माओवादीका केन्द्रिय नेतासितको कुराकानी
(करिब तिन घण्टा लगातार सम्पर्क गरेपछि बल्ल बल्ल फोन लाग्यो उनको मोबाईलमा । अर्थात नेकपा एकिक्रित (माओवादीका केन्द्रिय सदस्य अनिल शर्मासित । तर पटक पटक काटियो । अनि फेरि सम्पर्क हुन निकै मुस्किल पर्यो । मैले यहाँ जति रखेको छु त्यति कुरा गर्दा गर्दै माओवादीका गल्ति कमजोरी, एमालेसँग संबन्ध बिग्रिनु कारण, अबको माओवादी दिशा बारे प्रश्न गर्दै थिएँ । तर फोन काटियो र त्यसपछि सम्पर्क नै भएन । कुराकानी सोचे जस्तो भएन । त्यसैले समाग्रिपनि धेरै गतिलो त भएन । तरपनि देशको यस्तो गम्भिर अवस्थामा यति पनि माओवादीका केन्द्रिय नेतासित सिधा सम्पर्क दिन पाएकोमा ठिकै लागेको छ । यसबाट केहि न केहि बुझ्न त सजिलो हुनेछ नै । समाग्रि अगाडि भनेझैं अलि बिस्तार र पूर्ण पारेर दिन नसकेकोमा क्षमा चाहन्छु-ददि, नेपाल्पल्स)
यो फोन अनिलजीको होइन ?
–हो, बोल्दै छु ।
म, ददि बोलेको । के छ हाल खबर ?
ठिकै छ मेरो त, देशको बर्बाद छ ।
कहाँ हुनुहुन्छ अहिले तपाई ? कुरा गर्न मिल्छ ?
यहिँ त नभनौं तर म राजधानीबाट बाट बाहिर निस्कँदै । केहिबेर सकिन्छ कुरा गर्न ।
किन सुरक्षाको कारण ले राजधानीबाहिर निस्कन लाग्नु भाको हो कि ?
(हाँस्दै) होइन, त्यस्तो तत्काललाई । तर जतिखेर जे पनि हुन सक्छ भन्ने पार्टीको मूल्यांकन छ । पार्टीले चनाखो रहनु भनेको चाहिँ छ ।
अहिले के भैराखेको छ खास काठमाडौंमा ?
अहिले हाम्रो पार्टीका साथीहरुले काठमाडौंभरि बिरोध गर्नु भएको छ । भद्रकाली पुग्नु अगाडिनै पुरा कर्फु जस्तै लगाइएको छ । त्यहाँ ठुलो जुलुस सैनिक मुख्यालय तिर हानिन थालेपछि त्यसको भएको हो । राष्ट्रपती भवनलाई पनि जनताले घेरेर बसेका छन् । स्थिति एकदमै तनावपूर्ण छ । हजारौं जनता सडकमा उत्रेका छन् । हाम्रा प्रधानमन्त्रीले खुला मञ्चबाट राजिनामा दिनु भयो । त्यहाँ अहिले हाम्रो पार्टीले ठुलो जनसभा गरिरहेको छ राष्ट्रपतीको कु बिरुद्द ।
अब के हुन्छ त ?
यहि हुन्छ भन्नै सकिन्न । हाम्रो पार्टीले आजै बैठक बसेर प्रधान सेनापती कटुवाललाई नहटाएसम्म आन्दोलन गर्ने घोषणा गएको छ । भोलिदेखि देशकाvसबै भागमा आन्दोलन शुरु हुन्छ ।
सेनापतीमाथि को कारवाही किन लागू भएन ?
होइन, भारत पुरै नांगो हस्तक्षेप गरेर आयो । कटुवाललाई कुनैपनि हालतमा बर्खास्त गर्न पाइँदैन भन्यो । हाम्रो पार्टीले यो हाम्रो आन्तरिक कुरा हो भनेर टेरेन । हामीलाई नसोधी प्रधानसेनापतीमाथि कारवाही गर्नै पाईन्न भनेको थियो भारतले । हामीले टेरेनौं ।
अनि के भयो त ?
नेपाली कांग्रेसले पुरै घुँडा टेक्यो । पुरै भारतिय बनेर आयो कांग्रेस । राष्ट्रपतीले भारतलाई नसोधी कारवाहि गर्नै पाईन्न भनेर आए ।
अब सैनिक शासन लागू भएको हो ?
त्यसैको शुरुवात जस्तै देखिन्छ ।
भारतले हस्तक्षेप भन्नु भो, अब के नेपालै खाने हिसाब किताबले निकै अगाडि आएको हो भारत ?
होइन, अहिलेनै देशै लिने हिसाब किताबले आएको त देखिन्न तर अवस्था निकै गम्भिर हो ।
के भारतिय सेनापनि हुल्ने अवस्था छ कि ?
अहिलेनै त त्यो अवस्था देखिन्न ।
अब के देश साँच्चै ग्रिह युद्दमा फसेको हो ?
यसै भन्न सकिन्न । अवस्था त्यस्तै देखिन्छ ।
के क्यान्टोन्मेन्टका जनसेना बाहिर निस्केर शान्ति संझौता भंग भएको घोषणा गर्छन् अब ?
अहिलेनै त त्यसो होइन । तर हामीलाई बाध्य पारियो, शान्ति संझौता भंग गरेर दमन गरियो भने त्यो स्थिति नआउला भन्न सकिन्न ।




