भूकम्प पिडितको रकम हिनामिना गरेपछि दिएको दान फिर्ता माग्दै जर्मनहरु
नेपालका भूकम्प पिडितहरुको राहत र उद्दरकालागि दिएको दान हिनामिना भएको, बेलैमा राहत नदिएको थाह पाएपछि जर्मन दाताहरुले दिएको दान फिर्ता माग्न थालेका छन् । हिमालयन परिवारले नेपालमा भूकम्प गएको एक वर्ष हुन लाग्दासम्म पिदितलाई राहत दिनुको साटो दरुपयोग भएको, आफूले दिएको दानको भर्पाई र कर कार्यालयमा कर कटाउन प्रमाण नदिएको बरु हिनामिना गरेको थाह पाएपछि दान फिर्ता माग्न थालेका हुन् । संमपर्ण म्युनिकबासी लगायत बिदेशीले भुकम्प पिडितलाई दिएको रकम १० औ महिनासम्म पारदर्शीरुपमा सदुपयोग गर्न नसकेको आरोप लगाऊदै नेपालीहरुको बदनाम हुनेगरी ११ औ महिनामा किन्डरमेनु कोनिग जिएमबिएच (Kindermenu König GmbH ) भन्ने संस्थाकी आस्ट्रिड पेनले आफूले दिएको पाँच हजार युरो फिर्ता लगेकि छन् । यसबाट नेपालीहरुले पिडितका नाम्मा उठाएको दानपनि हिनामिना गर्छन्, बदमासी गर्छन् भन्ने बेइज्जति नेपालीको भएको छ ।
किन्डरमेनु भन्ने जर्मनीको म्युनिखस्थित वालवालिकालाई खाना दिने संस्था हो । वालवालिकाको गाँस काटेर नेपालका भूकम्प पिडितलाई सहयोग गरेपनि सरकारलाई उनले बुझाउनुपर्ने लिखित प्रमाण हिमालयन परिवारले दिन नसकेपछि उनले अनियमितता गरेको सहन नसकेर रकम फिर्ता लगिन् ।
म्युनिकबासी नाममा ऊठाएर हिमालयन परिवारका केहि सदस्यले मनोमानी ढंगबाट कार्य समितिलाई समेत जानाकारी नदिई हिमालयन परिवारको पैसा भन्दै १० औ महिनासम्म संस्थाका केहि ब्यक्तिले ब्यक्तिगतरुपमा प्रयोजन गर्दै आएका थिए । तिनले बाहिर भने सामाजिक ठुला योजनाको आश्वासन दिए । सो क्रममा खाली पानामा किर्ते सही गर्न लगाईएको कुरापनि अहिले म्युनिखमा चर्चाको विषय बनेको छ । रकम अनियमितता भएको बाहिर आएपछिपनि उनीहरुले आर्थिक हरहिसाब गुपचुप राखेका थिए । पछि नेपालमा भएका आफन्तको सहयोगमा मनोमानी ढंग्ले राहत वितरण गरी फेसबुक र युटुबबाट प्रचार गर्दै चोखिन खोजेका छन् ।
म्युनिकबासी संम्पुर्ण नेपाली लगायत विदेशीहरुलाई समेत भुकम्प पिडितहरुलाई नेपालमा म्युनिकबासीका नाममा बृहत पुनर्निर्माण कार्य गर्ने आश्वाशन हिमालय परिवारका अध्यक्ष हरी न्यौपानेले दिँदै आएका थिए । उनले त्यसरि आश्वाशन दिएर रकम लिँदा बिना अर्धकट्टी ४२ हजार युरो संकलन गरेका थिए । दशौ महिनासम्म बिशाल योजनाको आस्वासन दिदै सो रकम संस्थाका दुई तिन जनाको मिलोमतोमा गुमनाम पारिएको थियो । म्युनिकबासी र बिदेशीहरुले बारम्बार ताकेता गर्दा गर्दैपनि हरहिसाबमा पारदर्सिता नदेखाऊँदा हिमालयन परिवार प्रति म्युनिकबासीहरु आक्रोसित बनेका छन् । त्यसैले बिदेशीहरुले पैसा फिर्ता लिने कार्य जारी छ । आफूले दिएको दान अनियमितता भएको देखिएपछि म्युनिखनिवासी राजेन्द्र भण्डारी लगायतका अन्य नेपालीलेपनि फिर्ता मागेका छन् । तर हरी न्यौपानेले जर्मन नागरिक पेनको रकम फिर्ता दिएपनि नेपालीलाई भने फिर्ता दिन आनाकानी गरिरहेका छन् ।
