संयुक्त अरबमा मानव तस्करी, तस्करीमा संलग्न सत्ताधारी दलकै संगठनले दियो धम्की

&NCS_modified=20130820162623&MaxW=640&imageVersion=default&AR-301309962

संयुक्त अरब इमिरेट्समा सत्ताधारी दल एमालेकै भात्रि संगठनले मानव तस्करी गरेको खुलेको छ । यसका बारेमा छानबिन गर्न बनेको समितिले गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) लाई दिएको रिपोर्टमै त्यो उल्लेख छ । अरबमा कलाकारका नाममा सांस्क्रितिक कार्यक्रम गर्ने भन्दै मानव तस्करी गर्न थालेपछि पिडितहरुलेनै दुतावास र त्यहाँका एन आर एन ए लगायत अन्य संस्थामा गएर उजुरी दिएका थिए । यसरि उजुरी पर्न थालेपछि एन आर एन एले त्यसको छानबिन र अनुसन्धान गरेको थियो । त्यो अनुसन्धानबाट एमालेको भातृ संस्था प्रबासी नेपाली मञ्च मातहतको युवा संघको हात रहेको खुलासा भएको हो ।

एमालेको भात्रि संगठनले कलाकारहरुको नाममा कहिल्यै कलाकारिता नगरेका र सांस्क्रितिक कार्यक्रमका नाममा ल्याएकाहरुलाई मञ्चमासमेत नलगि बिभिन्न रोजगारी दिने नाममा नेपालबाट अरब लगेको हो । एक जनाबाट डेढ लाखदेखि तिन लाखसम्म असुलेर तिनलाई बिचल्ली पारेकोपनि दुतावासका कर्मचारीले एन आर एन एको अनुसन्धान टोलीसमक्ष बताएका छन् । बिचल्लीमा परेपछि केहि युवतीहरु बायोडाटा लिएर दुतावासम्म जागिर खोजिदिन आग्रह गर्दै पुगेका थिए । यो मानव तस्करीको बारेमा सार्वजनिक गर्न थालेपछि तस्करीमा संलग्नहरुले टोलीकै सदस्यहरुलाईपनि कारवाहीको धम्की दिएको रिपोर्टमा उल्लेख छ । एन आर एनमा बुझाईएको त्यो रिपोर्ट नेपालप्लसले फेला पारेको छ ।

युवतीहरु आफैंले यु ए ईको नेपाली दुतावासमा गएर आफूहरु ठगिएको भन्दै उजुरी दिएका थिए । एन आर एन केन्द्रिय तहमापनि त्यसको जानकारी र कारवाहीकालागि आग्रह गरिएको थियो । तर एन आर एन केन्द्रले त्यसमा कुनै चासो नराखेको रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार बरु त्यहाँका अध्यक्ष र युवा संयोजकलाई धम्कि दिईएको छ । खासगरि त्यो धम्की युवतीहरुलाई दुतावासले न्याय दिने बचन दिएपछि आएको हो ।

यसको छानबिन गर्न एन आर एन ए साउदीका पूर्व अध्यक्ष धरम केसीलाई दिईएको थियो । उनले यो मानव तस्करीमा कतै सत्ताधारी दलकै भात्रि संगठनको हात रहेकाले एन आर एन ए आइसिसि चुपचाप बसेको त हैन भन्दै प्रश्न उठाएका छन् । उनको रिपोर्ट भनिएको छ “यो घडीमा हामीले आइसिसीबाट तत्काल ठोस कदमको अपेक्षा राख्दै घटनाबारे जानकारी गरायौं तर आइसिसीले कुनै कदम चालेन । के आइसिसी कुनै पार्टीबाट निर्देशित या त्यसको प्रभावमा रहेकाले नाजबाफ बनेको हो ? किनकी यस प्रकरणमा सत्ताधारी दलको भातृ संस्था मुछिएको अवस्था छ । हामीलाइ यो केशको उठान गरेबापत, त्यो पार्टीको बदनाम गरेको भन्दै युएइको कोर्टमा लाने धम्की छ ।”

एमालेको भात्रि संगठन प्रवाशी नेपाली मञ्चको यो मानव तस्करीमा सिधा हात रहेको यु एईकै नेपाली राजदूत धनन्जय झालेपनि स्पष्ठसित उल्लेख गरेका छन् । रिपोर्टमा झाले बताएअनुसार कार्यक्रमका नाममा झुटो आस्वाशन दिएर ल्याएका मध्ये दुई जना युवतीहरु उजुरी दिन दुतावासनै पुगेका छन् । उनीहरुले आफ्नो रकम फिर्ता उठाइदिन दुतावाससमक्ष आग्रह गरेका छन् ।

