पाँच आतंककारी छिरेपछि स्विजरल्याण्डमा आतंक

uni1449752406

विश्वको शान्तिप्रिय देश । लडाईँ, झैझगडा नगर्ने । कसैको पक्ष र बिपक्षमा न उत्रने, नबोल्ने । शान्त रहने । आफ्नो देश बनाउने बस्ने । तर त्यतिले मात्रै शान्तिपूर्वक बस्न नपाइने रहेछ । नेता र सरकारलाई ढुक्क नहुँदो रहेछ । यतिखेर स्विजरल्याण्ड आतंकित छ । सडकमा टाटेपाटे बर्दीधरी सैनिक देखिन्छन् । जेनेभास्थित संयुक्त राष्ट्र संघ, विश्व श्रमिक संगठन लगायतका अन्तर्राष्ट्रिय कार्यालयहरुमा हतियार बोकेर बस्ने सैनिकको संख्या बाक्लो छ ।सरकारले पाँच जना आइ एस आइका आतंककारीहरु आफ्नो देश छिरेको खुलस्त सार्वजनिक नगरेपनि बिदेशी मेडियाहरुले यो खबरलाई बाहिर ल्याएका छन् । स्विजरल्याण्डका फाट्टफुट्ट मेडियालेपनि लेखेका छन् । तर प्रस्ट पार्न सकेका छैनन् ।

तर स्विस सरकारले आन्तरिक रुपमा भने खासगरि जेनेभा शहरलाई उच्च सतर्कतामा राखेको बिदेशी मेडियाहरुले उल्लेख गरेका छन् । जेनेभा शहरमै चार जना आतंककारीहरु लुकेको अनुमानले सुरक्षा अधिकारीहरुले जेनेभालाई उच्च सतर्कतामा राखेका हुन् । उनीहरुले ति चार जनाको ब्यापक खोजि गरिरहेका छन् ।

स्विस अधिकारीहरुको स्रोतलाई उल्लेख गर्दै भोआ न्युजले जनाए अनुसार ति चार आतंककारीहरु गत नोभेम्बर १३ का दिन पेरिस शहरमा भएको आक्रमणसितै संवन्धित हुन् ।

प्राय संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालयमा नदेखिने सैनिकहरु अहिले मूलगेट पस्नु अहिनै आधुनिक हतियार बोकेर उभिएका छन् । त्यसैगरि हतियारधारी प्रहरीहरुपनि शहरका गल्लीतिर गस्ति गरिरहेको देखिएका छन् ।

भोली सिरियाबारे राष्ट्रसँघमा बहस हुने दिन हो । यो बहस अकुनै एक गोप्यस्थलमा हुने भनिएको छ ।

फ्रान्सको ते एफ दु (टि एफ-२) टिभीले जनाए अनुसार आज अमेरिकी गुप्तचर सँस्था सिआइएले स्विजरल्याण्डमा आतककारी हमाला हुँदैछ भन्ने जानकारी स्विस सरकारलाई दिएको हो । जेनेभामा सबको भागभाग भएको र हाइअलर्ट घोषणा गरिएको पनि फ्रान्सेली टिभीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया