पर्यटन प्रवर्धक दुतहरुबिरुद्द प्रधानमन्त्री कार्यालयमा उजुरी, कारवाहीको निर्देशन

UJURI

एमाले र माओवादीको सरकारकोको आयु सकिने बेलामा बिदेशका धेरै मुलुकमा पर्यटन प्रवर्धक दुतहरु नियुक्त गरिए । तिनमा पार्टीको भागवण्डा थियो । थोरै मुलुकमा बाहेक अन्यत्र स्थानिय भाषा संस्क्रिति नजानेका, पर्यटन प्रवर्धन कसरि गर्ने नबुझेका, संवन्धित मुलुकमा पर्यटन प्रवर्धनकालागि पहुँच र ज्ञान नभएकाहरु नियुक्त गरिएको भन्दै नेपालीहरुले बिरोध गरेका थिए । त्यस्ता पर्यटन प्रवर्धक दुतहरुले नेपालको पर्टयन ब्यवशायको प्रचार गर्न सक्दैनन् भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उजुरी परेको छ । तिमाथि आवश्यक कारवाहीको निर्देशनपनि भएको छ ।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कुन कुन देशबाट कसले उजुरि दियो भन्ने खुलाईएको छैन । तर मन्त्रीपरिषदको कार्यालयले उजुरि प्राप्त गरेपछि संस्क्रिति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आवश्यक कारवाहीका लागि निर्देशन दिएको छ । उक्त निर्देशन पत्रको चलानी नंवर ३७४५७ छ । मन्त्रालयले अगस्ट ३ का दिन नागरिक उड्डयन मन्त्रालयलाई उक्त निर्देशन दिएको हो ।

नेपालप्लस स्रोतका अनुसार बिदेशका विभिन्न मुलुकमा छानिएका पर्यटन प्रवर्धन दुतहरु के कस्ता छन्, तिनको पहुँच र ज्ञान कति छ, ति कति सक्षम वा असक्षम भन्ने अहिले पर्यटन मन्त्रालयले खोजिगरिरहेको छ । त्यस्ता असक्षमहरुलाई कसले नियुक्तिकालागि सिफारिस गर्‍यो र असक्षमहरु किटान भएभने केकसरि कारवाही गर्ने भन्ने विषयमपनि छलफल भैरहेको छ । यदि मन्त्रालय असक्षमहरुनै हुन् भन्ने निर्णयमा पुगेमा तिनलाई हटाएर सक्षमहरुको खोजिगरि नियुति गर्न सकिने पनि मन्त्रालय स्रोतले नेपालप्लसलाई बतायो ।

तपाइँको प्रतिक्रिया