नेपाली झण्डा फहराउँदै जर्मनीको भारतीय दुतावास अगाडि तिब्र नाराबाजी
- तस्विर- अमर गोर्खाली / बर्लिन
नेपालमाथि अत्याचार र अपराध गर्ने भारतीय शासक वर्गका अगाडि नेपाली झण्डा, शान र मान फेरि एक पटक गर्जेको छ । त्योपनि जर्मनी जस्तो प्रजातान्त्रिक मुलुकमा रहेको भारतीय दमनकारी शासक वर्गको राजदूतावास अगाडि । नेपालमाथि भारतले लगाएको आर्थिक नाकाबन्दिका बिरुद्द जर्मनीका नेपाली जुर्मुराउँदै भारतीय राजदूतवासमा गएर तिब्र नाराबाजी र बिरोध गरेका हुन् । संयुक्त राष्ट्र संघ र अन्य मुलुकले त भारतको अत्याचारको उदांगो रुप बुझ्दै थिए । बोल्दै छन् । अब बिदेशमा रहेका नेपालीहरुलेपनि अब भारतको टाउको दुखाउँदै छन् ।
आज जर्मनीको पुरानो शहर बर्लिनस्थित भारतीय राजदूतावासमा जम्मा भएर नेपालमाथिको नाकाबन्दि बिरुद्द बिरोध गरेर फेरि भारतीय अत्याचारी शासकहरुको टाउको खाए ।
नेपाली झण्डा हात हातमा बोकेका, भारत बिरुद्द अनेक नारा लेखिएका प्लेकार्ड बोकेका, नेपाली पोशाकमापनि सजिएका नेपाली दूतावास अगाडि पुगेर नाराबाजी गर्न थालेपछि दुतावासका कर्मचारीहरु चकित परेको नेपालीहरुले बताए ।
उनीहरुले भारतीय दूतावासमा गएर नेपालमाथि लगाएको नाकाबन्दि तत्कालै हटाउन मागपनि गरे । त्यसो नगरे अझ कडा रुपमा प्रस्तुत हुनेपनि बताए । नेपालीहरुले नेपालको आन्तरिक राजनीतिक हस्तछेप बन्द गर, औषधी र इन्धन पनि रोकेकाले यो मानव अधिअकरको ठाडो उल्लंघन हो, नेपालको पारवहन अधिकार सुनिश्चित गर जस्ता नारा लगाएर भारतीय शासकहरुलाई चुनौति दिए ।
बर्लिन शहरका नेपाली त भेला भए नै । यसमा भेला भएर भारतीय सरकारको दादागिरीलाई चुनौति दिन जर्मनीका अन्य शहरबाटपनि नेपालीहरुले आएका थिए । बिरोध सभा सकिएपछि नेपालीहरुले भारतीय दुताबासमा नाकाबन्दिको बिरोधमा ज्ञापनपत्र समेत बुझाए ।










