कलाकारिताका नाममा नक्कली कागज बनाउँदै यि हुन् महिला ठग्ने बेल्जियमका ठग

prakash-aryal-1

कलाकार हुँ भन्दै परिचय दिने प्रकाश अर्याल बेल्जियमको ब्रुज शहरमा बस्छन् । कामधामको नाममा भाँडा माझ्छन् । उनको कमाई राम्रै हुन्छ । धेरै समय फेसबूकमा बस्छन । अनि राम्रा र फसाउने खालका केटि खोजेर साथी बनाउँछन् । त्यसपछि बिदेशका रोचक र मुठाका मुठा दाम कमाउने गफ दिन थाल्छन् । कसरि जालमा पर्न सकिन्छ भनेर पछि लाग्छन । गफ हाँन्छन् करोड करोडका । कालो चस्मा, कोट, टाई ढल्काएर कार्यक्रममा पुग्छन् । घुमि हिँड्छन् । नेपाल र बेल्जियम आवत जावत त उनकालागि पानी पधेँरो जस्तो छ । हजार युरो लगभग बिमान खर्च लाग्छ नेपाल पुग्न र फर्किन । तर उनी यता र उता बराबरी झैं गर्छन् । युरोप र नेपाल आतेजाते गरिरहनाले उनको आर्थिक हैशियत निकै उँचो होला भन्ने महिलाले सोच्नु सामान्य बन्छ । तर त्यो सान, ठाँटबाँटको स्रोत केहो ? सोझा साझा नेपालीको तस्करी गर्ने । ‘युरोपको स्वर्गजस्तो देश बेल्जियम लगिदिन्छु’ भनेर नक्कली कागज बनाई बनाई मान्छे ओसार्ने । त्यहि ठगेको, मानव तस्करी गरेको पैसोले बेल्जियममा ठाँटले बस्ने । त्यतिले नपुगेर उनकी श्रीमती शारदा अर्यालले पाएसम्म दुख पाएका नेपालीलाई सहयोग गर्ने भन्दै लगेर उल्टै ठग्छिन् । राख्न दिएको मोबाईलपनि पच पार्छिन्, मानव तस्करी गर्छिन् ।

bank-bill

हो, नेपाली चर्चित दलाल प्रकाश अर्यालले इजरायलमा कार्यरत एक नेपाली महिला गीता स्वारको रकम खाइदिएका छन | तिन वर्ष अघि नेपालबाट गीताको आफ्नो मान्छे बेल्जियम ल्याईपुर्याउने भन्दै उनीबाट चार लाख रुपिया लिए । त्यो पनि नेपालमै रहेकी आफ्नी बहिनीको खातामा हाल्न लागाए । बिजय काफलेको नाममा दुइ वर्ष अघि बिनोद लामाले चार लाख रुपियाँ हालिदिए । त्योपनि बेल्जियम आउने भन्दै । तर दलाल प्रकाशले आज भन्दै भोलि भन्दै ठगे । बेल्जियम ल्याइदिएनन्। इजरायलमा रहेकी गीताले उसको चरित्रमा शंका लागेपछि रकम फिर्ता गर्न कोसिस गरिन् । तर ठगी गर्न पल्केको प्रकाशले सकभर ठगेको रकम पच पार्न सकिन्छ भनेर गीतालाई तर्काउन खोज्यो ।

sharada

हो, नेपाली चर्चित दलाल प्रकाश अर्यालले इजरायलमा कार्यरत एक नेपाली महिला गीता स्वारको रकम खाइदिएका छन | तिन वर्ष अघि नेपालबाट गीताको आफ्नो मान्छे बेल्जियम ल्याईपुर्याउने भन्दै उनीबाट चार लाख रुपिया लिए । त्यो पनि नेपालमै रहेकी आफ्नी बहिनीको खातामा हाल्न लागाए । बिजय काफलेको नाममा दुइ वर्ष अघि बिनोद लामाले चार लाख रुपियाँ हालिदिए । त्योपनि बेल्जियम आउने भन्दै । तर दलाल प्रकाशले आज भन्दै भोलि भन्दै ठगे । बेल्जियम ल्याइदिएनन्। इजरायलमा रहेकी गीताले उसको चरित्रमा शंका लागेपछि रकम फिर्ता गर्न कोसिस गरिन् । तर ठगी गर्न पल्केको प्रकाशले सकभर ठगेको रकम पच पार्न सकिन्छ भनेर गीतालाई तर्काउन खोज्यो ।

