फ्रान्समा नेपाली कार्यक्रम, हुने भो भब्य
फ्रान्सको लियों शहरमा यहि अप्रिल ३० का दिन नेपाली कार्यक्रम हुँदै छ । कार्यक्रम भब्य हुने देखिएको छ । किनभने यो कार्यक्रममा भाग लिन युरोप भरिका नेपाली कलाकारको न्रित्य प्रतिस्पर्धामा प्रथम भएकी यदिना केसी आउँदै छिन् । उनले कर्यक्रम हुनु अघि केहि समय अन्य कलकारलाई कसरि प्रस्तुत हुने भनेर सिकाउँदैपनि छिन्, केहि समय । त्यसैगरि बेल्जियममा न्रित्यमा नाम कमाएकि आचल श्रेष्ठपनि सहभागि हुँदै छिन् । एन आर एन स्विजरल्याण्डका निवर्तमान अध्यक्ष धर्म गुरुङले मन चुँडालेर धरधरी रुवाउने गरि बाँसुरीको धुन बजाउँछन् भन्ने धेरैलाई जानकारि छैन । राम परियारले मादल बजाएर धेरैलाई छक्क पार्छन् भन्ने झन कमैलाई जानकारि छ । निराजन श्रेष्ठ तबेला, गितार, मादल सबै बजाउँछन् । त्यो भन्दा बढि जुनपनि गितमा न्रित्य गर्न सक्छन् भनेर थाह पाउनेपनि कमै होलान् । यो कार्यक्रममा यि सबैको उपस्थिति हुने छ ।
बेल्जियमबाट नेपाली वाल कलाकारहरुपनि आउँदै छन् । यि तस्विरमा देखिएका नानीहरु
अदिना केसी,आचल श्रेष्ठ, प्रिया रोका, मेलिसा थापा र रस्मिता भुसालले न्रित्य प्रस्तुति गर्ने छन् । यहि कार्यक्रमकालागि भनेर बेल्जियमबाट यि नानीहरुका अभिभावकहरुले लामो गाडीको यात्रा गरिगरि आउँदै छन् । यिनको नेपाली कलाप्रतिको लगाव, सिप र प्रस्तुतिले लियों शहरका वालवालिकालाई उर्जा दिने छ, नेपाली कला र संस्क्रिति सिक्नुपर्छ भन्ने ।
कार्यक्रमकालागि लियोंको उलाँ भन्ने नगरपालिकाको हल बुक गरिएको छ । इन्दिरा मेक्स भन्ने फ्रान्सेली जो उलाँ शहरमा बासुरीको प्रशिक्षकका रुपमा नाम कमाउनेपनि आउने छन् यहाँ बाँसुरीको धुन बजाउन । एकातिर फ्रान्सेली गितको बाँसुरीको धुन । अर्कोतिर धर्म गुरुङको नेपाली गितमा बाँसुरीको धुन । यसको प्रतिक्षामा धेरै स्रोताहरु रहेको जानकारि पाइसकिएको छ ।
बेल्जियमबाट हरी श्रेष्ठले करिब पाँच जना कलाकार ल्याउन चाँजो मिलाउनु भएको छ । नाच्ने कलाकार नानीहरु सबै तयारि पुरा गरेर बसेका छन् । यता राम परियार मादलको खरी नियाल्दै छन् । धर्मले बाँसुरीमा तेल घस्दै बसेका छन् । निराजन श्रेष्ठ नाच्ने गित र अन्य बाजा मिलाएर तम्तयार छन् ।
फ्रान्सेलीहरु उफ्रिएका छन्, यो साँझ उलाँ शहरमा नेपाली साँझले चर्च पाउने भो । हामी भित्ता भित्तै हिँड्न मात्रै बाँकी छ हर्षले भन्दै रमाएका छन् ।
कार्यक्रममा मोहन मैनालीको पुनेको प्याण्ट डकुमेन्ट्री देखाइने छ । नेपालको द्वन्दकालिन अवस्थामा नेपाली सेनाले कसरि निर्दोश नागरिकलाई भुटेको थियो । र प्याण्टमा दुल्को परेर नयाँ प्यान्ट किन्न नसक्दा एक होनहार नेपाली किशोर कसरि स्कूल जान सक्दैन, पढाई त्याग्छ भन्ने मार्मिक कथा यो डकुमेन्ट्रीले बोकेको छ । यो डकुमेन्ट्री देख्नु अघिनै यसका केहि कपी फ्रान्सेली, स्विस र जर्मन नागरिकले बुक गरिसकेका छन् । यसबाट उठेको रकम खर्च कटाएर ह्यापिनेश फाउन्डेशन नेपाल र नेपालमा सामाजिक काम गर्दै आएको फ्रान्सेली संस्था सोलेइ भेरलाई जान्छ ।
ददि सापकोटाले नेपालमा भूकम्प गएपछिको एक वष कस्तो भयो, के हुँदै छ भन्ने करिब ४५ मिनेटको प्रस्तुति गर्ने छन् । यो कार्यक्रममा भाग लिन स्विजरल्याण्ड, फ्रान्स, जर्मनी, बेल्जियमबाटपनि मानिसहरु आउँदै छन् । नेपालको ह्यापिनेश फाउन्डेशनसित मिलेर सौर्य तापबाट बल्ने चुलो निर्माण गरि नेपालीलाई सहयोग गर्न भनेर लागि परेको स्विस संस्थाको पनि उपस्थिति रहने छ ।






