संघीय लोकतान्त्रिक राष्ट्रीय मञ्चको यस्तो छ महाधिवेशनकालागि तयारि

13492972_1180712288639953_2012447465_n

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान पार्टीमञ्च) को दोस्रो महाधिवेशन हुन लागेको छ । महाधिवेशन नजिकिँदै जाँदा पूर्वी जिल्लाहरुमा ब्यापक तयारी गरिरहेका छन् । विशेष त नेपालका पूर्वी जिल्लाहरुमा प्रभाव जमाएको यो पार्टीले कस्तो निति पारित गर्छ, अबको कार्यदिशा कस्तो बनाउला भनेर धेरैले चासो राखेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रीय मञ्च केन्द्रीय कार्यलयबाट जानकारी अनुसार यही असार १७१८१९ गते दोस्रो महाधिबेसन गर्ने तैयारी गरेको छ । झापाको दमकमा हुन गईरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान पार्टीमञ्च) को दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न अध्यक्ष कुमार लिङ्देन मिराकको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरेका छन् ।

पूर्वको झापामा हुन लागेको मञ्चको दोस्रो राष्ट्रिय महाधिवेशनका लागि नौ जिल्लाहरु लगायत उपत्यका, प्रवास र अन्य प्रदेशहरुबाट गरि करिब १५ सय प्रतिनिधि ल्याउने निर्णय गरिएको छ । मोरङ् २००, झापा २००, सुनसरी २००, ताप्लेजुङ १५०, पाँचथर १५०, तेह्रथुम १००, इलाम २००, धनकुटा १००, संखुवासभा ५०, उपत्यका ५०, प्रवासबाट ३० जना साथै पोखरा (तमुवान) १५, खसान ५, थरुहट ५, खम्बुवान ५, तामाङसालीङ ५ लगायत अन्य स्वायत्त क्षेत्रहरुबाट पनि ल्याउने तयारी गरिएको छ ।

13473813_1179992768711905_1834155964_n

बन्दसत्रमा प्रवेश गर्ने सबै प्रतिनिधिहरुले शुल्क रु. ३००।– बुझाउनु पर्नेछ । साथै लिम्बुवानको पनि नयाँ कार्य समिति बन्ने छ । मञ्चको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न आयोजक समितिका पदाधिकारीहरुलाई रु. १०,०००।–, सचिवालय सदस्यहरुलाई रु. ५,०००।– त्यसैगरी केन्द्रीय सदस्यहरुबाट रु. ३,०००।– तोकिएको छ ।

देउ कुमार निङ्लेखुको संयोजकत्वमा आर्थिक समिति निर्माण गरिएको छ । सदस्यहरुमा विष्णु कुमार यक्सो, इन्द्र श्रेष्ठ, हरिदेवी राई, विष्णु भट्टराई, अशोक चेम्जोङ, भविराज तुम्सा, थाङसाङ लावती, दिलु लिङ्देन लावती, राम चेम्जोङ्, केदार उप्रेती, धनराज सुब्बा, राजु राई, दुर्गा ओख्राबो, धनबहादुर पन्धाक लगायत रहेका छन् ।

बन्दसत्र व्यवस्थापन समितिको संयोजकमा धनराज सुब्बा चयन भएका छन् । उप संयोजक भानु भट्राई रहेका छन् भने खाना तथा खाजा व्यवस्थापन समितिको संयोजकत्वमा विष्णु भट्राई  छन् । सदस्यहरुमा नारायण लावती, खगेन्द्र गौतम, नारायण तामाङ्, सावित्रा गुरुङ, लिला थापा मगर, बरुण लाबुङ्, तिलोकसिं वेघा र अन्य थप गर्ने गरि निर्माण गरिएको छ । त्यसैगरी बन्दसत्रमा खानेपानी र विद्युत व्यवस्थापन समितिको संयोजकमा रुपक दाहाललाई तोकिएको छ ।

मञ्चको राष्ट्रिय महाधिवेशनको खुल्ला सत्र व्यवस्थापन समितिको संयोजकमा हरिदेवी राई चयन भएका छन् भने सदस्यहरुमा भविराज तुम्सा, राम चेम्जोङ, मोहन वेघा, धनबहादुर पन्धाक, दिलु लिङ्देन लावती, अमर इजम, राजु राई, सोम ढुंगाना, सावित्रा गुरुङ्, लिला थापा मगर, चन्द्र कन्दङ्वा रहेका छन् ।

