुलाई नेपाली राजदूतावास फ्रान्सकी राजदूत अम्बिका देवी लुईंटेल मानन्धरले पदक बितरण गर्दै खेलाडीलाई बधाई दिईन् ।

img_6284

खेल नेपाली एकता समाज फ्रान्स पहेँलो जर्सी, नेपाली एकता समाज फ्रान्स रातो जर्सी, तमु समाज फ्रान्स र नमस्ते फ्रान्स बिच भएको थियो । राजदूत अम्बिका देवी लुईंटेल मानन्धरको प्रमुख आतिथ्यमा मेडल,प्रमाण पत्र, कप र नगद पुरस्कार बितरण गरी कार्यक्रम समापन गरियो ।

img_6316

कार्यक्रम सफल बनाउन नेपाली एकता समाज फ्रान्सका अध्यक्ष लोक ब. पुनको पहलमा बिभिन्न ब्यक्तित्वहरूले आर्थिक, भौतिक र नैतिक समर्थन गरेका थिए । संपूर्ण खेलाडीहरूलाई खानपिनको ब्यवस्था देवेन्द्र के सी, विकास बग्दास र पुरूषोत्तम कार्कीको टिमले गरेको थियो । खेलपछि साँझमा संपूर्ण टीम र दर्शकहरू एकै साथ नेपाली संगितमा न्रित्य गर्दै रमाए ।

तपाइँको प्रतिक्रिया