बर्तमान नेपाल (कबिता )
–विशेश लोहनी, फिन्ल्यान्ड
एउटा कुर्लदै थियो
तेस्रो लिंगी नभएपनि सरकार चलाई दिन्छु भनेर
अर्को उफ्रँदै थियो
सेनालाई चलायो भने सडक तताई दिन्छु भनेर
तर बिडम्बनाको कुरो
सहमतिको नामै सुनिएन
मुडेबल र पार्टीगत स्वार्थ मा सबैलिप्त भए
हेर्दाहेदै सुन्दर शान्त नव नेपाल को परीकल्पना
छितिज पारीको आस्तौउदो लालिमा सँगै बिलिन हुँदै गए ।।।
मध्यान्ह देशबासीको लागि सन्देश आयो
देशमा कु भएको ले सरकारबाट राजिनामा दिए भनेर
तुरुन्त राष्ट्रपती बाट जवाफ आयो
म सेना को परमाधिपती मेरो ईच्छा बेगर तिमीले केही गर्न सक्दैनौ भनेर
अब प्रसंग सिर्फ
सडक र सरकार मात्रको भएन
सोझा नेपाली जनतामाथि पुन कुठाराघात भए
हेर्दाहेदै सुन्दर शान्त नव नेपालको परीकल्पना
छितिज पारीको अस्ताउँदो लालीमा सँगै बिलिन हुँदै गए ।।।




