राजनितिज्ञहरुलाई नैतिकतवान बन्न बौद्द दर्शनको भूमिका

  • रामबहादुर गुरुङ / बेल्जियम

ram-bahadur-gurung-belgium-1212

प्रारम्भिक वौद्ध दर्शनमा लोक परलोक,इश्वरिय लिला र चमत्कारको उल्लेख नभइ जीवन र जगतलाइ हेर्ने सम्यक दृष्टिकोण सर्वथा वैज्ञानिक छ । वुद्धका आफ्ना उपदेशहरुमा कुनै पनि विषय वा वस्तुलाइ विना प्रमाण विश्वास गर्न नसकिने र संसारमा विद्यमान सवै कुराहरु परिवर्तनशिल छ भन्ने भनाइलेनै वुद्धकालिन समयमा अहिलेको विज्ञान र प्रविधीको विकास नभए पनि उनको विचार विज्ञान सम्मत देखिन्छ । भनिन्छ, करिव पाँचसय वर्षसम्म वौद्ध दर्शन यथाभूत लागु भयो । तर त्यसपछि परिमार्जनको नाममा यो दर्शनमा तानतुन र तोड मरोड भएपछि फेरी पहिलेकै मानिसहरुले गर्दै आएको कर्मकाण्डिय स्वरुपमा फर्कियो र यसको वास्तविक रुप लोप भयो । वौद्धकालिन समयमा वौद्ध दर्शनवाट प्रभावित भएर क्रुर डाँकु अंगुलीमाला,पतित ठानिएको नगरवधु आम्रपाली र आफ्नो वावुलाइ समेत मारेर राजा वन्ने क्रुर राजा अजात सत्रु साथै समाजमा अकुत सम्पत्ती कमाएका व्यापारीहरुको जीवनमा आएको सकरात्मक परिवर्तनले त्यसवेलाको राज्य प्रणाली लोक कल्याणकारी थियो भन्न सकिन्छ । भारतको क्रुर सम्राट अशोकमा पनि वुद्ध दर्शनकै प्रभावले भारी परिवर्तन आएको भन्ने हामीले इतिहाँसमा उल्लेख भएको पाउँछौं ।

पछिल्लो समयमा विज्ञानमा भएको विकासले समाज विकासको नयाँ वैज्ञानिक व्याख्य हुँदै राज्यलाइ वैज्ञानिक ढंगले लोक कल्याणकारी वनाउने सवैभन्दा उत्तम दर्शन भनेको माक्र्सवादनै हो । अहिलेसम्म माक्र्सवादनै सार्वभौम दर्शन देखिएको छ । भविष्यमा यसमा पनि परिवर्तन आउला । त्यो किनभने कुनैपनि कुरा संसारमा परिवर्तनशिल छ । यो विज्ञानसम्मत मान्यता हो । वौद्ध दर्शनले समाज परिवर्तन अहिंशात्मक आन्दोलनले सम्भव छ भन्ने हो भने माक्र्सवादले वर्तमान राज्य सेना र हतियारको भरमा टिकेको छ र यसले ल्याएको विसंगतीमा हतियारको प्रयोग हुने हुनाले हतियारको प्रतिरोध हतियारवाट मात्र सम्भव छ भन्ने हो । वस्तुवादी हिसावले अहिलेको युगमा यो नै सही देखिएको छ ।

तर पनि माक्र्सवादी राजनीति वा अन्य राजनीति गर्ने राजनीतिकर्मीहरुले आफ्नो नैतिकता उँचो र उदाहरिणय राख्न वुद्धका उपदेशहरुको पालना गर्दा जनतामा पनि सकरात्म सन्देश जाने छ । उच्च नैतिकता भएका नेताहरुनै स्वच्छ छविका हुन्छन । उनिहरुले जनतालाइ प्रभावित पार्न सक्छन । त्यसैले देशको राजनीति गर्ने नेतादेखि हामी आम मानिसहरुले पनि न्युनतम वुद्धका उपदेशहरुको पालना गर्नेहो भने व्यक्तिगत जीवन मात्र भएपनि परिवतर्न भएको महशुस गर्न सकिन्छ र केही हदसम्म समाजमा सकरात्मक सन्देश जान्छ भन्ने लाग्छ ।

