पत्रकार महासंघलाई प्रश्न : कति बोत्तल जाँड, विमान टिकट, खानपिन र उपहारसित साटिएका हुन् अन्तर्राष्ट्रिय पत्रकार महासंघका कार्ड ?

RTEmagicC_Press_Card_imageम धेरै समय चुप लागेर बसें । चुप बस्दा बस्दा यति भयो की चुप बस्न गाह्रो भैरहेको छ । तर अझै बस्नु छ केहि समय । म पदिय दायित्वमा बसेका बेला आलोचना सहनुपर्छ, कतिपयका जवाफ नदिएर चुप लागेर आफूले सहि काम गरेमा शुरुमा गाली सहेपनि अन्तत जित हुन्छ, सहि ठहरिन्छ र सबैले बुझ्छन् भन्ने मान्छे । मलाई केन्द्रिय प्रतिनिधीकै उपस्थितिमा युरोपका सबै पत्रकारको सदस्यता छानबिन गर्ने संयोजक तोकियो । त्यो अधिबेशनले गरेको निर्डय थियो उजिर मगर र महेन्द्र विष्टको क्रिपा थिएन । अन्य मित्रहरुमा गुणराज शर्मा र लक्ष्मण देवकोटा हुनुहुन्थ्यो । आइफोन उपहार, भ्रमण, बिधानमाथि लात हानेर केन्द्रले बनाएको कमिटि, दलका कार्यकर्तादेखि मानव ओसारपसारसम्ममा नाम मुछिएकालाई अन्तर्राष्ट्रिय पत्रकार महासंघको कार्ड दिलाउने केन्द्रका प्रतिनिधी को हुन् ? कति पैसा, बियर, जाँड, मोबाईलमा ति बिक्रि गरिए ?

युरोपमा धाकधम्की सहेर, जोखिम लिएर पत्रकारिता गर्नेले किन कार्डसम्म पाएन र जाँडको खोलोमा नुहाईदिएकै भरमा केन्द्रले किन कार्ड दियो नदिनुपर्नेलाई? सोच्नु भएको होला, अब सक्कियो । मलाई संयोजकको भूमिका दिएकाले मैले कुनै हालतमा त्यसलाई छर्लङ्ग पारेरै छोड्छु । लिएको काम आजसम्म नगरेको प्राय छैन, नसक्दा माफी माग्ने बानी छ । अझै केहि समय धैर्य गर्नुहोला ।

यि सबैको सुनुवाई अझै केन्द्रले नगरेसम्म युरोपका पत्रपत्रिकालाई तथ्यसहित जानकारि दिने, आइ एफ जे, लगायतका युरोपका प्रेससित संवन्धित संस्थालाई केहि तथ्यसहित, समाचार र अन्य तथ्य अनुवाद गरेरपनि दिने र त्यसको भण्डाफोर गरेर म बिदा हुन्छु । त्यति हिम्मत, आँट, तत्परता र साहस अनि प्रमाणपनि छन् मसित । केहि समयकालागि पद लिँदैमा सबै बिधीबिधान मिच्ने अधिकरको सिंह हुम् भनेर कसैलेपनि नसोचे हुन्छ ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य, बेल्जियमबाट अनलाईन चलाईरहेका, उज्यालो एफ एममा निरन्तर रेडियो रिपोर्ट गरिरहेका पत्रकार सन्तोस न्यौपानेलाई एउटा सिफारिस पत्र ‘यो नेपाल पत्रकार महासंघको सदस्य हो’ भनेर लेखिदिनपनि अस्विकार गरेको नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले । तर समाचार के हो ? कस्तो हुन्छ त्यसको ढाँचा ? भन्नेसम्म जानकरि नभएका, राजनितिक पार्टीको भात्रि संगठनमा बसेका, युरोपका अन्य संघ संस्थामा बसेकाहरुलाई त्यहि नेपाल पत्रकार महासंघले अन्तर्राष्ट्रिय पत्रकार महासंघको परिचय पत्र कसरि दिलाए ? प्रिय अध्यक्ष महेन्द्र विष्ठ जी र महासचिव उजिर मगरजी ति कार्डहरु कसरि दिनु भयो ? कसरि सिफारिस पाए ?

अन्य सदस्यहरुलाई किन जानकारि भएन ? ति कार्ड दिँदा लिनेहरुले कति बोत्तल रक्सी, बियर, हुस्की, आइफोन, बिमान खर्च, युरोपका आन्य मुलुकको भ्रमणमा बिक्रि गरिएका हुन् ? क्रिपया हामी जान्न आतुर छौं । कि केन्द्रिय पदाधिकारीहरु मिलेर पालै पालो भ्रमण गर्ने, केहि रकम र उपहार लिने सहमतिमा दिनु भएको हो ? समग्र केन्द्रिय कमिटिलेनै त्यसमा साटासाट गरेको हो भनेपनि हामीलाई जवाफ चाहियो । जाँडको ब्यवस्था, उपहार, भ्रमण र बिमान टिकटले ति साटासाट हुन सक्छन् भने हामी बिमान टिकटले हम्किदिन र जाँडको ट्यांकरमा पौडी खेलाईदिन तयार छौं । छानबिन समितिलाई पंगु बनाएर, हस्तक्षेप गरेर यि सबै हर्कत गर्न त सफल हुनु भयो । तर हामीले उठाउन सक्ने यि प्रश्नको जवाफ चाहिँ खोस्न सक्नुभएको छैन, हेक्का राख्नुहोला । जति ढिलो जवाफ दिनुहुने छ उति क्षती हुनेछ, हामी चुप लागेर बस्ने पक्षमा छँदै छैनौं । क्रिपया जवाफ पाउँ । हाम्रो पत्रकारिता तपाईहरुको जाँड रक्सी, भ्रमण, उपहारसित लेनदेन हुन सक्दैन । कुनै हालतमा सक्दैन । नेपाल पत्रकार महासंघ युरोप शाखा तपाईहरुलाई जाँडको पौडी खेलाउन र युरोप भ्रमणकालागि थिएन, होइन ।

(ददि सापकोटाले फेसबूकमा लेखेका स्टाटस)

तपाइँको प्रतिक्रिया