क्यानडाका खाद्द विशेषज्ञलाई जबर्जस्ति कांग्रेस बनाएपछि देउवा समक्ष उजुरी

Screen Shot 2016-08-12 at 14.53.46

राजनितिको फोहोरी, घिनलाग्दो खेल कति हुन्छ भन्ने उदाहरण हो यो । क्यानडा निवासी एक जना नेपाली विशेषज्ञलाई नेपाली कांग्रेसका भरौटेहरुले जबर्जस्ति नेपाली कांग्रेस बनाएका छन् । संवन्धित ब्यक्तिलाई जानकारिसमेत नदिइकनै सुटुक्क ‘नेपाली कांग्रेसको सदस्य हो’ भन्दै तिनले कांग्रेस केन्द्रिय कार्यालयमासमेत पठाएका हुन् । क्यानडाको टोरन्टो निवासी नारायण घिमिरेलाई उनीहरुले जबर्जस्ति कांग्रेस बनाएका हुन् । उनी त्यहाँका खाध्य बैज्ञानिक हुन् ।

narayan-ghimire-canada

प्रवाशमा जनसंपर्क समिति नेपाली कांग्रेसको भात्रि संगठन हो । क्यानडाका नेपाली कांग्रेसका सदस्यहरुले घिमिरेलाई जन संपर्क समिति क्यानडा” को समिति सदस्य भन्दै नेपाली कांग्रेस पार्टीको वेभसाईटमा समेत राखिदिएको घिमिरेले बताए । उनले यसमा आपत्ती जनाउँदै  पार्टी अध्यक्ष शेर बहादुर देउवालाई लिखित उजुरी पठाएक छन् ।

देउवालाई पठाएको उजुरीमा आफ्नो बेइज्जति गरेको भन्दै उनले उल्लेख गरेका छन् ‘आदरणिय देऊवाजी ! नेकाको क्यानाडा रिजनमा नेकाकै ठेक्कालिएजस्तो गरि केहि स्वघोसित ठेकदारहरूले मेरो सहमति बेगर म तिनिहरूको निजि स्वार्थको लागि गठन गरिएको ” जन संपर्क समिति क्यानडा” को समिति सदस्य रहेको भनि मेरो नाम तपाईको पार्टिको वेभसाईटमा सुचिकृत गरि मेरो बेज्जति गर्ने काम गरियो । ‘

नेपाली जनसम्पर्क समिति क्यानडा भनिएपनि त्यो समग्र क्यानडाको नभै केहि घरका कांग्रेस समर्थकहरु मिलेर सम्पूर्ण क्यानडाको नाम समेटेको भ्रम छर्न खोजिएकोपनि घिमिरेको उजुरीबाट बुझिन्छ । नारायण घिमिरेले दिएको उजुरी अनुसार क्यानडाको टोरन्टोस्थित मिसिसागा गाउँका केहि कार्यकर्ता मिलेर बनाएका थिए । उनले त्यो सूचीबाट तत्काल आफ्नो नाम हटाएर न्याय गरिदिन भन्दै देउवासमक्ष अनुरोध गरेका छन् । भनेका छन् “क्यानाडा हैन यहाँको मिसिसागा भन्ने एऊटा गाऊँको त्योपनि सानो सिमित मोहल्लाका ८-१० घरको मानिसहरू मिलि बनाएको यो टिमको नाम लिष्टबाट मेरो नाम तत्काल हटाएर मलाई न्यायदिन फेरिपनि अनुरोध गरेको छु ।”

तपाइँको प्रतिक्रिया