प्यारोडीः- किन भटट गरेँ मैले?

-उही कुमार लामा, २३ चैत २०६४

स्वरः– जी (गोलमाल शाह),

रचनाः– रुक्मांगद कट्टूवाल, संगीतः– रक्तचन्दन
कुमारी जोष्ट
(लयः- सम्झना फिल्मको गीत किरण प्रधानको स्वरमा “के सोचेँ मैले”)

किन भटट गरेँ मैले?
के भयो अहिले?
कसम मेरो नारायणहिटीमै बस्ने
नपठाऊ नक्खुमा।
किन भटट गरेँ मैले?
गणतन्त्र आउने भो अहिले।

भन्दथ्यो बाल ठाक्रे मोरो
हिन्दू-सम्राट दैवले लेखिदिएको
संविधानसभाले घोक्र्याएर
आउने भो कस्तो कालचक्र?
कसम होला, म नक्खु जान्नँ
बस्न देऊ कतारमा।

पड्किन्छ पटाका शहरमा
दोष चाहिँ मेरै नाउँमा आइदिने
नारायणहिटीबाट घोक्र्याएर
लखेटिदिने कस्तो कालचक्र?
कसम होला, ठूलदाइको सम्पत्ति लान्नँ
बस्न देऊ कतारमा।

किन भटट गरेँ मैले?
गणतन्त्र आउने भो अहिले।

तपाइँको प्रतिक्रिया