कुन पुस्तकले पाउला यो वर्षको पद्मश्री साहित्य पुरस्कार ?

Unknownकुन लेखकको कुन पुस्तकले जित्ला त २०७२ सालको पद्मश्री साहित्य पुरस्कार ? धेरैलाई खुल्दुली, चासो र चाख लागेको हो । तर अब धेरै ब्यक्तिबाट त्यो पाँच व्यक्ति र पाँच पुस्तकमा आइपुगेको छ । पुरस्कारका लागि अन्तिम छनौट गर्नु अघि पुरस्कार स्थापना गरेको संस्था खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले पाँच ब्यक्तिका पाँच साहित्यिक पुस्तकको सूची सार्वजनिक गरेको छ । त्यसमा रामलाल जोशीको कथासंग्रह ऐना, नीलम कार्की निहारिकाको उपन्यास चीरहरण, कुमार नगरकोटी उपन्यास मिस्टिका, गिरीश गिरीको गैह्र-आख्यान वीरगञ्ज र भूपिन खड्काको कवितासङ्ग्रह सुप्लाको हवाइजहाज परेका छन् ।

खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले विगत दश वर्षदेखि नेपाली साहित्यको उत्कृष्ट एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार दिँदै आएको छ । उत्क्रिष्ठ पुस्तक छनौट गर्न प्रतिष्ठानले एउटा जुरीको निर्माण गर्छ । त्यहि जुरीले उत्क्रिष्ठ पुस्तक छनौट गर्दै पुरस्कारकालागि सिफारिस गर्ने गर्छ । २०७२ देखि लागू हुने गरी पुरस्कारको लागि आवेदनसहित पुस्तक दर्ता गर्नु नपर्ने ब्यवस्था प्रतिष्ठानले गरेको छ । यो वर्षदेखि बरु पुरस्क्रितित हुने उत्क्रिष्ठ पुस्तक छनौट अघि पाँच पुस्तकलाई प्रारम्भिक सूचीमा छनौट गर्ने घोषणा गरेको थियो । सोहि अनुरुप प्रतिष्ठानले यो वर्षका पाँच पुस्तकको सूची सार्वजनिक गरेको हो ।

खेमकला-हरिकला लामिछाने प्रतिष्ठान, चितवनले २०७२ सालमा प्रकाशित र प्राप्त भएसम्मका पुस्तकहरू सङ्कलन गरेको जनाएको छ । सङ्कलित पुस्तकहरूमध्येबाट विभिन्न विद्वानहरूको रायसल्लाहसमेतको आधारमा प्रतिष्ठानले पाँच उत्कृष्ट पुस्तक मनोनयन गरेको हो । यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कन र्ताहरूले उत्कृष्ट ठहराएको एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गरिने जानकारि प्रतिष्ठानका संरक्षक जिवा लामिछानेले दिएका छन् । यो पुरस्कारको रासी रु दुई लाख  छ ।

सफल ब्यापारी, उद्दमीका रुपमा चिनिएका खेमकला-हरिकला लामिछाने प्रतिष्ठानका संरक्षक  जिवा लामिछाने साहित्य र लेखनमा चासो राख्छन् । उनी गैह्र आवाशिय नेपाली संघका पूर्व अध्यक्ष र हाल त्यसको संरक्षक छन् ।

तपाइँको प्रतिक्रिया