गजल
-नेपोलियन मरहट्टा
सत्ता हात लाउने तिम्रो खेल धेरै भएकोथ्यो,
जिते पनि हार हुन्थ्यो, झेल धेरै भएकोथ्यो ।
मिले पो त राम्रो हुन्छ सौतेलीका सन्तानहरु,
घर एउटै तर भित्र अनमेल धेरै भएकोथ्यो ।
तिम्ले सत्ता लिनु पनि सजायँ रैछ जन्तालाई,
दुई चार वटा घटाईदियौ, नेल धेरै भएकोथ्यो ।
बाँध बाँध्न नसक्नेले आली पनि भत्काइदियौ,
हत्या, हिँसा, रुवाईको भेल धेरै भएकोथ्यो ।
पहिल्यै देखी फुटेको हो, नेपालीको पुर्पुरो त,
तर पनि क्षत-बिक्षत अचेल धेरै भएकोथ्यो ।