मञ्चको राष्ट्रिय महाधिवेशनको खुल्ला सत्र र बन्द सत्र सम्पन्न गर्न थाङ्साङ लावतीको संयोजकत्वमा स्वयम्सेवक तथा सुरक्षा समिति गठन गर्ने निर्णय गरिएको छ । त्यसैगरी सह संयोजकमा राजु राई रहेका छन् भने थप सदस्यहरु पछि नियुक्त गर्ने निर्णय पारित गरिएको छ ।

खुल्ला सत्र सफल पार्न अधिकतम जनशक्ति परिचालन गर्न केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको संयोजकत्वमा जनशक्ति परिचालन समिति गठन गरिएको छ । सदस्यहरुमा अशोक चेम्जोङ, भविराज तुम्सा र सबै जिल्लाका अध्यक्षहरु सदस्य रहेका छन् ।  सूचना, संचार तथा प्रचारप्रसार समितिको संयोजकमा दिल कुमार लावती चयन गरिएको छ । सदस्यहरुमा मुक्साम लावुङ्, सागर आचार्य चयन भएका छन् । साथै महाधिवेशन प्रतिनिधि कार्ड व्यवस्थापन तथा वितरणका संयोजकमा मेरीङ योङहाङ र सदस्यमा लक्ष्मण योङ्हाङ्, आर्थिकमा दिपा लिम्बुलाई जिम्मेवारी दिईएको छ ।

उपाध्यक्ष ज्ञान बहादुर गुरुङको संयोजकत्वमा काउन्सेलिङ समिति गठन गरिएको छ । सदस्यहरुमा ज्ञानुहाङ इम्बुङ्, सुरेन्द्र लिम्बु नोनाम, अमृता थेवे, देउ कुमार निङलेखु, विष्णु तुम्बाहाम्फे, विसेन्द्र चेम्जोङ, ईन्द्र श्रेष्ठ, शान्ता योङहाङ साथै सबै आयोजक समितिका सदस्यहरु रहनेछन् ।

महाधिवेशनमा प्रस्तुत हुने विधान, राजनैतिक प्रतिवेदन लेखन समितिमा अध्यक्ष कुमार लिङ्देन मिराक संयोजक रहनु भएको छन् । सदस्यहरुमा सुरेन्द्र लिम्बु नोनाम र अमृता थेवे  छन् ।महाधिवेशन सम्पन्न गर्न सबै केन्द्रीय उपाध्यक्षहरुले जिल्ला जिल्लामा सहजीकरण गर्ने जिम्मेवारी दिईएको छ ।

मञ्चको महाधिवेशनमा विशिष्ट अतिथिहरु निमन्त्रणा र सत्कार गर्न केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाम्फे र इन्द्र श्रेष्ठ रहेको समिति गठन गरिएको छ । कार्यक्रममा देशका मुख्य राजनैतिक दलहरु, २९ दलीय संघीय गठबन्धन, बुद्धिजीवि, विभिन्न संघ संस्थाहरु साथै सकेसम्म विदेशका केही पार्टी प्रतिनिधिहरुलाई पनि निमन्त्रणा गर्ने उक्त जिम्मेवारी पार्टी उपाध्यक्ष ज्ञान बहादुर गुरुङ र दिल कुमार लावतीलाई दिईएको छ । खुल्ला सत्र र बन्दसत्रमा राखिने ब्यानर देहाय बमोजिम लेखिने निर्णय गरिएको छ ।

महाधिबेसन प्रतिनिधि 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आगामी असार १७ देखि १९ गतेसम्म सम्पन्न हुने दोस्रो राष्ट्रिय महाधिवेशनमा देहायका व्यक्तिहरु प्रतिनिधि हुनेछन ।

१. केन्द्रीय समिति सदस्यहरु (आयोजक समितिमा परेकाहरु मात्र)

२. जिल्ला समितिका सचिवालय सदस्यहरुसम्म (आवश्यकता अनुसार थपघट गर्न सकिने)

३. भातृ संगठनहरु प्रत्येक केन्द्रीय समितिबाट १५ जना

३. क्षेत्रीय समितिबाट १०/१० जना

४. नगर समितिबाट सबै पदाधिकारीहरु

५. गाउँ समितिबाट कम्तिमा २ बढीमा ५ जना प्रतिनिधि अनिवार्य

७. जिल्लाका भातृ संगठन समितिहरुबाट ५/५ जनाको दरले ।

६. प्रवासबाट कम्तिमा प्रत्येक देशबाट २ बढीमा ५ सम्म ।

७. उपत्यकाबाट ५० साथै अन्य क्षेत्रबाट संगठन अनुसार ।

तपाइँको प्रतिक्रिया