गौतम वुद्धले आफ्नो उपदेशमा उल्लेख गरेका अष्टमार्ग एकदमै वैज्ञानिक छ । सो अष्टमार्गमा हिँड्न सुगम बनाउने पाँचवटा अनुशासनका नियमहरु जसलाइ पंचशिलपनि भनिन्छ को प्रयोग हामीले आफ्नो जीवनमा गर्ने हो भने पनि धेरै हदसम्म व्यक्तिगत रुपमै भए पनि धेरै सुखको अनुभूती गर्न सकिन्छ । पंचशिल निम्न छन् ः.हिंसा नगर्नु

.चोरी नगर्नु

.झुठो नवोल्नु

.व्याभिचार नगर्नु

.नशालु पदार्थको प्रयोग नगर्नु

यी पाँच अनुशासनका नियमहरु हेर्दा सिमित र सरल जस्तो देखिन्छ तर यी पाँचवटा अनुशासनले हाम्रो जीवनमा आउने सवै नकरात्मक विषयहरुलाइ वन्देज लगाउँछ । हामीलाइ असल वाटोमा हिंडाउछ भन्नेनै हो । यसको व्याख्या छोटकरीमा यसरी गर्न सकिन्छ ।

१- हिंसा नगर्नु भन्नाले सिधा अर्थमा प्राणीको हत्या नगर्नु भन्ने वुझिन्छ तर हिंसा यतिमा मात्र सिमित नभइ हाम्रो विभिन्न खराव कार्यद्धारा अन्य व्यक्ति आहत हुनुलाइ पनि त हिंशा भएको मान्न सकिन्छ ।

२- चोरी नगर्नु भन्नाले आफ्नो आवश्यकता पूर्ती गर्न कसैको आँखा छलेर अर्काको वस्तु प्राप्त गर्नु हो जुन सरासर खराव कार्य हो । तर यो विषय यटिमा मात्र सिमित नभइ अरुको वस्तुमा लोभ नगर्नु भन्ने पनि त हो । जव हामीमा लोभको वृद्धि हुन्छ अनि चोरी गर्न वाध्य हुन्छौं । अहिले राज्य संचालनमा पुग्ने हाम्रा नेताहरु लोभकै कारण भ्रष्टचारमा चुर्लम्म डुवेका छन ।

३- झुठो नवोल्नु भन्नाले सत्यको मार्गमा हिडनुनै हो । आफ्नो व्यक्तिगत स्वार्थको लागी झुठो वोलेर अरुलाइ हामीले गुमराह वनाइरहेका हुन्छौ । एकछिनलाइ त हामीलाइ आनन्द हुन्छ । तर यस्ले भित्र भित्र आफुलाइ घोचिरहेको हुन्छनै किनभने यो झुठले अरुलाइ ठुलो नोक्सान भइरहेको हुन्छ । झुठमा टिकेको हर चिज कति हानिकारक छ र झुठको पर्दाफास भएपछि आफैलाइ पनि ठुलो नोक्सान हुन्छ ।

४- व्याभिचार नगर्नु भनेको सदाचारी वन्नु हो । मानव प्राणी यो विषयमा अति कमजोर छ । मानव वाहेकका अन्य प्राणीले प्रणय लिला सन्तान उत्पादनको लागी निश्चित समय र निश्चित संगीसंग मात्र गरेका देख्छौं अक्सर । तर मान्छेको यो विषयमा नत कुनै समय सिमा छ नत कुनै निश्चित संगी । हुनत यो विषयले समाजमा विकृती ल्याउने हुनाले विवाहको नियम बा$$धी दिएको छ । तर मान्छले यसको पालना एकदमै कम गरिरहेका हुन्छन । यसको विकृत रुपको व्याख्या गरिसाध्य छैन । अहिलेको शताव्दीको समाज व्याभिचारले आक्राण्त छ । त्यसैले सदाचारको अनुशासन पालनले आफु र सिंगो समाजलाइ सुखमय वनाउ$$छ भन्ने धेरै व्याख्या गरिराख्नु जरुरी छैन ।

५- नशालु पदार्थको प्रयोग कती हानिकारक छ यसको पनि त्यती व्याख्य गरिहन पर्दैन होला ।

यसकारण उपरोक्त पंचशिलको पालना हामीले गर्यौं भने व्यक्तिगतरुपमा पनि सुखी हुन्छौं । अरुलाइपनि सुखी हुनमा मद्धत गरिरहेका हुन्छौं । अरुलाइ दुख नदिएपछि समाज स्वाभाविक रुपले सुखी वन्छ नै । अरु पनि क्रमस……… …….. आजलाइ यत्ति ।

तपाइँको प्रतिक्रिया