भूकमपिडितका लागि उठाएको रकमको हिसाबकिताब दिने भन्दै हिमालयन परिवारका मुली हरी न्यौपानेले तिन पटकसम्म म्युनिकबासीलाई भेला गराए । तर तिन पटक नै फरक फरक किर्ते हिसाब देखाईएको प्रमाणको रुपमा अडियो रेकर्ड म्युनिखबासीले राखेका छन् ।
म्युनिकबासी नाममा ऊठाएर हिमालयन परिवारका केहि सदस्यले मनोमानी ढंगबाट कार्य समितिलाई समेत जानाकारी नदिई हिमालयन परिवारको पैसा भन्दै १० औ महिनासम्म ब्यक्तीगत प्रयोजन गर्दै आएका आएका थिए । तिनले बाहिर भने सामाजिक ठुला योजनाको आश्वासन दिए । सो क्रममा खाली पानामा किर्ते सही गर्न लगाईएको कुरापनि अहिले म्युनिखमा चर्चाको विषय बनेको छ । रकम अनियमितता भएको बाहिर आएपछिपनि उनीहरुले आर्थिक हरहिसाब गुपचुप राखेका थिए । पछि नेपालमा भएका आफन्तको सहयोगमा मनोमानी ढंग्ले राहत वितरण गरी फेसबुक र युटुबबाट प्रचार गर्दै चोखिन खोजेका छन् ।
लाज छोप्न दोसल्ला र माला
हिमालयन परिवारले भुकम्प पिडितका नाममा ऊठाईएको रकम दुरुपयोग गर्दा म्युनिकबासी लगायत बिश्वभरिका नेपालीले दुख ब्यक्त गरे । हरहिसाबको पारदर्सिताको माग गरे । तर न्यौपानेले त्यसलाई वास्ता नगरी ऊल्टै आफ्नो सामाजिक, राजनैतिक स्तर ऊकास्न राहत बितरणका नाममा सुटुक्क नेपाल पुगे । आफ्ना केही आसेपासेहरु बटुलेर नेपालमा सहयोग गरेको नाटक देखाए । यता बदनाम भएपनि नेपाली मेडियामा फुलमाला र दोसल्ला सहित सम्मानित देखाऊन खोजे । त्यतिमात्रै होइन, म्युनिकबासी नेपालीहरुले दिएको चन्दाको अर्धकट्टी दिनु त परै जाओस हरहिसाब हिनामीना गरेपछी दाताहरुको नामावलीनै फेरबदल गरे । त्यसपछि भुकम्प पिडितको नाममा ऊठाईएको रकमको ब्यहोरा परिबर्तन गरी बाढीपिडितको नाममा दोस्रो नामावली प्रकासित गरियो ।
अनियमिता गरेको रकम लुकाउन खोज्दा तिन पटकको हिसाब बिबरण फरक फरक देखाइयो । त्यसपछि ६ फेब्रुवरी २०१६ मा ब्यान्क भौचर माग गर्दा अध्यक्ष हरी न्यौपानेले ‘हामीसंग भौचर छ’ भनेर झुक्कयाए पनि ३१ जुलाई देखी १५ नोभेम्बर २०१५ सम्मको बैंक भौचर देखाएनन् ।
हिमालयन परिवारले रकम हिनामिना गरेको समाचार बाहिर आएपछि त्यसको प्रतिबाद गर्न बिज्ञप्ती सार्वजनिक गरिएको थियो । समितिका सदस्यहरुलाई सहि गर्न लगाएपनि जम्मा पाँच जनाले मात्रै सहि गरेका छन् । बाँकीको नाम मात्रै उल्लेख छ ।
केहि प्रमाणहरु हेर्नुस्
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक






















