गुरुआमाको छडी खाएको त्यो दिन

  • रविचन्द्र भट्टराइ 

rabichandra-bhattarai

भाइ सानै थियो । म अलि अलि हिँड्न सक्ने भाथेँ । सधैँजसो आमाले त्यो दिन मलाइ ओछ्यानबाट उठाउनु पनि भएन । भाइ र म सुतिरह्यौं धेरै बेरसम्म ।

धेरै बेरसम्म सुते आमा रिसाउनु हुन्थ्यो । गालि गर्नुहुन्थ्यो । तर त्यो दिन अहँ केहि भन्नु भएन । पछि भाइ सुतिरह्यो । म उठें । सायद जीवनको पहिलो पटक थियो, म आफैँ उठेर मुख धुने पानी भएको जग खोज्दै थिएँ ।

समयमा नउठेपछि स्कूल जान त हतार परिहाल्छ । अघिल्लो दिन स्कूलबाट आएपछि कितावको झोला कहाँ फालें भन्ने समेत मलाइ हेक्का थिएन । यताउता खोजें पाइन ।

मैले किताव खोजेको आमाले थाहा पाउनु भएछ ।

ूझोला खोज्या होलास् यहाँ छू आमाले भन्नु भयो ।

झोला त पाएँ ।  अनि याद आयो स्कूलको मेडमले दिएको गृहकार्य । मेडमको गृहकार्य याद आएसँगै भयानक ड्रेगन बनेर अगाडि देखा परेको थियो, मेडमले हातमा लिने लठ्ठी । भाइ उठिन्जेलमा मैले गृहकार्य सक्नु थियो । उसँग खेल्न पनि त थियो । गुच्चा बोकेर छिमेकी साथी प्रदीप सिंगान पुछ्दै घर अगाडि देखा परेको पनि याद छ । आमाले उसको सातो खानुभयो । उ भाग्यो । उ म भन्दा एक वर्ष जेठो थियो । अघिल्लो दिनको गुच्चाको हिसाव बाँकी थियो । त्यसैले बिहानै हानिएको थियो मलाइ भेट्न । गुच्चाको हिसाबमा उ पक्का थियो । तर स्कुलको हिसाबमा भने उ पनि म जस्तै थियो ।

भाइ उठ्यो । मैले गृहकार्य भ्याइनँ । भाइ त स्कूल जान्थेन । मलाइ भने भ्याइ नभ्याइ थियो । स्कूल, गुच्चा, निन्द्रा, गृहकार्य । त्यो जीवन पनि ब्यस्त थियो अहिलेकै जस्तो ।

प्रदीप घरपछाडि आएर धेरैबेर कुरेर गएछ । पछि मलाइ घुर्कि लगाउँदै थियो ।

लुगा आफै लगाएँ । जुत्ताको चलन थिएन । दुइ वटै चप्पलको तना चुँडिएको थियो । दर्जन पटक आगो लगाएर जोडिएका तना फेरि गाँस्न मिल्ने अवस्थामा नभएर डोरिले बाँधिएका थिए । त्यसको पनि मिति सकिए । खालि खुट्टा, अरू उपाय थिएन । वर्षमा एउटा चप्पल सर्त गरेजस्तै थियो त्यो बेलामा । दशैं आउन अझै केहि महिना थियो ।

ूआजबाट तँ सात पुरा भएर आठमा लागिस्ू आमाले त्यति भनेर निँधारमा टिका लगाइदिनु भयो । म छोरो भएर होला पैसा पाउने कुरै थिएन ।

टिकाकोमात्र अर्थ मैले बुझिन । प्रदिप झोला लिएर आँगनको डिलमा कुरिरहेको थियो । ूओइ आज तेरो जन्म दिन होू उ करायो ।

ूहो, आज गुच्चा खेल्न हुन्न, धेरै पढ्नु पर्छू आमाले हाँस्दै भन्नु भयो । आमाले थालमा भात, भैंसीको दुध, तरकारी सबै मिसाएर ल्याउनु भयो । खाएँ । म खाँदै गर्दा प्रदीपले जन्मदिनको कुराहरू गरिरहेको थियो ।

स्कूलको लागि हिँड्दै गर्दा प्रदिपले अघिल्लो दिनको गुच्चाको कुरा निकाल्यो । मैले उसलाइ तिर्नु थियो ।

मेरो जन्मदिनको कारणले उसले सबै गुच्चाको ऋण मिनाहा गर्यो । एउटा सर्तमा, भोलिदेखि गुच्चा खेल्नै र्ने । मैले मानें ।

मलाइ त्यो भन्दा अगाडिका जन्मदिन याद छैन ।

स्कूलमा लाइन बसियो प्रदिप तीन कक्षामा थियो म दुइमा । लाइनको अगाडि थिएँ म । उ पनि अगाडि थियो ।

ूसत्य नारायणको पूजा थियो क्याहो तेरो घरमाू सरले मेरो निधारको टिका देखेर सोध्नुभयो ।

ूहैन सर एस्को जन्मदिन हो आज ू म बोल्न नपाउँदै अर्को लाइनबाट प्रदिप करायो ।

सबैले सुने । मेडमले पनि सुन्नुभयो ।

श्रीमान् गम्भिर थियो त्यो बेलामा । हट्ने होइन डटि लड्ने अरे । सकेर कक्षामा गर्इयो ।

मेडम आउनुभयो लामो लठ्ठीको साथमा हाजिरीकपि लिएर । मुटु चिसो भएको थियो । गृहकार्य भ्याको थिन ।

एटेन्डेन्स भन्छन् रे आजकल स्कूलमा । हो त्यो सकेर मेडमले गृहकार्य अगाडि राख्न भन्नुभयो । भाग्यबस् ममात्र थिइन नभ्याउने । अरूपनि थिए । सबै उभियौं अगाडि ।

सबैले चार छडि खाए, मैले तिन । भन्नुभयो ूतेरो आज जन्मदिन रछ भै गोू

मलार्इ दिनभर खुसी लागिरह्यो । जन्मदिनमा जेपनि छुट भएको थियो ।

भोलिपल्ट फेरि आमाले ढिलो उठे ओछ्यानबाटै घिसार्ने क्रम चल्यो । गृहकार्य नगरे गालि गर्ने क्रम रोकिएन । प्रदिपले पनि अरूदिनमा कुनै गुच्चाको ऋण मिनाहा गरेन । मेडमले पनि छडि कम गर्नुभएन ।

जति जे भएपनि जन्मदिन आएपछि आमाले आज तँ यति पुगिस् भनेर टिका लगाइदिन बिर्सनु भएन ।

समय परिवर्तन छ । त्यो समयले कोल्टे फेर्यो । स्कुल सकियो । कलेज शुरू गरियो । देस छाडियो । परदेसी भैयो र साथसाथै जन्मदिनको तरिका पनि परिवर्तन भए । आमाको टिका भेट्न गाह्रै हुन थाल्यो । जन्मदिनमा नयाँ नयाँ तरिका अपनाउन थालिए ।

साथीहरू परिवर्तन भए । फेसबुकमा शुभकामना आउन थाले ।

फेसबुकले त यतिसम्म गरेको छ कि राम्ररि चिनजान नभएकाले पनि शुभकामनाको लामै लिस्ट पठाउन थाले । आफैले लेख्न पनि नपर्ने । अरूको शुभकामना कपि गर्न पनि पाउने । विस्तारै भावना हराउन थाल्यो जन्मदिनको । स्कूलको मेडमले एक छडि कम गरेको होस् या साथीले गुच्चा मिनाहा गरेको होस् कति मीठो लाग्थ्यो । आमाले सात पुगेर आठ लागिस् भनेको त कुरौ नगरौं ।

वास्तबमा भन्ने हो भने अनेकथरि शुभकामनाले फेसबुक गन्हाएको जस्तो लाग्न थाल्या छ आजकल ।

कपि पेष्ट अथवा अरूको भावना कपि गरेर दिर्इएको शुभकामनाको केहि अर्थ लागेन । मन तव दुख्छ केहि वर्ष अगाडि आफैले लेखेको शुभकामना सारा संसार घुम्दै अर्को पल्ट कसैले मेरै जन्मदिनमा शुभकामना दिन प्रयोग गर्छ ।

फेसबुकलार्इ मात्र आधार मानेर अरूको जन्मदिन थाहा पाइन्छ यो युगमा । शुभकामना पनि फेसबुककै भित्तोमा मात्र भरिन्छ । मनमा भरिन्न त्यो । भोगेको कुरा हो ।

मनमा फेसबुके जन्मदिनको शुभकामनाले वितृष्णा भरिपछि मैले फेसबुकबाट मेरो जन्मदिन हटाएँ ।

अचम्म भयो जन्मदिनमा फेसबुकमा कसैले थाहै पाएनन् । आफ्ना नजिकका भनाउँदा हरू पनि जिल्लिए । भाइ बहिनी कसैले मेसै पाएनन् ।

तर बिहानै आमाको फोन आयो ।

सन्चो बिसन्चोको कुरा भएपछि भन्नुभयो । ूआज तँ ३४ पुरा भएर ३५ मा लागिस् थाहा होला नीू

मेरा आँखा भरिए । आमाले कत्रो खुसी बर्साउनु भयो ।

ठ्याक्कै उहि ताल, उहि शब्द, उहि माया, उहि भावना । जुन् म सातबाट आठमा पुग्दा थाहा पाएको थिएँ । कुनै कमि थिएन त्यो मायामा त्यो भावनामा ।

फेसबुकमा भएका कपिपेष्टबाट आएका भन्दा धेरै शुभकामना थिए ति शब्दहरूमा । धेरै भावना भरिएको थियो आमाका ति बोलीमा ।

(लेखक भट्टराइ भर्खरै बजारमा आएको नेपाली उपन्यास ‘तृष्णा’व्को लेखक हुन् ) ।

तपाइँको प्रतिक्रिया