पिडितहरुको निबेदन परेपछि दुतावासले कार्यक्रम आयोजकलाई सोधपुछ गरेको थियो । दुतावासले सोधपुछ गर्दा आयोजक प्रवाशी नेपाली मञ्चका सिफारिसकर्ता समिम खानले राजदूतलाई “तपाई हिन्दु राजदूत, म मुश्लिम भएकाले हेपेको, भेदभाव गरेको ?” भन्ने जवाफ दिएका थिए । त्यसपछि राजदूत झाले समिम खानलाई “तपाइले गल्ती स्वीकार नगरी यस्ता कुरा गर्ने हो भने म पनि तपाइलाइ मुश्लिम आतंकवादी मान्दै डिपोर्टु गर्नसक्छु” भन्ने जवाफ दिएका थिए ।

राजदूत झाका अनुसार तस्करहरुले १० जनामध्ये ४ जना मात्र कलाकार ल्याएका थिए । एक जनाका परिवार र अरू ५ जनालाइ बिशुद्ध रोजगार दिलाइदिने प्रलोभनमै रकम असुलेर युएइ ल्याएका थिए । झाले समितिलाई दिएको जफावमा एन आरएनमापनि राजनिति हावी भएको उल्लेख छ । उनले भनेका छन् “नेपाल सरकारको कानून र दर्ता मुताविक प्रबासमा एनआरएनए मात्रै बैध संस्था हो । त्यसैले यस्ता कार्यक्रम गर्ने स्वीकृति एनआरएनएलार्इ मात्रै दिइनुपर्दछ । तर एनआरएनए भने राजनीतिले बिकृत हुंदै गएको देखेको छु । यो संस्था दलिय राजनीतिबाट माथि उठ्न सक्नुपर्दछ ।”

यो रिपोर्ट सार्वजनिक भएपछि एन आर एन एका महा सचिव डा बद्री केसीले कारवाही गर्ने आश्वाशन दिएका छन् । उनले एन आर एन एका उच्च पदाधिकारीहरुलाई लेखेको ईमेलमा ‘आफूहरुले यस्ता मानव तस्करहरुलाई कारवाही गर्न सबै उपाय अबलम्बन गर्ने’ बताएका छन् । उनले ईमेलमा यस्तो काम गर्ने तस्करहरुका बिरुद्द नेपाल सरकारको बैदेशिक रोजगार बिभाग, परराष्ट्र मनत्रालय, एन आर एन ए आ इसिसि र प्रहरी अनुसन्धान केन्द्रमापनि यो विषयको जानकारि गराउने आश्वाशन दिएका हुन् ।

नेपालप्लसले प्राप्त गरेको पुरा रिपोर्ट हेर्नुस्

युएइ कलाकार तस्करी प्रकरण

कसको भनाइ के ?

एनआरएनए

एनसिसी युएइ अध्यक्ष सुदिप कार्कीको इमेलबाट

युएइमा देखा परेको बिकृतिका बारेमा हामीले ठूलै जोखिम, अथक र जुझारूतापुर्बक उठाएको यो संवेदनशिल केशमा आइसिसीबाट आशातित रेस्पोन्स र सहयोग पाउन नसकेकोमा असन्तुष्टी ब्यक्त गर्दछौ । हामीलार्इ प्राप्त धम्की र हाम्रा बिरूद्ध फैलाइएका भ्रम र दुश्प्रचारबाट हामीमा कुनै डर या बिचलन आएको छैन, परन्तु हामी युएइकै कानूनमा बांधिएका छौं ।

बिषय एमालेको भातृ संस्था प्रबासी नेपाली मञ्च मातहतको युवा संघको आयोजनामा हालै भएको सांस्कृतिक कार्यक्रम बारेको हो जसमा आयोजकले गलत मनसाय राख्दै जनही रू। डेढ लाख देखि तिन लाख सम्म असुल्दै साधारण नेपाली युवतिहरूलार्इ गायिका र नृत्यकार भन्दै कलाकारका रूप भिषामा युएइ भित्राए, हामीले ती युवतिहरूलार्इ भेट्यौं, सम्वाद गर्यौं ९सम्वादका अडियो भिडियो रेकर्डहरू हामीसंग सुरक्षित छन, यिनीहरू युएर्इमा जब खोज्न र काम गर्न नै आएका थिए । दूतावासमा यी युवतिहरूबाट उजुरी नै परेपछि यिनीहरूलार्इ दूतावासले न्याय दिने बचन दिएको छ । तर यसै बिच हाम्रा अध्यक्ष र युवा संयोजकलार्इ धम्की दिइएको छ । यो घडीमा हामीले आइसिसीबाट तत्काल ठोस कदमको अपेक्षा राख्दै घटनाबारे जानकारी गरायौं तर आइसिसीले कुनै कदम चालेन १ के आइसिसी कुनै पार्टीबाट निर्देशित या त्यसको प्रभावमा रहेकाले नाजबाफ बनेको होरु किनकी यस प्रकरणमा सत्ताधारी दलको भातृ संस्था मुछिएको अवस्था छ । हामीलार्इ यो केशको उठान गरे बापत, त्यो पार्टीको बदनाम गरेको भन्दै युएर्इको कोर्टमा लाने धम्की छ, बिशेषतः हाम्रो संस्था युएर्इमा दर्ता नभएकै कारणबाट, हामी र हाम्रा गतिबिधीलार्इ अबैध मान्दै त्यसो गर्ने धम्की छ ।

