अबबाट पाइन्छ क्यानडामा आत्महत्या गर्न
जिन्दगीका सबै आशा, भरोसा सक्किएपछि के गर्ने ? जिउनै मन छैन जिवन । यो गोलार्धनै ब्यर्थमा लाग्छ । आफन्त भन्नेनै कोहि हुन्न । सारा संसार अन्धाकर र र त्यसपछि बित्रिष्णा लागेपछि मर्न नपाइने ? आफूलाई जिउन मनै छैन । यो संसारमा टिक्न, रहन, देखिनै मन नलाग्दापनि आफ्नो ज्यानको निर्णय गर्न नपाउनु ? तर पाइन्न धेरै मुलुकमा । क्यानडामा भने अबबाट आत्महत्या गर्न पाइने कानुन बन्ने भएको छ । क्यानेडेली प्रधानमन्त्रीले आत्महत्या गर्न पाउने कानुन प्रस्ताव गरेका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुदोले आत्महत्या गर्न पाउने अधिकारसहितको कानुन पारिसकालागि संसदमा पेश गरेका छन् । यो कानुन त्यहाँको संसदले पारिद गरेमा अब क्यानडामापनि आत्महत्या गर्न पाउने अधिकार स्थापित हुने छ ।
तर उनको प्रस्तावमा जसलाई मन लाग्यो उसले आत्महत्या गर्न पाइहाल्ने अधिकार भने प्रस्ताव गरिएको होइन । कुनै ब्यक्ति अति बिरामी भयो । दिर्घालिन रोगले सतायो । उ सधैं कसैको हेरचाह, निगरानी र सहयोगमा मात्रै बाँच्नुपर्ने भयो । सहन नसक्ने दुखाइ, अति पीडादायक अवस्थामा लामोसमयसम्म थलिनुपर्यो । उनका आफन्तलाईस् आस्ति भयो । बिरामीले दिर्घकालिन औषधी लिएर, कसैको सहारामामात्रै बाँच्नुपर्ने अवस्था आयो । उसलाई यो संसारदेखिनै बिरक्त लाग्यो र कुनै हालतमा बाँच्न चाहन्न । बरु आफू बाँच्दा सदा आफन्तलाई पीडा दिएको महसुसले ऊ झन निराश हुन्छ भने उसले विशेष अवस्थामा आत्महत्या गर्न पाउँछ ।
तर त्यस्तो अवस्थामापनि बिरामीलाई आत्महत्या गर्न पाउने वा नपाउने सिफारिस उसको चिकित्शकले गर्नुपर्छ । संवन्धित विरामीको चिकित्शकले एक्लै त्यो निर्णय दिन पाउने अधिकार हुन्न । उसले फेरि विरामीको रोगसित संवन्धित अन्य दुई जना विशेषज्ञ कहाँ सिफारिस गर्नुपर्छ । ति दुई चिकित्शकलेपनि सिफारिस दिएमा बीरामीका आफन्तले फेरि अन्तिम स्विक्रिति दिनुपर्छ । त्यसपछि बल्ल उसले आत्महत्या गर्न पाउँछ । उसको लागि मरण कसरि सहज हुन्छ भनेर चिकित्शकसित सल्लाह गरेर निर्णय गरिन्छ ।
यस अघि विशेष अवस्थामा आत्महत्या गर्न पाइने मुलुकहरुमा जर्मनी, स्विजरल्याण्ड, नेदरल्याण्ड्स र बेल्जियम छन् । अमेरिकाका केहि प्रान्तमापनि यो अधिकार छ ।





