फेरिपनि माओवादीकै नेत्रित्वको सरकार ? !

prachanda.jpgप्रधानमन्त्री प्रचण्डले जनसेनाको प्रशिक्षणमा दिएको प्रशिक्षणको भिडियो टेप बिबादबारे आजको पत्रकार सम्मेलनमा फेरि सबै चकित हुने तर्क उठ्यो । सरकारबाट अस्ति राजिनाम दिएका र अहिलेसम्म काम चलाउ प्रधानमन्त्रीकै रुपमा रहेका उनले अब फेरिपनि सरकार माओवादीकै नेत्रित्वमा बन्ने भनेर । हो, उनले पत्रकार सम्मेलनमा फेरिपनि सरकार माओवादी नेत्रित्वकै बन्ने बताए । आफुहरुले बिभिन्न दलसित छलफल शुरु गरेको र त्यसबाट फेरि आफ्नै पार्टीको नेत्रित्वमा सरकार बन्ने भएको उनले बताएका हुन् । संबिधान सभामा सबै भन्दा बढि विश्वास जनताले आफ्नै पार्टीलाई गरेको, राज्य संरचनाको सहि निति आफ्नै पार्टीको रहेको र अन्य साना दलको समर्थन पनि आफैंसित रहने भएकोले फेरिपनि आफ्नै पार्टीले नेत्रित्व लिने बताएका हुन् ।

 

सरकार बनाउन खुट्टा उचालेका नेकपा (एमाले) र नेपाली कांग्रेसले मात्रै सरकार बनाउन सिटले पुग्दैन । तिनलाई निर्णायक मानिएको मधेशी जन अधिकार फोरमको समर्थन चाहिन्छ । तर फोरमले उनीहरुसित सरकारको नेत्रित्व आफुले गर्न पाउनुपर्ने, एमाले र कांग्रेस मधेशका विषयमा स्पष्ट नभएको, राज्य संरचनाको स्पष्ठ खाना नभएको, जनताका अगाडि बदनाम भएको लगायतका आरोप लगाउँदै निहुँ खोजेर असहयोग गर्ने संकेत दिइरहेको छ । उता माओवादीलाई भने परिवर्तनकामी शक्ति भन्दै फेरि संयुक्त सरकार बन्न सक्ने छनक दिएको छ । कांग्रेस र एमालेको सरकार बनाउन बहुमत नपुग्ने, फोरमले समर्थन गर्न हिच्किचाउने गरिरकोलेपनि माओवादी अध्यक्ष प्रचण्डले फेरि पनि सरकार आफ्नै पार्टीको नेत्रित्व बन्ने बताएका हुन् । तर उनले भनेपनि अहिले नै कसको नेत्रित्वमा बन्छ सरकार भन्न सकिने अवस्था भने छैन । तर फेरिपनि माओवादी नेत्रित्वमै सरकार बनेपनि अचम्म चाहिँ हुने छैन।

तपाइँको प्रतिक्रिया