यदि आइसिसीको यस्तै रबैया हो भने युएर्इमा एनआरएनएको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा हुनेछ र हामी पनि यस संस्थाप्रतिको आबद्धताबारे पुनर्बिचार गर्न बाद्य हुनेछौ किनकि हामी संधै केवल खेलौना (पपेट) बनिरहन सक्दैनौं ।

गोपाल कंडेल, आइसिसी सदस्य, युएइ

एनसिसी युएइको भनाइ नै मेरो पनि भनाइ हो ।

डिबी क्षेत्री, मध्यपूर्ब संयोजक, आइसिसी एनसिसी युएर्इलार्इ लेखिएको जबाफी इमेलबाट

अफिस बियररको नाताले मैले यो बिषय आइसिसीमा उठाएको छु, बिषय आफैमा संवेदनशिल छ, यसलार्इ तार्किक निश्कर्षमा पुर्याउने नै छौं । तपार्इहरूले ९एनसिसी युएर्इ० लार्इ दिइएको धम्किबारे दूतावासमा जानकारी गराइसक्नुभएकाले अब त्यो दूतावासको पनि जिम्मेवारी बन्नेछ, आइसिसीले पनि आवश्यक भूमिका खेल्ने नै छ ।

 नेपाली दूतावास, अबुधावी, युएर्इ

धनञ्जय झा, राजदूत

हामीले केहीलार्इ रोक्न खोजेका थियौं तर आयोजक, निवेदकले जिद्धी गरे । वास्तवमा राष्ट्रिय स्तरका कलाकारलार्इ नेपालको अध्यागमनले पनि चिन्छन, तिनलार्इ दूतावासको सिफारिस नै नचाहिनुपर्ने हो, तर राजेश हमालले समेत दूतावासको सिफारिसरस्वीकृति बिना जान्नू भनेछन / अब स्कुल कलेजका कार्यक्रममा गाएका, नाचेका, तिजमा गाउने नाच्ने जति सबैलार्इ ुकलाकारु भन्ने हो भने, कसलार्इ रोक्नेरु अहिले दैनिक ५, ६ वटा फ्लाइटबाट सिधै युएर्इमा आउंछन दैनिक ५०(६० नेपाली भिजिटमा, भिजिटमा जो पनि आउनसक्छन, एनआरएनएले नै कहिले भिजिटमा आउन रोक्नुपर्यो, कहिले रोक्नुहुन्न भन्छ १ सांस्कृतिक कार्यक्रमका लागि स्वीकृति दिने युएइकै छुट्टै निकाय छ, त्यसको स्वीकृति लिएर कार्यक्रम गरे भयो, हामीले गुनासो आए सुन्ने हो, यसपटक २ जना युवतिहरूले दूतावासमै आएर निवेदन दिएका छन, उनीहरूले तिरेको रकम फिर्ता मागेका छन । यो निवेदन आएपछि हामीले आयोजकलार्इ पनि सोध्यौं, यिनीहरूलार्इ कलाकार भन्दै सिफारिस माग्ने समिम खानले उल्टै तपाइ हिन्दु राजदूत, म मुश्लिम भएकाले हेपेको, भेदभाव गरेको ? भने पछि मैले पनि तपाइले गल्ती स्वीकार नगरी यस्ता कुरा गर्ने हो भने म पनि तपार्इलार्इ मुश्लिम आतंकवादी मान्दै डिपोर्टु गर्नसक्छु भनिदिएं । यिनीहरूले वास्तवमै १० जनामध्ये ४ जना मात्र कलाकार, १ जनाका परिवार र अरू ५ जनालार्इ बिशुद्ध रोजगार दिलाइदिने प्रलोभनमै रकम असुलेर युएर्इ ल्याएका रहेछन १ यस प्रकरणमा हाम्रो जानकारीमा आएका सबै कुराहरू लेखेर पठाएका छौं ।

