कविता : प्रेमको सागर

तुलसिंह नेपाली / यू ए ई
 Tulsingh-nepali
प्रेमको सागर
मरूभूमी बन्दै छ रे
प्रेमको सागर,खोला खोल्सा सुक्दै छन् रे
तराई पहाड चुरेका
सदावहार,कॉंस बनि फूल्दै छन् रे

+++++++++++++
साथै गाउने न्याउलीका जोडि,पनि आज छुटदै छन् रे
पराईसँग मुटू टाँसी,मायॉंपृती बुन्दै छन् रे
++++++++++++
आत्मिय प्रेम आजभोली,कतै घात कतै लाश पर्दै छन् रे
बचेका केहि आत्मभित्र,चितकार छर्दै छन् रे
+++++++++++
पूजा गर्ने मन मन्दिर,पनि आज ढल्दै छन् रे
पबित्र प्रेमलाई चिता बनाई,दन् दन जल्दै छन् रे
++++++++++
चारै तिर होहल्ला,साधु बस्ने ठॉंउ नै छै न रे
बिगबिगीले
नछोएको, शहर अनि गॉंउ नै छै न रे

तपाइँको प्रतिक्रिया