नागरिक समाजपनि राष्ट्रपती बिरुद्द
अपडेट-राष्ट्रपतीको कदमको बिरोध गर्न गएका नागरिक समाजका प्रतिनिधीहरुलाई प्रहरीले फिरफ्तार गरेको छ । बिहान ११.३० बजे राष्ट्रपतीको कदमको बिरोधमा नारा जुलुस गर्दै शितल निवास पुगेका नगारिक समाजका श्याम श्रेष्ठ, खगेन्द्र संग्रौला, क्रिष्ण पहाडी र डा देबेन्द्रराज पाण्डे लगायतकालाई प्रहरीले निशेधित स्खेत्रमा प्रवेश गरेको भन्दै पक्राउ गरेको हो ।
नागरिक समाजको कति प्रभाव छ नेपालमा भन्ने कुरा त गत जनआन्दोलनले देखाएकै हो । एमाले र कांग्रेसलाई जनताले नपत्याएको । माओवादी लोकतान्त्रिक परोपाटीमा पक्का विश्वास गरेर आउँछन् भन्ने भर नगरेका जनतालाई बाहिर ल्याउने, सडक तताउने र जनआन्दोलनलाई उत्कर्षतिर लैजान जगमगाउने काम नागरिक समाजले गरेको हो । त्यसैले अहिले पनि नागरिक समाजप्रति जनताको ठुलो साथ र समर्थन छ । तर बिचरा नागरिक समाज । आफुले जसकालागि साथ दियो, जसको बोलीलाई जनताका मनमा घुसाउन, सिरोपर गर्न प्रहरी लाठी खायो, पानीका फोहोरा थाप्यो आज उसै बिरुद्द अर्को आन्दोलन गर्ने भन्दै आन्दोलित भएको छ ।
राष्ट्रपती रामवरण यादवको प्रधान सेनापतीलाई बहाली गर्ने निर्णय गैर संबैधानिक र जननिर्वाचित सरकार बिरुद्द भन्दै आज राष्ट्रपती भवन घेर्ने भएका छन् नागरिक समाजले । राष्ट्रपतीले देशमा जारी संझौतालाई भंग गर्न खोजेको र प्रतिगमन गर्न खोजेको आरोप पनि लगाएका छन् । जन निर्वाचित सरकारले बर्खास्त गरेका प्रधान सेनापतीलाई पुन बहाली गरेर राष्ट्रपतीले सैनिकिकरण गर्न खोजेको र सरकारलाई पत्र पठाएर सरकारको कार्यकारी अधिकारमाथि धावा बोलेको आरोपपनि लगाएका छन् ।
नागरिक समाजले जन निर्वाचित सरकारको निर्णय उल्टाउने राष्ट्रपतीसित कुनै संबैधनिक अधिकार नभएको ठोकुवापनि गरेको छ । नागरिक समाजले आज बिहान ११ बजे तय गरेको छ धर्ना राष्ट्रप्ती भवन शितल निवास अगाडि । तर शितल निवास वरिपरि हिजो बिहान देखिनै सरकारले निषधाज्ञा जारी गरिसकेको छ ।
(तपाईका कमेन्टहरु अपडेट हुन आज केहि बेर लाग्ने छ-नेपालप्लस) ।