नेपाल सरकारको कानून र दर्ता मुताविक प्रबासमा एनआरएनए मात्रै बैध संस्था हो, यसैले यस्ता कार्यक्रम गर्ने स्वीकृति एनआरएनएलार्इ मात्रै दिइनुपर्दछ, तर एनआरएनए भने राजनीतिले बिकृत हुंदै गएको देखेको छु, यो संस्था दलिय राजनीतिबाट माथि उठ्न सक्नुपर्दछ । यहांको एनआरएनएलार्इ युएर्इ सरकारको मान्यता दिलाउन लेखि पठाएका छौं, एनआरएनएका पदाधिकारीहरूलार्इ आर्थिक बाहेकु का काममा दुतावासलार्इ सघाउने गरी पटके अख्तियारी पत्रु दिने गरेका छौं ।

नेत्र टण्डन, नियोग उपप्रमुख

को कलाकार हुन, को होइनन, छुट्याउन गाह्रो पनि छ अचेल । दूतावास स्वयमको स्वबिवेकमा कार्बाही गर्न मिल्दैन । यो प्रकरण पछि अब आइन्दा जिल्लास्तरका संगठनलार्इ १ जना, त्यो भन्दा ठूलालार्इ २ जना र एनआरएनएलाइ चै अलि बढी कलाकार ल्याउन दिनेहोला कि भन्ने सोंच बनाउंदैछौं । साथै उनीहरूको पृष्ठभूमि, सांगठनिक क्षमता तथा प्रभावको पनि लेखाजोखा गर्न आवश्यक हुने देखेका छौं । पैसाको लेनदेनमा पनि थरिथरिका कुरा आएका छन, पीडितले दूतावासमा आएरै रू। ३ लाख तिरेको बताए, निवेदनमै लेखे, तर अर्कोतिर तिनैले आयोजकलार्इ रू। १० हजार मात्र तिरेको भनी ल्याप्चे अंगुठा छाप समेत लगाएका छन रे, फेरि पैसा लिने ब्यक्ती पूर्ण लामा नेपालमै छन, उनले मोबाइल बन्द गरी सम्पर्कमै नआउन सक्छन, त्यो अवस्थामा कोबाट रकम फिर्ता लिनेरु कार्बाही नै गराउने हो र तिरेको रकम फिर्ता लिने हो भने पनि पीडितहरू पहिला नेपाल फर्किनुपर्छ । कमसेकम प्रहरीले आफ्नो संयन्त्र र सञ्जाल प्रयोग गरी खोजतलास गर्नसक्छ, हामी दूतावासले नै त्यो सब गर्न सक्दैनौं ।

सेप्टेम्बर २०१५ मा संशोधित युएर्इको कानूनले नै भिजिट भिषामा युएर्इ आएर युएर्इबाट नबाहिरिएरै यही भिषा परिवर्तन गरी बैध कामदार बन्न सकिने प्रावधान पछि भिजिटमा आउनेको संख्या बढेको छ, पहिला युएर्इबाट बाहिरिएर पछि फर्केपछि मात्रै त्यस्तो भिषा पाउनसक्ने प्रावधान थियो । यहां सोंचेजस्तो जागिर पाउन भने सजिलो छैन । धेरै बिचल्लीमा परेका छन र यसले बिकृतिको स्वरूप लिंदैछ ।

भेष बहादुर कार्की, कन्सुलर, लेबर

रू १०,००० भन्दा बढी तिरेर बिदेश काम गर्न आउने सबै अबैध हुन र ठगिएका हुन ।

 हिरा यादव, श्रम सहचारी

कलाकारको भिषामा आएकी युवतिले जागिर खोजिदिनुपर्यो भन्दै मलारइ पनि सिभी बायोडाट० पठाएकि छिन । बिभिन्न स्वरूपमा मानव तस्करी बढ्दो छ युएर्इमा । हिंजो मात्रै प्रेम पाण्डेयले एसएलसी पनि पास नगरेका ५०, ६० जनालाइ २,५०० दिराम तलब दिलाउंछु भनी ल्याएर आखिर कसैलार्इ पन जब दिलाउन नसकी अलपत्र पारेका छन, एनआरएनएले ति एजेण्टलार्इ खोजेर दूतावास ल्याइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ ।

