गीत

-अनुकुल प्रकाश, चितवन         

 

..

 

मन भित्रको मायाँ आज,फुलौँ फक्रौँ भन्छ

 

मायाँलुलाई सजाउनलाई, मायाँकै यो मन छ ।

..

 

संगै जीउने मर्ने संगै, सपना बटुलेर

 

मायाँ-प्रीती साट्न भनी, भावना समेटेर

 

मन यो वाटो कुरी सधैं, पर्खिबसुँ भन्छ

 

मायाँलुलाई सजाउनलाई, मायाँकै यो मन छ ।

 

..

 

उनकै यादले सधैंभरी, टोलाइरने पार्यो

 

केभो केभो यो मायाँले, मार्नुसम्म मार्यो

 

मन यो पत्र कोरी प्रेम, प्रस्ताव राखुँ भन्छ

 

मायाँलुलाई सजाउनलाई, मायाँकै यो मन छ ।

 

..

 

देउराली’को उकालीमा, गोठालाका भीडमा

 

वनबाट गुराँस टीपी, लगाइदिउकी ? शीरमा

 

मन यो गुराँसरङ झै गाढा, मायाँ लाउँछु भन्छ

 

 

मायाँलुलाई सजाउनलाई, मायाँकै यो मन छ ।

 

..

 

मन भित्रको मायाँ आज, फूलौँ फक्रौँ भन्छ

 

मायाँलुलाई सजाउनलाई, मायाँकै यो मन छ ।

..

[email protected]

तपाइँको प्रतिक्रिया