माओवादी कार्यकर्ता धमाधम राजधानी भित्रिएका किन ?

         कटुवालमाथि करवाही पछि माओवादी सरकारबाट हट्ने

 

हिजो भएको एकिक्रित माओवादी, नेकपा (एमाले) र नेपाली कांग्रेसको बैठकमापनि नेकपा माओवादीले कुनैपनि हालतमा प्रधान सेनापनि रुक्मांगत कटुवाललाई बर्खास्त गर्ने अडान दोहोर्‍याए । नेकपा एमालेले साथ नदिएपनि यसमा एक्लो निर्णय गर्नुपर्ने र पार्टी सरकारमा टिके वा सरकारबाट हट्नुपरेपनि यसमा पार्टी दिर्घकालिन रुपमा बिजयी हुने उनीहरुको मूल्यांकन छ । यदि यसमा पार्टीले लत्तु छोडे बिदेशी हस्तक्षेप अझ बढ्ने, माओवादीलाई अझ पेल्ने, सैनिकिकरण बढ्ने मूल्यांकनमा  उनीहरु पुगेका छन् । माओवादीमा तल्लो स्तरका कार्यकर्ता र केन्द्रिय समितीबाट यो मुद्दामा कुनैपनि हालतमा पार्टी तल पर्नु नहुने बरु जस्तोसुकै मूल्य चुकाएर भएपनि एक्लै निर्णय गर्नुपर्ने दबाबका कारणपनि यसो भएको हो ।

माओवादीको यहि अडानका कारण अहिले माओवादीका कार्यकर्ताहरु देशका बिभिन्न ठाउँबाट धमाधम राजधानी भित्रिरहेको नेपालप्लसका एक सहयोगिले बताएका छन् । माओवादीले कुनैपनि हालतमा कटुवाललाई कारवाही गरेरै छोड्ने अडान लिएपछि तिनका कार्यकर्ताहरु धमाधम राजधानी भित्रिएका हुन् । कटुवाललाई कारवाही गरेपछि उनले चाल्नसक्ने अनिश्चयको खतरालाई चुनौति दिएर प्रतिकार गर्नका लागि माओवादीले भित्रि रुपमा तयारि गरेको हुन सक्ने प्रवल संभावना छ ।

   

एमालेलाई दिए माओवादीले चेतावनी

हिजै भएको त्रिपक्षिय बैठकपछि नेकपा एमालेका अध्यक्ष झलनाथ खनल र नेता माधव नेपालले नेपाली कांग्रेसका सभापती गिरिजाप्रसाद कोइराला सित फोनमा वार्ता गरेका थिए । उनीहरुले माओवादी प्रस्ताबमा कोइरालालाई सहमत गराउन खोजेका थिए । तर कोइरालाले माओवादी प्रस्तावलाई कुनैपनि हालतमा आफुले सहमती नगर्ने बताएको नेपालप्लसका सहयोगि एकजना पत्रकारले बताएका छन् ।

        

 

 हिजै एकिक्रित माओवादीले नेकपा एमालेलाई प्रधान सेनापती हटाउने आफ्नो प्रस्ताबमा साथ दिन दबाब दिए । प्रधान सेनापतीलाई अहिले नहटाए देशमा सैन्य शासन शुरु हुनसक्ने, गणतन्त्र धरापमा पारिने, नयाँ संबिधानपनि नबन्ने, शान्ति संझौता धरापमा पर्ने र झन बढि बिदेशी हस्तक्षेप हुने भन्दै एमालेलाई सचेत गराएका छन् । त्यसको साझेदार एमालेपनि हुनुपर्ने चेतावनी दिएका छन् । यदि एमालेले साथ नदिएपनि माओवादीले जस्तो सुकै हालतमापनि प्रधान सेनापतीलाई कारवाही गरेरै छाड्ने र सरकारबाट पनि हट्ने चेतावनी एमालेलाई दिईसकेका छन् । भोलि वा पर्सीसम्म कटुवाललाई कारवाही गर्ने र मे १ वा २ सम्ममा सरकारबाट हट्ने अड्कल माओवादीको छ । तर नेपालको राजनीतिक अवस्था यति बिग्रँदो र अनिश्चित छ कि कुनैपनि अनुमान र योजना यहि हुन्छ भन्न सकिने अवस्था भने छैन ।

तपाइँको प्रतिक्रिया