नेपाल पत्रकार महासंघ युरोप शाखाको आपतकालिन बैठक, अन्तर्राष्ट्रिय संस्थाले थाल्यो खोजबिन गर्न
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले अधिबेशनको म्यान्डेटलाई कुल्चिएर नेपाल पत्रकार महासंघ युरोप शाखाको अबैधानिक तवरले गठन गरेपछि यस विषयले चौतर्फी चर्चा पाएको छ । महासंघका अध्यक्ष महेन्द्र विष्ठ, महासचिव उजिर मगर र नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष भनिएका केजिन राईको मिलोमतोमा केहि सदस्यहरुलाई सुटुक्क सहमति गरि अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आ ई एफ जे) को परिचयपत्र दिएपछि यसका विषयमा सामाजिक सञ्जालमा तिब्र बहस चलेको थियो । सामाजिक सञ्जालमा आई एफ जेमाथिपनि अबैध तरिकाले परिचयपत्र दिन सहमति जनाएको भन्दै आरोप लागेपछि सामाजिक सञ्जालका ति आरोप आइ एफ जेको ब्रसेल्स स्थित कार्यालयमा पुगेको थियो । आई एफ जेको मुख्यालयबाट ति आरोपहरुका विषयमा बुझ्न आइ एफ जेले उसको एशिया क्षेत्रमा पठाएको हो । हाल आइ एफ जेका एशिया क्षेत्रका प्रतिनिधी उज्ज्वल आचार्यले यस विषयमा छानबिन गर्न लागेको स्रोतहरुले बताएका छन् ।
सामाजिक सञ्जालमा तिब्र बहस चल्ने र अनेक आरोप लागेपछि पत्रकार महासंघ युरोप शाखाका केजिन राईले अपर्झट आज शुक्रवारकालागि बैठक डाकेका छन् । उनले यसअघि महासंघमा यसरि सबैलाई बैठक बस्न बोलाउने गरेका थिएनन् । तर अन्तर्राष्ट्रिय महासंघको परिचय पत्र दिएको र नेपाल पत्रकार महासंघको अवैधानिकताबारे केन्द्रिय सदस्यहरु समेत मुछिएको आरोपको समाचार छापिएपछि यो बैठक आज शुक्रवारकालागि हिजो अकस्मात डाकिएको हो । उनले बैठक डाक्दा नेपालप्लसमा लेखिएको समाचारको कपी समेत सामाजिक सञ्जालमा टाँसेर ‘साथीहरु यो विषयमा कसरि अगाडि बढ्ने, क्रिपया आज तिन बजे उपस्थित हुनुहोला’ भन्दै बैठक डाकेका हुन् ।
यस अघि ०६ अक्टोबर २०१५ मा उनले युरोप शाखाका सबै सदस्यलाई कुनै जानकारिनै नदिईकन बैठक डाकेका थिए । त्यस बैठकले विभिन्न पाँच बुँदामा निर्णय गरेको थियो । ति पाँच बुँदा मध्ये आचार संहिता, अक्षयकोष स्थापना, सचिवालय, बुझबुझारथ, कार्यक्रम तय गर्ने भन्ने थिए । यति लामो समयसम्म केहि ब्यक्तिमा मात्रै सिमित राखिएको त्यो निर्णय पत्र अहिले मात्रै सार्वजनिक गरिएको छ । यि पाँच विषयमा भएका निर्णयहरुका बारेमा आफूलाई हालसम्म जानकारि नदिएको भन्दै नेपाल पत्रकार महासंघ युरोप शाखाको सामाजिक सञ्जालमा शाखाका सदस्य निराजन श्रेष्ठले जवाफ दिएका छन् ।




