ल आयो नयाँ नेपालको राष्ट्रिय गान

-राम क्रिष्ण बर्तौला

 

सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली

 

सार्वभौम भई फैलिएका वाईसियल र माओवादी ।

 

 

बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल

 

जो कोहि वादी आए पनि भारतकै दलाल ।

 

 

कान्ति छैन शान्ति छैन अभावै छ केवल

 

नेपालीपन बाँकि छैन नामको मात्रै नेपाल ।

 

 

गुटवन्दी र फुटवन्दी छ समस्या छन् विशाल

 

प्रतिगामि राष्ट्र हाम्रो कठै विचरा !!!!!!!!!!

 

(पाठक प्रतिक्रियाका रुपमा प्राप्त यो गित उपयुक्त लागेकोले मुख्य प्रिष्ठमा राखिएको हो-नेपालप्लस)

तपाइँको प्रतिक्रिया