कविता : बुद्ध मलाई माफ गर

– डिल्ली राम अंमाई
dilliram-ammai
तिम्रो जन्मभुमिमा
धेरै पटक उडाएँ परेवाहरु
एकहातमा जोली परेवा थियो
अर्को हातमा सेतो फुल
शायद गोदावरी थियो कि
तर तिम्रै युगमा रोपिएको
पानीबाट उम्रिएको
यदुबंशिको तरवार
अनी पानीबाटै नारिएको
शाक्य र कोलिय रक्तपात
रोक्न सकेन तिम्रो युगले
बुद्ध त्यो युगलाई माफ गर

++++++++++
थाहा छ तिमी बिरक्त थियौ
त्यही चन्डाली हिंसाले
ज्ञात छ तिमी अस्वास्थ्य थियौ
निर्वाणको अभिलाषाले
सबै त्याग्न योग्य लाग्यो
सत्रुताको समाप्ती
सत्रुताबाट नहुने सत्य
अनुभबले आँफै रोज्न खोज्दा
आँफै किरण बन्न खोज्दा
असिस्टको आरोप लाग्यो
बुध्द कुचेतनालाई माफ गर
++++++++++++
सेतो फुल हत्केलामा रोप्दै
अस्टाङ्ग ध्वनी तिम्रो मन्दिरमा बज्दै गर्दा
तिम्रो अस्तित्वलाई नकार्दै
हिरोसिमा र नाकासाकी जलाइयो
कोरिया र भियतनामी रगतले
तिम्रो मुर्तिलाई नुहाइयो
मेरो युगले रोक्न सकेन
शाक्य मुनी धरालाई माफ गर,
++++++++++++
तिमीले जिबनको बिलयमा
चुहिएको रक्त कणिका भित्र
प्रक्रिती डुबेको देख्थेउ
ढोँगी संकराचार्यको आडम्बरसँगै
कर्मकाण्डी निशाचरको अन्त्य खोज्थेउ
आराधक थुप्रै छन
तर आराध्य चिन्न सकेनौं
राजन्य नारकिय क्रिडालाई माफ गर ,
+++++++++++
आज तिम्रै मन्दिर छेउमा
उडाइनु पर्ने सेता परेवा
गेरु बस्त्र धारण् गरेर
मुक्तिको लागि काटिएका छन
तिमीले बचाउन खोज्ने
पशु र प्रक्रिती माथि
निर्मम प्रहार गरिएका छन
अबको अवतारमा प्रभु
एकपटक यो दुनियाँ
बोधी ज्ञानको चिसो जलले
सम्यक समाधिस्थ गरिदेउ,
मुक्ती र दु:खको साथै
मन्दिर भित्रको हिँसा
सम्यक सन्कल्पले रुझाइदेउ,
आँफै भित्र पालिएका
बिभेदका हिंसाहरु
सम्यक बिचारले निकाली देउ ,
अन्यथा तिम्रो जन्मभुमी
रगतले पोतीइरहने छ,
कोयलीका मधुर बाणीलाई
हिंसा धर्म अस्त्र बनाएर
आँफै भित्र बिसाक्त र बिभक्त गराइने छ
गराइदै छ प्रभु हजुरकै मन्डली भित्र !
+++++++++++
फरक फरक गण सभाहरु बनाएर
बिभिन्न रंगका तपाईंकै पुतलाहरु
भिन्न भिन्न सैलिमा नचाइदै छ
प्रभु अबको अवतारमा
तिमीले सेतो धर्ती निर्माणार्थ
यो सबैको काया पलट गर,
मन काँपी रहेछ अब लेख्न सकिन
सान्तीपुन्ज मलाई माफ गर ।

तपाइँको प्रतिक्रिया