पछि गीताले फेसबूकमै प्रकाशको फोटो राखेर बेइज्जत गर्न थालेपछि भने केहि डरायो । प्रकाशको जिम्मा उनकी श्रीमती शारदा अर्याल जो विगतमा बेल्जियममा पनि ठगेको रकम लिएको चर्चा भएको थियो, उनले जिम्मा लिइन । सारदाले पनि गीतालाई मेडियामा नल्याउन दबाब दिइन । अनेक दबब र कोसिस गरेपछि दुइ पटक गरेर गीताले आफ्नो दुई लाख ५० हजार रकम उठाइन । तर अहिले यी दुवै जना गीताको सम्पर्क बाहिर छन । बाँकि एक लाख ५० हजार दिएका छैनन् । यो अर्याल जोडीले गीतालाई मात्रै होइन काठमाडौँकै दीपशिखाको ५० हजार रकम पनि ठगेका छन । त्यसैगरी युरोप ल्याइदिने आस्वाशनमा । गीताको सबै कुरा अडियोमा सुन्न सक्नुहुनेछ ।

https://www.youtube.com/watch?v=f5FMvYV5xkg&feature=youtu.be

कलाकारिता मार्फत दलाली

नक्कली कलाकार बनाएर बेल्जियम लैजाने आश्वासन देखाएर अभिनेता दिनेश शर्मासहित तिन जनाले ४० जनाभन्दा बढिलाई ठगी गरेको घटनाले सनसनी मच्चिएको थियो । खासगरि उता नेपाल र यता बेल्जियममा । ठग्ने मध्येका मुख्य रचनाकार बेल्जियम निवासी प्रकाश अर्याल भएकाले बेल्जियममा त्यस्तो सन्सनी फैलिएको थियो । पीडितले भिसा र कलाकार संघको नक्कली परिचयपत्र बनादिने शर्मासहित मिठु श्रेष्ठ र प्रकाश अर्यालविरुद्ध करिब ४ करोड रुपैयाँ ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा बुधबार उजुरी गरेको कान्तिपुर दैनिकले सार्वजनिक गरिएदिएको थियो ।

उजुरीमा पार्सपोर्टमा लगाएको भिसाको छाप, पैसा बुझाएको हस्तलिखित भर्पाई, चेकको प्रतिलिपि, कलाकार संघको नक्कली कार्ड बनाएको प्रमाण पेस गरिएको थियो । प्रकाशले यस अघिपनि त्यस्तो नक्कली छाप, लेटरहेड, कलाकार संघको भिजिटिङ कार्ड बनाएर मानिसहरुलाई बेल्जियम ल्याउने गरेको बेल्जियमका नेपालीहरु बताउँछन् ।

प्रकाशको घर स्याङजा हो । पत्नी शारदा अर्यालको माईती नवलपरासी । शारदा एन आर एन बेल्जियमको निवर्तमान महिला उपाध्यक्ष पनि हुन् । शारदाले विगतमा बेल्जियमको बिभिन्न नेपाली संघ संस्थामा आबद्द, कम्युनिस्ट पार्टीको सक्रिय कार्यकर्ता एक महिलाले बेल्जियमको शरणार्थी शिबिरमा रहेका एक जोडी नेपालीलाई त्यसैगरि ठगिदिएको घटना बाहिर आएको थियो ।

अर्याल र उनकी पत्नी शारदासित संवन्धित अघिल्ला पोष्टपनि हेर्नुस्

नेपालीको मानव तस्करी गरेर बेल्जियममा मस्तिको जिन्दगी 

शरणार्थी क्याम्प बसेका पीडितलाई’नी यस्तरी ठग्ने ?

युरोपका पाँच पत्रकारमाथि मानहानी मुद्दा

तपाइँको प्रतिक्रिया