नेपालप्लस समाचार प्रभाव : भूकम्प पिडितलाई उठाएको रकम सार्वजनिक हुँदै

12596142_10208621855203335_1748803451_nगत साता नेपालप्लसमा एउटा सामाचार निस्कियो ‘भूकम्प पिडितलाई उठाएको रकमले जर्मनीमा रेस्टुरेन्ट’ भन्ने । बाफ रे । त्यसपछि फोन र सम्पर्क बढे । ‘लौ न हटाउनु पर्‍यो, झिकिदिनुपर्‍यो’ भनेर । अनेक माध्यमबाट त्यो समाचार झिकिदिन आग्रह आए । तर समाचार झिक्ने कुरै थिएन । ‘चित्तबुझ्दो गरि खण्डन आओस । खुरुक्क उठाएको पैसा कहाँ के भयो सार्वजनिक गरिदिए त समस्यै समाधान भैहाल्छ नी’ भनिदिएँ । यो रकम कहाँ गयो भन्ने चासो त्यो समाचारपछि सरुवा रोग झैं विश्वभरि फैलियो । अन्तत भूकम्प पिडितलाइ उठाएको रकम सार्वजनिक गर्ने निधो गरियो । भूकम्प गएको नौ महिनासम्मपनि पिडितलाई उठाएको रकम सार्वजनिक गरिएको थिएन । तर गत सता नेपालप्लसमा यसबारे समाचार आएपछि बल्ल सार्वजनिक गर्ने निर्णय गरिएको हो ।

भूकप पिडितलाई सहयोग गर्ने नाममा कति पैस उठेको हो भन्ने यकिन छैन । किनकि यसको हिसाबकिताब अहिलेसम्म सार्वजनिक गरिएकै छैन । कसैले एक लाख तिस हजार युरो भन्छन् । कोहि ६० हजार युरो भन्छन् । उठाउने जिम्मेवारी लिएका हरि न्यौपानेले यकिन नगरेकाले यत्तिनै हो भन्ने निश्चित छैन । तर नेपालप्लसमा यो रकम बारे समाचार आएपछि भने अब सार्वजनिक गरिने भएको छ । यो रकम उठाउने संस्था हिमालयन परिवारका प्रमुख हरि न्यौपानेले यहि फर्वरी महिनाको ६ तारिख शनीवारका दिन त्यो रकम सार्वजनिक गर्ने भन्दै नेपालीलाई खबर गरेका छन् । उनले जर्मनीको म्युनिख निवासी आम नेपालीका बिचमा त्यो सार्वजनिक गर्ने प्रतिबद्दता जनाएको म्युनिखका नेपालीले नेपालप्लसलाई जनकारी दिएका हुन् । भूकम्प पिडितलाई उठाएको रकमले न्यौपानेले जर्मनीमा रेस्टुरेन्ट खोलेको आरोप केहि नेपालीले लगाउँदै आएका छन् ।

तपाइँको प्रतिक्रिया