नेपाल पत्रकार महासंघ युरोप शाखा भन्ने अबैधानिक संस्थाको जंग बहादुर शैलीमा उर्दी : २४ घन्टाभित्र स्पष्ठिकरण देउ

FNJ-1

fnj-2

नेपाल पत्रकार महासंघ युरोप शाखा भन्ने अबैध संस्थाको तर्फबाट नेपालप्लस डट कमका सञ्चालक ददि सापकोटालाई ‘चौबिस घण्टाभित्र स्पष्ठिकरण दिनु’ भन्दै पत्र पठाइएको छ । हिजो भएको भनिएको युरोप शाखाको बैठकले यो निर्णय गरेको हो । नेपाल पत्रकार महासंघको लोगोलाई अबैध ब्यक्तिहरुले प्रयोग गरि अर्को अबैध काम गरिएको छ । यो बैठकपनि यहि पदका लागि मरिहत्ते गर्नेहरुले आयोजना गरेका हुन् । पत्रमा अध्यक्ष भन्दै केजिन राई र महासचिव भन्दै प्रकाश ढकालको नाम उल्लेख छ ।

तर हिजो डाकिएकै बैठकमा छलफलकालागिपनि युरोप शाखाका सबै पदाधिकारीहरुलाई जानकारि दिईएको थिएन । सामाजिक सञ्जालमा युरोप शाखाकै उपाध्यक्ष अनुराधा पौडेलले ‘यो बैठकबारे आफूलाई कुनै जानकारि नदिएको’ भन्दै प्रतिक्रिया दिएकी छन् ।

भाषागत र ब्याकरणिय हिसावलेपनि अशुद्द भाषा प्रयोग गरेर लेखिएको बिज्ञपतीमा उल्लेख गरिएको छ ‘तपाइँ फ्रान्स निवासी ददि सापकोटाले संचालन गर्नु भएको ब्लग( आधिकारिक सुचना, जानकारी तथा समाचारमुलक नहुने ) साइट- नेपाल प्लस डट कममा मिति ३० जुन २०१६ मा तपाईं आँफैले सामाजिक संजालमा लेख्नु भएको भन्दै प्रकाशन गरिएको ”पत्रकार महासंघलाई प्रश्न : कति बोत्तल जाँड, विमान टिकट, खानपिन र उपहारसित साटिएका हुन् अन्तर्राष्ट्रिय पत्रकार महासंघका कार्ड ?” भन्ने शिर्षकको ब्लगमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।’

यो अबैध संस्थाका तर्फबाट मागिएको भनिएको पत्र हेर्दा हाँसो लाग्छ । पत्रमा नाम जोडिएका भनिएका केजिन राई आफैं दिनमा १४ घण्टाजति बेल्जियममा काममा धसिन्छन् । उनी आफैंले गएका दुई वर्षसम्म लेख रचना कतै लेख्ने गरेर्कापनि छैनन् । केन्द्रिय पदाधिकारीलाई घुमाएर, टिकट काटिदिएर अध्यक्षको पद लिएका हुन् । (यसको नालीबेलीपनि नेपालप्लसमा केहि समयमा आउने छ) तर उनी संलग्न अबैध संस्थाले निरन्तर रुपमा अपडेट हुँदै आएको नेपालप्लसको लेखलाई जाँचेको उल्लेख गरेको छ । पत्रमा लेखिएको छ ‘हुँदै नभएको कपोकल्पीत एवं अशोभनीय भाषा प्रयोग समेत गरिएको उक्त ब्लग लेखलाइ जांची हेर्दा तपाइँ ददि सापकोटाको फेसबुक वालमा समेत सोहि हुबहु व्यहोराको आसय सहितको लेख राख्नु भएकोले तपाइँ आफुले लेखेको विषयमा यो २४ घन्टे स्पष्टिकरण सोधिएको छ ।’

एक दशक अघि पत्रकारिता गरेको थोत्रो कलम देखाएर अबैधानिक तरिकाले पद लिनेको निरन्तर लेखन कार्यमा लाग्नेलाई कसरि जाँच गर्ने हैशियत हुन्छ ? यो अबैधानिक संस्था नेपाल पत्रकार महासंघ युरोप शाखा को हो र यस्तो जाँच्ने ? यसको के विशेषज्ञता र अधिकार छ अन्य सञ्चार माध्यम र मेडियाको लेख रचना जाँच्ने ? स्पष्ठिकरण सोधिएको पत्रनै अशुद्द लेख्ने अरुका लेख रचना जाँच्ने के हैशियत राख्छ ?

शाखाले ददि सापकोटामाथि नेपाल पत्रकार महासंघको लोगोलाई दुरुपयोगगरि पागलपनको संज्ञासमेत दिएको छ । निर्णय बन्द कोठामा केहि आसेपासेहरु राखेर गर्ने, एक दशकसम्म लेखन नगर्ने, पत्रकारहरुलाई धाक धम्की आउँदा बोल्नै नसक्ने, आफ्ना अन्तरे जन्तरेहरुलाई कार्ड भिडाउने, सडक सडकमा नेपाल पत्रकार महासंघ र अन्तर्राष्ट्रिय पत्रकार महासंघको कार्ड बाँड्ने र ति कार्ड दिँदा ‘फलाना फलाना ब्यक्तिहरुलाई घुमाईदिनुहोला र कार्ड लिनुहोला’ भन्ने शर्त राख्नेले अरुलाई पागलपनको सिज्ञा दिने ?

नेपाल पत्रकार महासंघ युरोप शाखा निर्माणको क्रम देखि हालसम्म सधैं आफूलाई मिल्ने दिनमा मात्रै बैठक राख्नुपर्ने जिद्दि गर्ने, आयोजना गरिएका बैठक मध्ये ३० प्रतिशतमापनि उपस्थित हुन नसक्ने, उपस्थित हुँदापनि निर्णय हुनु अघिनै बैठक छोडेर हिँड्नेले चौबिस घण्टाको समय तोकेर पत्र काट्न कुन हैशियत र नैतिकताले दिन्छ ? यो अवैध युरोप शाखाले ददि सापकोटालाई २४ घण्टाको समयसिमा तोकेर स्पष्ठिकरण मागेको छ ।

तर यस्तो अबैध संस्थाको स्पष्ठिकरण पत्रको जवाफ आफूले नदिने, दिन आवश्यकतानै नरहेको भन्दै  सापकोटाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया