परदेश र वास्तविकता (गजल)
-अनुकुल प्रकाश, चितवन
गहभरी आँशु बोकी, हाँसौँ कसरी?
छिया-छिया मुटु लीइ बाँचौं कसरी?
..
दोहोरी र झ्याउरे सधैं सम्झनामा आउँछ
मादलु को ताल बिना नाचौँ कसरी?
..
नागवेली खोला नाला पहरालाई सम्झी
प्रवास का दीनहरु काटौँ कसरी?
..
गुलामिमा बित्छ दिन रुन्छ मन सधैं
स्वाभिमान आफ्नो आज साँचौ कसरी?
..
रुखो-सुखो पिठो खाउँला आफ्नै देशमा भन्छु
सधैं मारा-मारी पाइलो सारौं कसरी?
..




