नेपालप्लसको समाचार अदालतबाटै प्रमाणित : एक खुट्टाले नाचेर ठग्नेका दम्पत्ती अदालतबाटै कसुर, पाँच वर्षको जेल सजायँ

roma-chiran

एक खुट्टाले नाचेर नाम र दाम कमाएकि रोमा न्यौपानेले कसरि आफ्नो पतीलाई अगाडि सारेर ठगीको ब्यापर गर्छिन् भन्ने विषयलाई नेपालप्लसले उठाउँदै आएको थियो । उनको ठगीको मुद्दा काठमाडौं जिल्ला अदालत र पुनराबेदन अदालत पुग्यो । उनका पती चिरन पोख्रेल (वास्तबिक नाम, चिरन्जिवी पोख्रेल) लाई पुनराबेदन अदाल्तले जेलको सजायँ तोकेर फैसला गरिदिएको छ । पुनराबेदन अदालतको निर्णयमा रोम न्यौपानेको नामसेम्त उल्लेख छ । तर आफूले कमाएको प्रसिद्दिलाई भजाएर योजना देखाउने, कार्यालयमा बोलाउने, करोड करोड कमाइने योजना सुनाएर सोझासाझाबाट रकम उठाउने काम रोमाले गर्थिन् । कागजी औपचारिकताकालागि भने पती चिरनको नाम उल्लेख गरेर पतीलाई अगाडि सार्थिन् । ‘म त नाच्नकालगि बिदेश गईरहनुपर्छ, तपाईहरुलाई म नहुँदा अप्ठेरो पर्छ के, त्यसैले चिरनको नाम राख्या, हामी एकै हो’ भन्दै बिश्वाश दिलाएर ठग्थिन् । तर पैसा तिर्ने बेला भने ‘म हैन तपाईहरुले चिरनसित कागज गरेकोले चिरनलाईनै भन्नुस न’ भनेर तर्किन्थिन् ।
1

2

(अदालतको लिखित निर्णय माथिका पत्र)

उनी र उनको पती चिरन पोख्रेलले भियडी नेपाल, लघुबित्त आदि नाम खोलेर झण्डै आधा दर्जन संस्थाको नामबाट ठग्दै आएका थिए । भाडामा लिएर चलाएको ठमेलस्थित डच होम (गेस्ट हाउस) लाई हाम्रै हो भन्दै त्यसमा लगानी गर्न लगाएर ठगेका थिए । (चालिस लाख लिएर अर्काको होटेल अर्कैको नाममा) तराईको सर्लाही जिल्लातिर ट्राभल एजेन्सी दर्ता गरेर ठमेलमा कार्यालय राख्ने र देशभरि जहाँपनि राख्न मिल्छ भन्दै त्यसबाटपनि ठगेका थिए ।

उनीहरुबिरुद्द प्रहरीमा उजूरी परेको थियो । प्रहरीले पक्रन खोज्दा रोमा न्यौपाने केहि समयकालागि रातारात डेरा छोडेर फरार बनेकि थिईन । अन्तत उनको खोजि गरि उनलाई पक्रेर प्रहरीले केहि समय खोरमा राखेको थियो (एक खुट्टाले नाच्ने कलाकार न्यौपाने ठगीको आरोपमा परिन प्रहरी खोरमा) । त्यसपछि उनीहरुले वकिल लगाएर धरौटीमा निस्के । उनीहरुले धेरैलाई ठगेका थिए । तर उजुरी दिने र मुद्दा दर्ता गर्नेहरुलाई गुण्डा लगाएर फोनमा र भेटेरै ज्यान लिनेसम्मको धम्की दिएका थिए । त्यसबारेपनि मुद्दा दर्ता गर्नेहरुले उल्लेख गरेका छन् । त्यसकोपनि प्रहरीले अनुसन्धान गरेको थियो । तर धेरैको धम्की आएपछि ज्यान जाने डरले केहिले उजुरी गरेनन्, अदालतमा दर्ता गर्न गएनन् । तर ठगिएका मध्ये कोहिनुर बस्नेत, धनेश्वरी रन्जित, सैसना रन्जित, रमेश श्रेष्ठले अदालतमा मुद्दा दायर गरेका थिए ।

रोमा न्यौपाने र चिरन पोखरेलका दम्पत्तीले कोहिनुर बस्नेत एक्लैबाट ३१ लाख उठाएका थिए । त्यस्तै सैसना रन्जितको एक लाख, धन्यश्वरी रन्जितको दुई लाख ५० हजार, रमेश श्रेष्ठको छ लाख गरि ४० लाख ५० हजार ठगी गरेको मुद्दा अदालतमा परेको थियो । त्यहि मुद्दामा बादी र प्रतिबादी दुबैको तर्फबाट बहस हुँदा रोमाका पती चिरन पोख्रेललाई पुनराबेदन अदालतले जेल तोकेको हो । उनीहरुले कतिसम्म कालो काम गरेका थिए भने ब्यक्तिगत रुपमा दर्ता भएको भियडी टूर्सलाई सामूहिक बनाउने भन्दै रकम ठगेका थिए ।

यि दुई ठगहरुका बिरुद्द जिल्ला अदालत काठमाडौंमापनि मुद्दा दायर छ ।

3

4

5

6

7

(माथिका प्रमाण : बादी र प्रतिबादीको बहस अदालतमा, आरोप र ठगीको बिवरण)

नेपालप्लस डटकले यो ठगी बिरुद्द निरन्तर लेख्न थालेपछि रोमा न्युपाने र चिरन पोख्रेलले धेरै पटक इमेल र फेसबूकमा म्यासेज लेखेर ति लेख र समाचारहरु हटाउन दबाब दिएका थिए । पछिल्लो समयमा रोमाका पती पोखरेलले अदालतमा रहेको मुद्दाको विषयमा नलेखिदिन, समाचर हटाइदिन आग्रह गरेका थिए ।

ठगीका प्रमाणहरु हेर्न तलका लिंक पढ्नुस्

मान्छे ठग्नलाई खुट्टै हुनुपर्छ र ?

एक खुट्टाले नाच्ने कलाकार न्यौपाने ठगीको आरोपमा परिन प्रहरी खोरमा

चालिस लाख लिएर अर्काको होटेल अर्कैको नाममा

तपाइँको प्रतिक्रिया