नेपाली समाज युएइ

चन्द्र प्रसाद सापकोटा, अध्यक्ष

गलतलार्इ गलत भन्न र त्यसको बिरोध गर्न सक्नुपर्छ, त्यसलार्इ सुधार्ने कर्तब्य पनि हामी सबैको हो, नेपाली समाजले यो समस्या हल गर्न एक चरणको प्रयास गरिसकेको छ, यसको जानकार सबै छन, कति भागबण्डामा पनि छन, यहां आइसकेपछि रू। १० हजार मात्र लिएको भनि कागज गराइएको छ। उता परिवारजनलार्इ पनि एक खालको टर्चर दिइएको छ । हामी यस प्रकारणमा नेपाल सरकार तथा यहांको नेपाली दूतावासले के कस्तो कार्बाही गर्छरु त्यो हेर्न पर्खिबसेका छौं ।

आयोजक

समिम खान, संयोजक क्रियटिभ युथ ग्रुप तथा अल कुज युवा संघ

कार्यक्रमको आयोजक क्रियटिभ ग्रुप नै हो, तर भिषा माग्दा क्रियटिभलाइ चिन्दैनौं भनिएपछि युवासंघको सहयोग मागेका हौं, प्र।रा।यु।संघ यस कार्यक्रमको सपोर्टरका रूपमा रहेकै हो, प्ररायुसंघको लोगो हामीले कार्यक्रमको ब्यानरमा प्रयोग गरेकै हौं । महेश गिरी युवा संघको इञ्चार्ज हुनुहुन्थ्यो, वहांले नै हामीलार्इ कलाकारहरूको भिषा निकाल्न सहयोग गर्नुभएको हो । सरकारी स्वीकृति निकाल्न जनही १,८०० दिराम सरकारी दस्तुर नै तिर्नुपर्छ, खर्च कम गर्न नै हामीले केही ख्यातिप्राप्त चिर परिचित कलाकारकै समेत स्वीकृति लिएनौं ।

कार्यक्रममा कसैसंग पनि हामीले रकम लिएका छैनौं, यदि लिएको प्रमाण कसैसंग छ भने फिर्ता दिलाउन म पनि सहयोग गर्छु, पुर्ण लामाले समेत कुनै रकम नलिएको जनाउनुभएको छ, वहां मकवानपुर समाजको युएर्इ अध्यक्ष हुनुहुन्थ्यो र फेरी युएर्इ नै आउंदै हुनुहुन्छ ।

युवाहरूलार्इ कृयाशिल बनाउने, संस्थामा जोड्ने र यहांको श्रमिक समाजलार्इ मनोरञ्जन दिने कार्यक्रमका उद्येश्य थिए, यस्तो कार्यक्रम ३ पटक गर्यौं, अब भने गर्न नसकिने भइयो, समाजमा नाम बदनाम जो गरिदिए । खासगरी रमेश श्रेष्ठ र प्रबिणकाजी श्रेष्ठले ब्यक्तिगत रिशर्इबी साध्न राजनीति गर्नुभयो, एनआरएनए जस्तो प्रतिष्ठित सामाजिक संस्थामा बसेर यति धेरै राजनीति गर्नुहुंदैनथियो, आखिर एनआरएनएको सदस्य म पनि हुं ।

सपोर्टर

महेश गिरी, उपाध्यक्ष, प्रबासी नेपाली मञ्च, युएइ

म दुर्इ बर्ष यता दूतावासमा स्वयमसेवकका रूपमा काम गर्दै आएको ब्यक्ति हुं । म त्यो कार्यक्रमको आयोजक होइन, क्रियटिभ ग्रुपका संयोजक समिम खान युवासंघमा पनि रहेकाले मैले सिफारिस सम्म गरिदिएको हुं । क्रियटिभलाइ नचिन्ने भन्दै उनले पनि युवासंघ कै नाम प्रयोग गरे । यहां अरू केही भएको होइन, एनआरएनए एउटा सामाजिक संस्था हो तर यहां एनआरएनएको खोल ओढेर अलि बढी राजनीति भयो । मैले हिंजोका दिनमा दलाल फटाहाहरूको बिरोध गरेकाले यसपटक मैले सिफारिस गरेकै आधारमा मेरो नाम आएपछि अब यसलाइ सक्नुपर्छू भनी केही ब्यक्तिहरू लागेका छन । मेरो नाम जताततै देखें तर मलार्इ यस बिषयमा अहिलेसम्म न कुनै पत्रकारले न त एनआरएनएले नै एक शब्द सोधे, तपार्इ नै मसंग सोधपुछ गर्ने पहिलो ब्यक्ति हुनुहुन्छ ।

अब आइन्दा कुनैपनि कलाकार ल्याउनका लागि दूतावासले सिफारिस नै दिनुहुंदैन, सांच्चिकै राष्ट्रिय कलाकार त त्यसै पनि आइहाल्छन युएइमा ।

राजनैतिक बैचारिक संगठनहरू

चित्र केसी, अध्यक्ष, नेपाली जन सम्पर्क समिति, युएइ

बदमासी त भएकै छ । १० मा ४ कलाकार र अरू ६ फेक परेका छन, जो स्टेजमा प्रबेशै गरेनन । संस्थाले बदमासी गरे । अहिलेसम्म १० जना कलाकार कसैले ल्याएकै थिएनन, दूतावासले पनि सोधपुछ गर्नुपर्नेथियो । नेपालीले नेपालीलार्इ ठग्ने काम भएको छ । क्रियटिभ युएर्इमा कृयाशिल संस्था नै होइन, मैले पहिलो पटक सुने यो नाम । जो जो जे जे नाममा संलग्न देखिएका छन, ती सबैलार्इ कार्बाही गर्नुपर्छ । पीडित स्वयम दूतावास पुगेर निवेदन दिएका छन, कार्बाहीका लागि यो भन्दा ठूलो आधार अरू के चाहियो ?

अब दूतावासले नै एउटा मापदण्ड बनाउनै पर्ने भएको छ, नत्र यहां संस्था अनगिन्ति छन, जिल्लास्तर हुंदै अब त गा।बि।स।स्तरका समेत संस्था बनेकाछन, यी सबैलार्इ कार्यक्रम गर्ने रहर हुनसक्छ, यो फेसन जस्तै बनेको छ युएर्इमा, नत्र बिकृतिहरू जन्मिने छन र कुवेतमा भएको जस्तै घटना यहां युएर्इमा पनि नहोला भन्न सकिदैन । यस्ता कार्यक्रमहरूबाट युएर्इमा कुनै पनि पीडितहरूले केही पाउन पनि सकेका छैनन, उल्टो श्रमिकहरूका खल्ति रित्याउंछन, संस्थाले आफ्ना उद्येश्य पूरा गर्दैनन, मनोरञ्जन दिनु लिनु आफ्नो ठाउंमा छ तर अन्य दृष्टीमा हरेक कार्यक्रमहरू असफल देखिन्छन ।

श्याम कंडेल, अध्यक्ष, प्रबासी नेपाली मञ्च, युएइ

त्यो कार्यक्रममा कलाकार ल्याउंदा गल्ती अवश्य भएका छन तर त्यसमा प्रबासी नेपाली मञ्चलार्इ पुर्बाग्रही ढंगमा मुछिएको छ, महेश गिरी हाम्रा उपाध्यक्ष हुनुहुन्छ र समिम खान पनि युवासंघमा र हाम्रो पार्टीका सदस्य हुन, प्रबासी नेपाली मञ्चकै सदस्य चैं समिम होइनन । वहांहरूको संलग्नता नितान्त ब्यक्तिगत हो, हाम्रो संगठनमा कुनै पनि सर सल्लाह र सहमति भएकै होइन । कार्यक्रमको ब्यानरमा प्रबासी नेपाली मञ्चको नाम र लोगो प्रयोग भएको र संगठनलार्इ अनधिकृत रूपमा मुछिएको बारेमा हामीले छानबिन समिति गठन गरेका छौं, यही शुक्रबार ९८ अप्रिल०मा त्यस समितिको प्रतिवेदन आउने अपेक्षा गरेका छौं । पैसा असुलेका ब्यक्ति भनिएका पुर्ण लामाबाट रकम फिर्ता गर्न गराउन के के गर्नुपर्योरु म पनि सघाउन तयार छु । पीडित स्वयम नेपाल फर्किन नचाहे पनि परिवारजन मार्फत सम्बन्धित निकायमा उजुरी दिनसक्छन । मैले बुझेको त ती मध्ये केही पहिला पनि एअरपोर्टबाट फर्केका हुन र रोर्इ करार्इ दलाललार्इ पैसा खुवाएर सेटिङ मिलार्इ पुनः युएर्इ आएका हुन । यस प्रकरणको न्युज लेख्ने पत्रकार स्वयमले युएर्इमा हाउसमेड ल्याएका छन, अब उनले कति पैसा खाएर हाउसमेड ल्याएरु त्यसको पनि न्युज बनाए, छानबिन गरे के होला रु

हेमन्त पौडेल, अध्यक्ष, नेपाली जनप्रगतिशिल मञ्च, युएइ

कार्यक्रममा अनियमितता भएका प्रसस्तै प्रमाण अडियो भिडियोहरू सहित नै मसम्म पनि आइपुगेका छन, कलाकारहरू प्रबासी नेपाली मञ्चलार्इ प्रयोग गरेरै ल्याइएकाले, मञ्चले आलोचित हुंदै सार्बजनिक रूपमै माफी माग्नुपर्छ र दोशीहरूलार्इ संगठनलेनै कार्बाही गरेर संगठनको शाख जोगाउनुपर्छ, अन्यथा एमाले पुरै दोशी देखिनेछ । तर प्रबासी नेपाली मञ्चले उल्टो पत्रकारलार्इ नै दोश दिएर झारा टार्ने खालको प्रेश बिज्ञप्ती निकालेको छ, यो त्यती हल्का बिषय नभर्इ मानव तस्करीकै प्रमाणित केश ९स्वरूप० हो भन्ने हाम्रो बुझार्इ छ । कलाकार भनिएकाहरू जागिर खान नै युएर्इ आएको सुस्पष्ट भैसकेको छ, जागिरकै लागि उनीहरूले मलार्इ पनि सिभी दिएका छन ।

काशी काफ्ले, अध्यक्ष, नेपाली जनप्रगतिशिल मोर्चा, युएइ

यसबारेमा हामीले बक्तब्य नै निकालेका छौं, भर्त्सना गर्दै छानबिन र कार्बाहीको माग गरिसकेका छौं । राष्ट्रिय कलाकार को हुन को होइनन, छानबिन नै नगरी हंचुवामै सिफारिस गर्नु दूतावासको पनि गल्ती हो । कलाकार बनेर आएका सबै नेपाल फर्किनुपर्यो, उनीहरूबाट असुलिएको रकम पनि फिर्ता दिनुपर्यो, अब आइन्दा यस्ता कार्यक्रम जो सुकैले आयोजना गरेपनि दूतावासले नै समाजका सबै प्रतिनिधीहरूसंग सर सल्लाह गरेर मात्रै स्वीकृति देओस ।

पत्रकार

मेघराज सापकोटा, पत्रकार, युएइ

यस्तो अनियमितता पहिले पनि भएको सुनिएकै हो, तर यसपटक मान्छे नै फेला परे, यस प्रकरणमा दूतावास पनि चुकेको छ, कसैले फेमिली ल्याउन लाग्दा दश प्रश्न गर्ने दूतावासले यतिका लेडिजलार्इ ल्याउंदा किन केही सोधपुछ गरेनरु मिडियामा भएकै काम कुराहरू लेखिएका छन । दुबइ शारजहांमा जब खोज्दै गरेका ती कलाकारहरू भनिएका बहिनीहरू भेटिएपछि लहरो तानिदै जांदा थप कुराहरू पनि खुल्दै आए, ती ५ जनाले स्टेजमा कुनैपनि प्रस्तुती नै दिएनन । दुबइको सम्बन्धित सरकारी निकायबाट स्वीकृति लिएका कलाकारहरूलाइ मात्र दूतावासले पनि सिफारिस दिनुपर्दछ, अन्य जो कोहीलार्इ होइन ।

यस प्रकरणमा समाचार तथा लेख नै लेख्नुभएका युएइका पत्रकारहरूः उमाकान्त पाण्डेय र निमेश गिरी साथै निमकान्त पाण्डेयले पनि महत्वपूर्ण जानकारी उपलब्ध राइ अध्ययन तथा छानबिनमा मदत गर्नुभएको थियो भने कान्तिपुर कतारका होम कार्कीले केही जानकारी शेयर गर्नुभएको थियो

त्रिलोचन कोइराला, अध्यक्ष, पत्रकार महासंघ, युएइ

मिडियामा समाचार प्रमाण सहित आएका छन, गल्ति गर्ने सबैले सजाय पाउनु पर्छ ।

सारांश / निचोड

यस प्रकरणमा गल्ती र अनियमितता भयो, यो अनियमितता पहिलो नहोला, तर यसलाइ अन्तिमु बनाउन केही ठोस कदम चाल्नै पर्दछ ।

