नेपाली दूतावास नबनोस् भूकम्प पिडितको रकम लुकाउने थलो
शशी थापा सुब्बा / बेलायत
भूकम्प पिड़ीतको नाममा उठाएको रकम कसैगरिपनि पचाउन नसकेपछि राजदुतावासमा लगेर बुझाईएको छ । उठाएकोजति रकम बुझाइएकोपनि छैन । बरु खुसुक्क लुकाइएको छ । रकम लुकाएर ठूलो काम गरेझैं गरि पत्रिकामा नाम छपाउने कम गरिएको छ । त्यसरि रकम लुकाउँदा बेलायतस्थित नेपाली दूतावासको चौतारी रोजिएको छ ।
(सहयोग रकम बुझ्दै नेपाली दूतावास लन्डनका थर्डसेक्रेटरी बाबुकाजी डंगोल, बिचमा, रोसना गुरुङ दाहिने र रकम हस्तान्तरण गर्न पुगेका लन्डन यूनाइटेडको प्रतिनिधी रजिन्धर सिहं राय नेपाली दूतावास लन्डनमा)
२०१५ सेप्टेम्बर महिनाको १८ देखि होम्स फर हुम्यानिटी संस्थाले आयोजना गरेको च्यारीटी कार्यक्रमहरू मध्येको एक कार्यक्रम हंस्लो हिथ बस ग्यारेज हो । यसमा १२ अक्टोबरको दिन एउटा र अर्को ग्यारेजमा त्यस्को एकहप्ता पछि गरेर जम्मा दुई दिन च्यारिटी लञ्चको आयोजना रोसना गुरूङको बिषेश सहयोगमा गरिएको थियो ! उक्त कार्यक्रममा राफल बाट नौ सय पाउण्ड उठ्यो । खाना बेचेर जम्मा एकहजार एक सय पाउण्ड उठाइयो । त्यस्तै, रोसना कै श्रीमानले नेपाली रू एक लाख पच्चीस हजार दिने बचन दिए । त्योसहित जम्मा नेपाली चारलाख सत्तरी हजार छसय पनि रोसना गुरूङले नै राखेकी थिईन ।
पछि सो रकम बि सी फाउण्डेशन (जस्ले भूकम्प पिड़ीतहरूको १,००० घरहरू निर्माण गरीरहेको छ ) मा पठाउने निर्णय भयो । रोसना गुरूङसंग उक्त संस्थाकी सदस्य बबी लामालाई रोसनाले आफ्नो पैसा नेपालमै भएको र सो बराबरको रकम नेपाल मै हात लगाई दिने सर्तमा आफूले तातो पानीको बोईलर जड़ान गर्नुपर्ने अवश्यकता देखाएर सो रकम चलाउने अनुमती मागिन । बबीले तत्कालै उक्त संस्थाकी कार्यक्रम संयोजक लक्ष्मी राई (लारा) लाई बताउँदा उनकै सहयोगमा उठेको रकम न हो भनेर नेपालमा चेक लिने गरी सल्लाह गरेर पाउन्ड चाहिँ बेलायतमै दिने अनुमती दिईन ।
त्यसपछि जब उठेका रकमहरू जम्मा गरी नेपालमा बि सी फाउण्डेशनमा बुझाउनुजाने निर्णय भयो तब बबी लामाले सो रकम बराबरको चेक नेपालमा दिने बारे कुरो उठाउँदा अलिक ढिलासुस्ती र आनाकानी गर्न थाले । बारम्बार बबी र रोसनाको बिबाद बढ्न थालेपछि बबीलाई धोका भएको शंकालाग्यो । आफूहरू संग भएको अन्य रकम नेपाली रू पाँचलाख साठी हजार बुझाउन लक्ष्मी राई र बबी लामा नेपाल गएर रकम बुझाए । त्यसपछिपनि रोसना संग बारम्बार सो पैसाको ताकेदा गर्न थाले । किनकी होम्स फार हुम्यानिटीको लक्क्ध्य अनुरूप नै पैसा बुझाउनलाई रोसनाको साथमा भएको पैसाले मात्र पूरा हुने थियो जस्मा नेपाली रू दश लाख बुझाउने निर्णय अनुसार नै रोसनाको पैसा लिन खोज्दा आफूलाई तिमीहरूको बिस्वास नलागेको भन्दै टार्नु खोजिन् ।
अब रकम फस्नेनै भयो भन्ने भएपछि लक्ष्मी राई, बबी लामा, बिमला सेने, मात्रीका पौड़्याल, राजेन्द्र भट्ट साथै म शशीथापा सुब्बासमेत होम्स फार हुम्यानिटीका संदस्यहरूको साथै रोसना गुरूङलाई पनि जोड़ेर एउटा भाईबर समूह खड़ा गर्यौं । रोसनालाई सो पैसा भूकम्प पिड़ीतको नाममा उठाएको र जुन उदेस्यले उठाएको हो त्यसरी नै खर्च गरिनु पर्ने अनुरोध बारम्बार गरिराख्यौं। पिड़ीतको नाममा ककस्ले ठगी गरिरहेको छ नाम र संस्था सहित खुलाएर पत्रपत्रिकामा छापिदीने धम्की यही पङक्तीकारले भाईबरमा दिए पछि उक्त उठेको रकम भन्दा नेपाली रू एक लाख पचास हजार छ सय कम रकम बुझाईएको समाचार नेपाल बृटेन डट कममा सार्वजनिक भयो । (त्यो समाचार हेर्ने भए यहाँ क्लिक गर्नुहोला ।) मलाई मात्र होईन नेपाली दुताबासलाई पनि मज्जाले झुक्काएछिन उनले । तर मेरो आग्रह के भने ठगहरूको ठगी लुकाउने थलो नबनोस नेपाली दुतावास !
समाचर भित्रको अचार पनि लेखिनु पर्छ भनेर म संधै भन्ने गरेकी छु ! पत्रकार महोदयले यति त सोध्नु पर्ने होईन र ? कि यो पैसा कहिले कसरी र ककस्को मेहनतले उठेको ? कम से कम पत्रकारीताको एउटा बलियो पक्ष तिथी मिती र स्थान पनि हो है साथी हो !
(थापाको फेसबूकबाट लिएको यो सामाग्रि सामान्य सम्पादनपछि राखिएको हो । तस्विर- नेपाल ब्रिटेन डटकम)





