मानव तस्करी काण्ड : नेपाली दुतावासले बेवास्ता गरेपछि प्रधानमन्त्री कार्यालयमा उजूरी

subrat-rimal-portugalपोर्चुगलमा बसेर नेपालीहरुलाई फकाएर, फसाएर ल्याउने मानव तस्करहरु जेल परेपछि यो घटनाले धेरै नेपालीको संलग्नता पर्दाफास हुँदै गएको छ । मानव तस्करी काण्डमा एन आर एन पोर्चुगल त मुछिएको देखिएकै छ । अब नेपाली दुतावास र वाणिज्यदूतपनि मुछिने छन् । सुब्रत रिमाललाइ पोर्चुगलको न्यायिक प्रहरी कार्यालयले मानव तस्करीमा परेको भन्दै उनलाई यातना दिने, उनीमाथि तस्करी गर्ने पोर्चुगली तस्करहरुलाई जेल हालेको छ । सुब्रत रिमालले आफूमाथि अन्याय भएको भन्दै लिखित निबेदन दिँदापनि नेपाली दुतावासले कुनै वास्ता नगर्नु र पोर्चुगल ल्याउने कोटा नेपाली दुतावासले खारेज गर्दापनि पोर्चुगलका वाणिज्य दूतले सदर गर्नुको पछाडिपनि कुनै न कुनै संलग्नता देखिन्छ । नेपाली दुतावासले बेवास्ता गरेपछि हाल यो घटना प्रधानमन्त्री कार्यालयमा दर्ता भएको छ ।

पिडित सुब्रत रिमालका अनुसार गत सालको अक्टोबर २४ का दिन राजदूत सुमित्रा देवी लुइटेल पोर्तुगल एगकि थिईन । त्यो बेला रिमालले आफूअमाथि अत्याचार भएकोले न्यायकालागि निबेदन दिएका थिए । त्यो निबेदन उनले पोर्चुगलका नेपाली वाणिज्यदूत मकर हमालकै सामुन्नेमा, उनैको कार्यालयमा राजदूत लिउँटेललाइ दिएका थिए । तर उनको निबेदनमाथि लुइँटेलले कुनै वास्ता गरिनन् । रिमालले भने ‘मैले राजदूतकै हातमा म माथि अत्याचार भयो, मलाई पिडा दिईयो, न्याय पाउँ भनेर निबेदन दिएको थिएँ । वाणिज्यदूतले त गरेका थिएनन् नै राजदूतलेपनि कुनै वास्ता गर्नुभएन ।’

पोर्चुगलस्थित नेपालप्लस स्रोतका अनुसार सुब्रत रिमालले पेरिस स्थित नेपाली दूतावासलाई जानकारि गराउनु अघि पोर्चुगलका नेपाली वाणिज्यदूत मकर हमाल समक्ष सहयोग मागेका थिए । तर हमालले बेवास्ता गरे । बरु उल्टै मकर हमालका दाजुभाई र आफन्त गएर उनलाई पिडा दिने काम गरेपछि उनले नेपाली दूतावाससमक्ष लिखित उजुरी दिएका थिए । नेपाली दुतावासलेपनि कुनै वास्ता नगरेपछि उनले प्रधानमन्त्री कार्यालयमा त्यो उजुरी दिएका छन् । प्रधानमन्त्री कार्यालयमा दर्ता भएको उनको उजुरीको चलानी नंबर २५९३३ . २५९९०. २५९९१ हो ।

हाल उक्त पत्र प्रधानमन्त्री कार्यालयले नेपालको ग्रिह मन्त्रालय, श्रम बिभाग र परराष्ट्र मन्त्रालयमा पठाएको छ ।पत्रमा उनले आफू मानव तस्करीको फन्दामा परेको र वाणिज्यदूत र नेपाली दुतावाससित सहयोग माग्दापनि बेवास्ता गरिएकाले संवन्धित निकायबाट सहयोग पाउँ भन्दै याचना गरेका छन् । निबेदनमा उनले नेपालबाट मानव तस्करी गर्ने भिभि इन्टरनेशन भन्ने मेन पावर कंपनीमाथिपनि कारवाही हुनुपर्ने माग राखेका छन् ।

तपाइँको प्रतिक्रिया