बिश्लेषण

कार्यक्रममा भएका अनियमितता यस पटक बाहिर आए । घटनालाइ राजनीतिकरण गर्दै केही पुर्बाग्रह र अनावश्यक ढाकछोप साथै बचाउका चेष्टा पनि देखिए । कार्यक्रमको ब्यानरमा नै क्गउउयचतभम दथ भन्दै प्रबासी नेपाली युवा संघ, युएर्इको लोगो नै प्रयोग गरिएको छ तर बदनामीको डरले अहिले उक्त संलग्नतालार्इ नकार्न या न्युनिकरण गर्न खोजिएको छ । कार्यक्रमका आयोजक तथा संयोजकले मसंगको सम्वादमा कार्यक्रमको उद्येश्य मनोरञ्जन प्रदानगर्ने त भने तर संगसंगै नेपाली कला र संस्कृतिको जगेर्ना र प्रबर्द्धन गर्ने भन्न सकेनन ।   ुभ्यालेन्टाइन नाइट अनि त्यसमा बजेका ९गाइएका० पप गितहरू हाम्रो नेपालका मौलिक पर्ब, कला र संस्कृति हुन या होइनन रु अनि हरेक पटक घाटा नै भैरहंदा भनिदापनि पटक पटक एउटै आयोजकले कार्यक्रम किन दोहोर्यार्इरहन्छन त रु कला र संस्कृतिको ब्यापारिकरण नै गर्ने हो भने ब्यापारिक प्रतिष्ठानलार्इ नै यो जिम्मा किन नदिनेरु जस्तो कि कानूनले इजाजत दिने मुलुकहरूमा डान्सबारहरू, गजल रेष्टुरेण्टहरू खुलेकै चलेकै हुन्छन, सिनेमा हलमा गएर पनि मनोरञ्जन लिन सकिन्छ । तर सामाजिक संस्था नै आयोजक बनेपछि, सिंगो समाज नै परिचालन भए पछि, समाजले पनि केही पाउनुपर्दछ, जस्तो कि सन २०१० मा एनआरएनए साउदीले गरेको सांस्कृतिक कार्यक्रमबाट बचेको रकमबाट महिला उद्धार कोषू नै खडा भयो र हाल सम्म ४४ जना पीडित महिलाहरूको उद्धार गर्दै स्वदेश फिर्तिको हवार्इ टिकट काटेर पनि कोष अझै जिवतै छ थप पीडितहरूको उद्धार गर्न ।

सिफारिस

१- असुलेको रकम फिर्ता गर्नु गराउनुपर्दछ । जसरी म्यानपावरहरूले कामदारहरूबाट लाख लाख असुलेर सो को रसिद दिएका हुंदैनन, दिए पनि रू। १० हजारको मात्र दिन्छन, ठिक त्यही ढंग र शैलीमा यसमा पनि रकमको लेनदेन भएको तर रसिद भने नदिएको बुझिन्छ, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाले यसको जांचबुझ र आवश्यक कार्बाही गरोस, नेपाली दूतावास युएइ र अन्य सम्बन्धित सरकारी निकायहरूले यसमा आवश्यक सहयोग र समन्वय गरून ।

२- यस प्रकरणका लगभग सबै पहलुहरू सुस्पष्ट खुलिसकेको बर्तमान परिप्रेक्षमा को कति दोशी या कस कसबाट के कस्ता गल्ती या कमजोरी रहे भनी धेरैले ठहर गरिसकेको हुंदा इमान्दारितापुर्बक सार्वजनिक रूपमै आत्मालोचित हुंदा नै बहुसंख्यक जनसमुदायको नजरमा उचित मानिने छ । आरोप प्रत्यारोप तथा आग्रह पुर्बाग्रह राख्नु ब्यर्थ छ, घटनाको अनावश्यक राजनीतिकरण गर्नु या धाक धम्की दिनु त झनै गलत हो ।

३- अब त एउटा मापदण्ड नबनार्इ हुंदैन । भिषा या कार्यक्रम नै रोक्ने होइन, उत्पन्न बिकृति र अनियमितता चैं रोक्न सक्नुपर्दछ । दूतावासले नेपाली समुदायका प्रतिनिधीहरूको एउटा साझा संयन्त्र नै बनाउन सक्छ, जसले कार्यक्रम गर्नु अघि नै कार्यक्रमका उद्येश्यहरू, कलाकारहरू र आयोजना तथा अर्थ ब्यवस्थापनसंग जोडिएका सबै पक्षहरूको शुक्ष्म अध्ययन गरी एउटा सहमति र अनुमोदन दिन सकोस ।

४- दूतावासले सिफारिस दिंदा प्राथमिकतामा एनआरएनए लगायतका बिशुद्ध सामाजिक संस्था नै हुनुपर्दछ जसले कार्यक्रमबाट समाज कल्याण तथा परोपकारका लागि पनि केही योगदान दिनसक्ने सुनिश्चितता, भरपर्दो प्रतिबद्धता दिन सकून ।

५- यस प्रकरणबाट युएइको नेपाली समाजका केही हिस्सामा उत्पन्न केही कटुता आपसमा बसेरै मिलाउनुपर्दछ, आवश्यक परे दूतावासले त्यसको संयोजन र समन्वय गर्नुपर्दछ ।

धरम के सी

संयोजक

बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समिति

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद

तपाइँको प्रतिक्रिया