बेल्जियमका प्रधानमन्त्रीलाई आतंककारी हमलाको पूर्व आशंका, युरोपेली मुलुकभरि आपतकालिन बैठक
आज बेल्जियमको तिन छुट्टाछुट्टै ठाउँमा भएको आकंककारी हमलापछि युरोपभरिका मुलुकहरु त्रस्त भएका छन् । उनीहरुले आज आआफ्ना देशमा आपतकालिन बैठक बोलाएर छलफल गरेका छन् । युरुपेली परिषदकै कार्यालय रहेको देशमा हमला भएपछि आतंककारीले युरोपेली पेरिषदकै सबै देशलाई तारो बनाएर चुनौति दिएको संदेशका रुपमा युरोपी मुलुकले बुझेका छन् । त्यसैले युरोपभरिकै देशहरुले आआफ्ना देशमा बैठक बसेका हुन् । आजै युरोपेली परिषदमापनि आपतकालिन सुरक्षा बैठक बसेको छ । युरोपका मुलुकले साझा सुरक्षाकालागि कस्तो निति लिनुपर्छ भन्ने छलफल त्यहाँ भएको मेडियाहरुले जनाएका छन् । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनलेपनि आजै सुरक्षा छलफकालागि मन्त्री परिषदको बैठक डाकेका छन् ।
बेल्जियममा आक्रमण भएपछि तत्कालै युरोपका सबैजसो देशले सुरक्षा ब्यवस्थालाई कडा पारेका छन् । आजैबाट फ्रान्सका राष्ट्र्तपती फंस्वा ओलँदले थप १६ सय सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएका छन् । ति सुरक्षाकर्मी मुलत फ्रान्सले अन्य देशसितको सिमा क्षेत्र, विमानस्थल र सरकारी कार्यालयको सुरक्षामा परिचालन गर्ने छ ।
द इन्टरनेशल हेराल्ड ट्रिब्युनका अनुसार आतंककारीले बेल्जियमको तिन ठाउँमा हमला गर्दा ३४ जना मारिएका छन् । विमानस्थलका दुई ठाउँमा हमला गर्दा १४ र बिस जना मेट्रो स्टेशनमा भएको हमलामा मारिएका हुन् । एक सय जना घाइते छन् । ति मध्ये १७ जनाको अवस्था गम्भिर छ । बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिसेलले ‘आफूहरुले आतंककारीले हमला गर्छन् भन्ने अनमान गरेको प्रतिक्रिया मेडियाहरुलाई जानकारि दिएका छन् । “हामीहरुलाई आशंका थियो कि आतंककारीहरुले हाम्रो देशमा हमला गर्ने छन्, नभन्दै गरिछाडे” उनले भने ।
अन्य ठाउँमा हुन सक्ने आतंककारी हमलाका बिरुद्द ब्यापक रुपमा सुरक्षाकर्मीहरुलाई तम्तयारी राखिएको र ब्यापकरुपमा परिचालन गरिएकाले आफ्ना नागरिकहरुलाई यताउति हिँडडुल नगर्नपनि बेल्जियमका प्रधानमन्त्रीले आग्रह गरेका छन् । उनले आफ्नो ट्विटरमा आफ्ना नागरिकहरुलाई कुनै आपत पर्दा १७७१ नंबरमा फोन गर्नपनि सुझाव दिए । आफूहरुले अहिलेको घटनाका बारेमा मिनेट मिनेटमै जानकारी लिने गरेको उल्लेखपनि उनले गरेका छन् ।
फ्रान्सका राष्ट्रपती फँस्वा ओलँदले युरोपेली परिषद भएको मुलुकमा आतंककारि हमला गरिएकाले समग्र रुपमा त्यो हमला सबै युरोपेली मुलुकमाथि भएको प्रतिक्रिया दिएका छन् ।
फोटो – एपी
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक





