मानव तस्करी हुनथालेपछि कलाकार संघबाटै राजिनामा

11737817_1430251257304643_6685396924429590288_n

युरोपमा धेरै संघ संस्था छन् ।व्नारा सबैका मानव धर्म, परोकार र कलाकारको श्रीब्रिद्दी छ । कलाकारका संस्था त झन कति छन् कति । जिल्लाका नामै पिच्छे हुन थालिसके । यस्सो कर्यक्रमपनि गर्छन् । कलाकारहरुलाई जमघट गराउँछन् । सञ्चालककर्ताहरु, पदाधिकारीहरुले खादापनि लगाउँछन् । घुमघामपनि चर्कै गर्छन् । तर तिनको भित्रि काम, उद्देश्य कमैलाई जानकारि हुन्छ । कलाकारितामा लागेर, खटिएर, पुरस्कारको ब्यवस्था गरेर र कलाकार संस्था युरोपभरि बिस्तार गर्न लागेका ब्यक्तिलेनै आफू कार्यरत संस्थाका केहि ब्यक्तिले मानव तस्करी गरेको आरोप लगाएर हालै कलाकार संघबट राजिनामा दिएका छन् । त्यति मात्रै होइन, आफैं युरोपको अध्यक्ष बनिसकेका ब्यक्तिलेनै मानव तस्करी गरेको आरोप लगाएर संस्था खारेजीको आबेदन दिन्छ भने मानव तस्करी भएकै रहेछ भनेर पत्याउनै पर्‍यो ।

उज्ज्वल केसी युरोपमा नयाँ नाम होइन, धेरैका लागि । सञ्चारकर्मी हुन् । त्यो भन्दा बढि कलाकार भनेरै परिचय बनाएका छन् ।  लामकाने क्यामरा बोकेर कार्यक्रमहरुमा तेर्स्याएको, नेपालका निर शाह जस्ता कलाकारसित उठबस गरेको र अनेक म्युजिक भिडियो बनाएको धेरैलाई थाह छ । अन्तर्राष्ट्रिय कलाकार मञ्चको शुरुवातीदेखि कलाकारितालाई फैलाउन भनेर हिँडेका उनले अहिले आफैं अध्यक्ष भैसकेको संस्था खारेज गर्न आबेदन दिएका छन् । उनी अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपको अध्यक्ष थिए । यो संस्थाका केहि ब्यक्तिले मानव तस्करी गरेको आरोप लगाउँदै उनले संस्थाबटनै राजिनामा दिएका हुन् । यो कुरो उनले एक प्रेस बिज्ञप्ती सार्वजनिक गरेर स्पष्ठ पारेका छन् ।

झट्ट पढ्दा उनको बिज्ञप्तीको शैली पत्याउन गाह्रो पर्छ । किनभने कहिलेकाहिँ छोरा समानका ठिटालाईपनि उनी ‘दाई’ भनेर संबोधन गर्छन् । मिठो बोल्छन् । नम्र भएर प्रस्तुत हुन्छन् । शालिन भएर उभिन्छन् । ‘हजुर, यहाँ’ भनेर मिठो शैलीमा प्रस्तुत हुने ब्यक्ति कसरि प्रेस बिज्ञप्तीमा यस्तरि कडा भएर प्रस्तुत भोहोला भन्ने लाग्छ । उनले राजिनामा दिनुको कारणपनि खोलेका छन्, स्पष्ठसित । उनको राजिनामाले कलाकारका संस्था र तिनको भित्रि काम, खोज्नु र खोतल्नुपर्ने  आवश्यकतापनि देखाउँछ । धेरै संस्थाभित्र मानव तस्करीको जालो फैलिएको हुनसक्ने आशंकापनि जन्माउँछ । इमान्दार मानिसहरु कसरि फटाहा, जाली, तस्कर र देखावटीको जालमा वर्षौं फस्छन् भनेर जिरिङ्गपनि बनाउँछ ।

बिगत तिस वर्षदेखि कलाकारितामा लागेको उल्लेख गरेका उनले इम्फ् अवार्ड (उत्क्रिष्ठ नेपाली कलाकारलाई दिईने पुरस्कार) स्थापना गर्न लागेपनि अन्त्यमा आएर यहि कलाकार संथाका केहि ब्यक्तिले मानव तस्करी गर्न लागेकाले त्यस बिरुद्द उत्रिनुपरेको, त्यसरि मानव तस्करीका बिरुद्द उत्रिन थाल्दा मानसिक पिडानै खेप्नुपरेको रहस्यपनि उनले बिज्ञप्ती मार्फत् खोलिदिएका छन् । उनको बिज्ञप्तीले भन्छ “तर पनि हामी स्वच्छ मनले केहि साथीहरु अनवरत खटिरहयौ । तर केहि व्यक्ति र समूह नै इअफ् अवर्ड्स् को नाममा मानव तस्करी लगायत आआफ्नै स्वार्थसिद्धि र फाइदा लिन लागिपरेको बिबिध घटनाक्रमले पुष्टि गर्दै लगेपछि म व्यक्तिगत रुपले यस्ता कुतत्वहरुको बिरुद्धमा खडा भएँ ।  फलस्वरुप मैले बिबिध प्रकारको मानसिक यातना झेल्नु पर्यो।”

आफैंले राम्रो भनि भनि अनेक देशका कलाकार समेटेर गठन गरेको संस्थालाई टिकाउन, बचाउन कसलाई रहर हुन्न ? तैपनि ५७, ५८ जना कालाकार छन् भनिएको संस्थाको केन्द्रमा उनले सम्पर्क गरेर समस्या हल गर्न खोजे ।  तर अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनालले उर्दी बाहेक केहि दिएनछन् । त्यसपछि उनले राजिनामा दिएको उल्लेख गरेका छन् । उनले प्रेस बिज्ञप्तीमा भनेका छन् “मैले मेरै सक्रियतामा बनेका यूरोपभरि, कतार, बहराइन शाखाका साथीहरुसंग सल्लाह सुझाव मागें । सबैको साथ रहने प्रतिवद्धता पाएँ ।  तर धेरै साथीहरुको प्रश्न केन्द्रतिर तेर्सियो । केन्द्रमा त्यत्रो ५८ जना कलाकर्मी  रहेको भनिएको कलाकार हामी सबै एकजुट भए यस्ता मानव तस्कर लगायत सब फटाहाहरुलाई पाखा लगायर सफलता पूर्वक कार्यक्रम र संस्थालाई अगाडी बडाउन सक्किन्छ भन्ने सुझाव अनुसार मैले केन्द्रलाई सम्पर्क गरें । तर केन्द्र भनिने ठाउँबाट  अध्यक्ष राम प्रसाद खनाल ज्यूको उर्दी जारी बाहेक केहि नपाए पछि मैले लिखित रुपमा राजिनामा प्रेसित गरें जसलाई केन्द्रिय अध्यक्ष ज्यूले ठाडै अस्वीकृत गरेको पत्र पठाउनु भयो । ”

उनको प्रेस बिज्ञप्तीले त ठूलो भनिएको संस्थामा सचिव, महासचिव, उपाध्यक्ष जस्ता कुनै पद नै नभएको र एक जना अध्यक्षकै ठाडो उर्दीमा चल्ने गरेकोपनि छर्लङ्ग पार्छ । बिज्ञप्तीले भन्छ “केन्द्र भनिने सस्थामा महासचिव, सचिव वा अन्य कुनै पदाधिकारी कहिले नदेखिएकोले यदि एउटा साखा महाशाखा च्याप्टर भएको संस्था के केवल अध्यक्षको निर्णयले मात्रै चल्छ अरु पदाधिकारी छैनन् भने यस्तो सस्था अर्थहीन हुन्छ भन्ने निष्कर्षको साथमा बुँदा गत रुपले ( यसै साथ संलग्न मेरो राजिनामा हेर्नु होला। ) सस्थाको कमि कमजोरी नसचिए  कसरि काम गर्ने भन्दै सच्याउन आग्रहको साथ यदि नसचिने हो भने मेरो राजिनामा स्वीकृत गरि बिदा पाउँ भनेर पुन: राजिनामा पत्र पठाँ ।  त्यस उपर कुनै कारवाही वा प्रति उत्तर प्राप्त भएन  ।”

आफ्नो राजिनामा स्विक्रित गरेको सार्वजनिक गर्दा अन्तर्राष्ट्रिय कलाकार मञ्चलाई घाटा हुन्छ भन्दै उज्ज्वल केसीलाई चुपचाप बसिदिनपनि आग्रह गरिएछ । त्यसपछि लज्जास्पद सदस्य संख्याको उपस्थित्यिमा राजिनामा स्विकार नभनेर ‘कार्यकाल सक्किएकाले बिदा दिएको” भन्दै नाटक गरिएछ । उज्ज्वल केसीले यो नाटककोपनि प्रेस बिज्ञप्तीमार्फत पर्दाफास गरिदिएका छन् “यस बीच बडो नाटकीय तरिकाले साधारण सभा जहाँ उपस्थित सदस्य संख्या हास्यद्पद छ, मेरो कार्यकाल सक्किएको भनि मलाई  बिदाई गरियो। ( बिदाईको तस्बिर आफै बोल्छ। ) कारण मेरो राजिनामा सार्वजनिक भए सस्थालाई घाटा हुन्छ रे ?”

अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोप बेल्जियममा दर्ता भएकले हाल त्यो खारेजीको क्रममा गैसकेको र यो नामबाट कसैले कुनै पत्राचार गरेमा गैह्र कानुनी ठहरिनेपनि उनले सार्वजनिक गरिदिएका छन् । बिज्ञप्तीमा स्पष्ठसित लेखिएको छ ”   अन्तराष्ट्रिय कलाकार मंच यूरोप जुन बेल्जियममा दर्ता थियो सो दर्ता खारेजी प्रक्रियामा गईसकेकोले अन्तराष्ट्रिय कलाकार मंच यूरोपको नामले, लेटर प्याड वा  कोहि कसैले पनि कुनै पनि प्रयोजनका निम्ति प्रयोग गरेमा सो किर्ते ठहर्ने समेत जनाकारी गराउँदछु।”

उज्ज्वल केसीले सार्वजनिक गरेको बिज्ञप्ती हेर्नुस् 

प्रेस बिज्ञप्ति

सम्पूर्ण कलाकार तथा आदरणीय कलाप्रेमी जनसमुदायमा हार्दिक नमस्कार,

हाल केहि व्यक्तिहरुले मेरो बिरुद्धमा अनर्गल प्रचार गर्दै। मलाई अन्तराष्ट्रिय कलाकार मंचबाट निकालिएको भन्ने कुप्रचार गर्दै आफ्नो व्यक्तिगत स्वार्थ साधन सक्रिय रहेको जानाकारी पाएर,यो प्रेश बिज्ञप्ति जारि गर्दैछु। म अन्तराष्ट्रिय कलाकार मंच या यूरोप महाशाखाको कुनै पनि पदमा बिगत २/११/२०१५ देखि नरहेको व्यहोरा सबैमा जानाकारी गराउदछु।  मबाट प्रतिपादित मेरो परिकल्पना र मेरो नेतृत्वमा यहाँहरु माझ ल्याएको ARTIST AWARD कलाकार सम्मान कार्यक्रम हाललाई केवल स्थगित गरिएको तर निकट भविष्य मै सम्पूर्ण कलाकार र नेपालीको शिर उच्च हुने गरि सम्पन्न हुने व्यहोरा समेत अवगत गराउदछु । म यो कलाकारिताको श्रीवृद्धिमा निस्वार्थ सामाजिक भावले सक्रिय कलाकर्मी हुँ। मेरो उपस्थितिमा कला जगत या  राष्ट्रिय ब्यजति हुने कार्य कदापी  हुन् दिने छैन भन्ने पूर्ण प्रतिबद्धताको साथमा नेपाली समाजलाई पनि सचेत रहन हार्दिक आग्रह गर्दछु।

अन्तराष्ट्रिय कलाकार मंच यूरोप जुन बेल्जियममा दर्ता थियो सो दर्ता खारेजी प्रक्रियामा गईसकेकोले अन्तराष्ट्रिय कलाकार मंच यूरोपको नामले, लेटर प्याड वा  कोहि कसैले पनि कुनै पनि प्रयोजनका निम्ति प्रयोग गरेमा सो किर्ते ठहर्ने समेत जनाकारी गराउदछु।

म बिगत ३० वर्ष देखि अनवरत नेपाली कला संगीत चलचित्र रेडियो टेलिभिजनमा सक्रिय संचारकर्मी तथा कलाकर्मी उज्ज्वल के.सी. बिगत चार वर्ष देखि अमेरिकामा केन्द्रिय कार्यालय भनिएको अन्तराष्ट्रिय कलाकार मंचको यूरोप महाशाखाको सर्वप्रथम महासचिव अनि पहिलो साधारण शभा मार्फत अध्यक्षका हैसियतले संस्थालाई गतिशील बनाउदै बिबिध नेपाली कलासंस्कृति र समाज उपयोगी कार्यक्रमको पूर्वाधार जुटाउदै तन मन धनले सक्रिय रहे तर हाम्रा राम्रा कार्यक्रमलाई बिफल पार्न संस्था भित्रै र बाहिरबाट बिबिध प्रहार भए

तर पनि हामि स्वच्छ मनले केहि साथीहरु अनवरत खटिरहयौ तर केहि व्यक्ति र समूह नै IAF AWARDS को नाममा मानव तस्करी लगायत आ आफ्नै स्वार्थसिद्धि र फाइदा लिन लागि परेको बिबिध घटनाक्रमले पुष्टि गर्दै लगे पछि म व्यक्तिगत रुपले यस्ता कुतत्वहरुको बिरुद्धमा खडा भए  फल स्वरुप मैले बिबिध प्रकारको मानसिक यातना झेल्नु पर्यो। तत् पश्चात मैले मेरै सक्रियतामा बनेका यूरोपभरि, कतार, बहराइन शाखाका साथीहरु संग सल्लाह सुझाव मागे सबैको साथ रहने प्रतिवद्धता पाए तर धेरै साथीहरुको प्रश्न केन्द्र तिर तेर्सियो केन्द्रमा त्यत्रो ५८ जना कलाकर्मी  रहेको भनिएको कलाकार हामि सबै एक जुट भए यस्ता मानव तस्कर लगायत सब फटाहाहरुलाई पाखा लगायर सफलता पूर्वक कार्यक्रम र संस्थालाई अगाडी बडाउन सक्किन्छ भन्ने सुझाव अनुसार मैले केन्द्रलाई सम्पर्क गरे

तर केन्द्र भनिने ठाउँबाट  अध्यक्ष राम प्रसाद खनाल ज्यू को उर्दी जारी बाहेक केहि नपाए पछि मैले लिखित रुपमा राजिनामा प्रेसित गरे जसलाई केन्द्रिय अध्यक्ष ज्यूले ठाडै अस्वीकृत गरेको पत्र पठाउनु भयो सो पश्चात केन्द्र भनिने सस्थामा महा सचिव, सचिव वा अन्य कुनै पदाधिकारी कहिले नदेखियकोले यदि एउटा साखा महाशाखा च्याप्टर भएको सस्था के केवल अध्यक्षको निर्णयले मात्रै चल्छ अरु पदाधिकारी छैनन् भने यस्तो सस्था अर्थहीन हुन्छ भन्ने निष्कर्षको साथमा बुँदा गत रुपले ( यसै साथ संलग्न मेरो राजिनामा हेर्नु होला। ) सस्थाको कमि कमजोरी नसचिए  कसरि काम गर्ने भन्दै सच्याउन आग्रहको साथ यदि नसचिने हो भने मेरो राजिनामा स्वीकृत गरि बिदा पाउ भनेर पुन: राजिनामा पत्र पठाय त्यस उपर कुनै कारवाही वा प्रति उत्तर प्राप्त भएन

तर यस बीच बडो नाटकीय तरिकाले साधारण सभा जहाँ उपस्थित सदस्य संख्या हास्यद्पद छ मेरो कार्यकाल सक्किएको भनि मलाई  बिदाई गरियो। ( बिदाईको तस्बिर आफै बोल्छ। ) कारण मेरो राजिनामा सार्वजनिक भए सस्थालाई घाटा हुन्छ रे ? यस्ता यावत थुपरै तिता मिठा कुरालाई थाती राख्दै यदि अन्तराष्ट्रिय कलाकार मंचले गति लिन्छ या कला जगतका निम्ति राम्रो काम हुन्छ भने राम्रो हो भन्दै म मौन बसे तर यसको अर्थ यो होइन मेरो व्यक्तिक स्वतन्त्रता या मान मर्दनका निम्ति  कोइ फटाहा धुर्तहरुलाई म छुट दिउ ? यसर्थ त्यस्ता फटाहाहरु संग सजग रहन सबैमा हार्दिक आग्रह गर्दछु। म र मेरो परिचय या मेरो सामाजिक प्रस्तुति त अवश्य नेपाली समाजले मूल्यांकन गर्नु भएको होला तर यस बिच म केहि धुर्तहरुका घेरा बन्दीमा परे मेरा कारणले कसैलाई पनि कुनै पनि प्रकारको असजिलो पर्न गए वा परेको छ भने म हार्दिक क्षमा याचना समेत गर्दछु।

यदि कोहि कसैलाई मैले किन कार्यक्रम गरिन या सस्थाबाट किन राजिनामा दिए भन्ने बारेमा जिज्ञासा भए मलाई सिधै सम्पर्क गर्नु होला। सस्था फुटे फुटाईए देखिका बिबिध नौटंकीका लामै दस्तावेज म संग सुरक्षित रहेको व्यहोरा समेत अवगत गराउदछु।

धन्यवाद

उज्ज्वल के. सी.

कलाकर्मी तथा संचारकर्मी

[email protected]

www.ujjwalkc.com

तपाइँको प्रतिक्रिया