कविता : सामाजिक सदभाव

– तुल सिंह नेपाली / यू ए ई

tulsing-nepali

हुन्छ भन्थे स्विजरल्याण्ड,

राजा फाल्न पाए !
नेपाली को कर्मै खोटो
उस्तै जोगी आए !!

++++++++++

सम्बिधानको बाहानामा,
भा छ लछार पछार !
मरि राछन् निर्दोश जन्ता,
हजारौं हजार !!

+++++++++++

देशको भबिश्य भन्दा यीनलाई,
आफनो चिन्ता अhiले !
लुटी राछन् मातृभुमी
प्राण भन्थे पहिले !!

+++++++++++

देशका लागी मर्नै पर्छ,
भन्दा सबै उठे !
गणतन्त्र ल्याउनlaai,
सारा जन्ता जुटे !!

+++++++++++

सामन्तिको केनै कुरा,
senaa पुलिस लुटे !
उनको हतियार खोसीकन,
उनै लाई भुटे !!

++++++++++++

जनताको अधम्मे शाहस,
अनि नौलो आशा !
दिन दिnai एक एक गरि,
लत्याई सके आज !!

++++++++++

सिंगो देश भाग बण्डा,
बांडन लाई बिलो !
मधेश पहाड हिमाल बिच्मा,
छ्यापा छ्याप छ हिलो !!

+++++++++++

यीनकै कारण मेरो देशमा,
उथल पुथल आछ !
राष्टियता सामाजिक सदभाब
सारा खल्बल भाछ !!

तपाइँको प्रतिक्रिया