कविता : मिठो झुट

  • सुचना रिमाल

suchana-rimal

उ मेरै पर्खाईमा थिई,

मानौं बर्षौंदेखि मै आउने बाटो हेर्दै थिइ
मलाई नै कुरेर बसेकी थिइ
म पनि आतुर थिएँ उसलाई भेट्न, उसलाई स्पर्श गर्न

विमान बाट ओर्लिएर म उस्को समीप पुगें
उस्को सामिप्यताले मलाई नि गलायो
आँखा भरी टिलपिल मोति
उ एकोहोरो मलाई नै हेरिरहेकी थिई
अँगालोमा बाँधेर उस्लाई म डाँको छोडेर रोएँ
मेरो आसुले उ भिज्दै थिई
जहाँ म उस्को आसुले निथ्रुक्क भइसकेको थिएँ
उ बिना आवाज यति जोडले रुँदै थिइ सारा शहर स्तब्ध थियो
मेरो अँगालोमा बाँधिएर उ मलाई प्रश्न गर्दै थिइ
किन मलाई छोडेर गयौ ?
मेरो याद आएन तिमिलाई ?
म दुखेको म रोएको खबर कसैले सुनाएनन?

उ एकै श्वासमा कयौं प्रश्न गर्दै थिइ
उ भन्दै थिइ, कति धेरै बाचाकसम गरेका थियौ
मलाई कहिल्यै नछाड्ने
सधैं मेरो साथमा रहने
फेरि किन यस्तो गर्‍यौ ?
उस्को श्नको प्रहार ममाथि हुँदै थियो,
म आफ्नो बचाउमा उस्लाई शान्त गर्दै
फेरि आफ्ना झुटा र बनावटी शब्द हरु दोहोर्यौदै थिएँ
आफ्नो बाचाकसम निभाउन नसक्ने हरेक व्यक्तिले गर्ने बहाना
मैले नि त्यहि गरें
परिवारका लागि भन्दै भ्रम छरें,
मैले हिजोबाट होइन उनिलाई आस देखाउन थालेको
हिजोबाट होइन सधै तिमीसँगै हुन्छु भनेर भन्न थालेको
म आफ्ना कसमहरु याद गर्न थाल्छु, म सानै छदाँ देखि मैले।

भन्दै आएको, म सानो छँदा देखीनै हो उस्को लागी गाएको
उस्को लागि लेखेको कविता, गजल मुक्तक अनि लेखहरुले मैले थुप्रै पुरस्कार
पनि जितिसकेको थिएँ,
उ त्यतिबेलै देखि मेरा हरेक सशब्दलाई साँचो मानेर
मबाट निकै आशा राखेर बसेकी रहिछ,
म उस्को छातिमा शिर टाँसेर रुँदै सबै याद गर्दै थिएँ
उस्का निर्दोश आँखा
अझै उहीँ आसा र बिस्वासका साथ मलाई एकोहोरो हेरिरहेका थिए,
अनि त्यहि प्रश्न दोहोर्याईरहेकि थिइ,

यो पटक उस्को आवाज आक्रोश मिश्रित थियो
उ भन्दै थिइ, कहिले गर्छस त आफ्नो बाचा कसम पूरा
म आखाँभरी परदेशको नुनिलो पानी लिएर,
लाचार उस्को छातिमा सिर टाँसेर चुपचाप आफ्ना
झुठा बाचा कसम याद गर्दै थिएँ

हो मेरि आमा मैले गरेको बाचा कसम फगत
एउटा झुठ भन्दा केही थिएन,
ती कविताहरु पनि मात्र शब्द थिए,
तिमीसँगै आँसु झारी रुनु भन्दा मैले केही गर्न सकिन तिम्रो लागि,

म आजको युवा तिम्रो सन्तान
मेरो मात्रुभुमिको लागि
मेरो नेपाल आमाको लागि
मैले केही गर्न नसकेर बिदेशीएँ

सानो छदाँ गरेका कसमहरु मध्ये एक कसम म यस्तै यस्तै लेख्थे तिम्रो लागी
मेरी नेपाल आमा मलाई के थाहा त्यति बेला
के म ठुलो भयपछि यि सबै बिर्सनु पर्छ अनि बिदेशीनु पर्छ भनेर
यो मैले तिम्लाई लेखेको,

आजका हामी कोपिला
भोलि त ठुला हुनेहुने छौं
ठूलो मान्छे बनेर
देशको सेवा गर्नेछौ

मैले तिमिसँग बोलेको मिठो झुठ
जतिबेलासम्म म सानो थिएँ यस्त्तै झुठ बोलिरहें
अनि जब ठुलो भएँ म सबै बिर्सेर बिदेशिएँ
म तिम्रो सनतान भएर नि तिम्रो रहिन
तिम्रो लागि केही गर्न सकिन

तपाइँको प्रतिक्रिया