प्रधान सेनापतीलाइ आजै बर्खास्त गरिने, देशभर प्रदर्शनको तयारि
अपडेट-आज कुनैपनि मूल्य चुकाएर भएपनि माओवादीले प्रधान सेनापतीलाई बर्खास्त गर्ने पार्टीमा आन्तरिक सर्कुलरसमेत जारी गरेका थिए । त्यसै अनुसार संभावित दूर्घटनालाई प्रतिकार गर्न र जनताको समर्थन बटुल्न माओवादीले जनतालाई सडकमा उतार्न निर्देशनपनि दिए । र आजपार्टी निर्देशन अनुसार माओवादीले कोटेश्वर, कालीमाटी र रत्नपार्कबाट कटुवालका बिरुद्द जुलुस निकाले। नाराबाजी गरे । तर अन्तिम समयसम्म अन्य पार्टीको समर्थन लिने प्रयासपनि जारी थियो । कम्तिमा एमालेको पूर्ण समर्थन पाए बिना हिचकिचाहट बर्खास्त गर्ने पक्षमा थिए । तर बिभिन्न राजनितिक सहमती लिने प्रयास गर्दा गर्दै भोली सबै पार्टीको सर्वदल्य बैठक बस्ने सहमती भयो । भोली तैपनि सबैको सहमती लिन सकिन्छ कि वा अन्य उत्तम बिकल्प निकाल्न सकिन्छ कि भनेर माओवादीले आजलाई वर्खास्त गर्ने घोषणा थाती राखे । भोली सर्वलिय बैठकबाट सहमती ननिस्किए माओवादीहरुले कार्वाही गरेरै छाड्ने र बरु सरकारबाट हट्नुपरेपनि हट्ने वा अन्य जुनसुकै बिकल्पका तयार रहने निर्णय गरेका छन् ।
प्रधान सेनापती रुक्मांगत कटुवाललाई आज रक्षा मन्त्रालाय्ले उनको पदबाट बर्खास्तगर्दै छ। यो समाचार स्वतन्त्र ढंगले पुष्टि भैसकेको त होइन नै तर पनि उनलाई नहटाए देशमा कुनैपनि बेला सैनिकिकरणहुन सक्ने र शान्ति संझौता भंग हुने बलियो संभावना रहेको तथा उनले देश र जनताको आदेश नमानेको भन्दै पदबाट बर्खास्त गर्न लागिएको हो । उनलाई बर्खास्त गरेपछि हुन सक्ने सैनिक कु लाई ध्यानमा राखेर आज माओवादीले देश भर सडकमा ओर्लिएर प्रतिकार गर्न तथा उनलाई बर्खास्तिको समर्थनमा प्रदर्शन गर्न सर्कुलर जारी गरिसकेको आज नेपालप्लसलाई काठमाडौंबाट एक पत्रकार ले जानकारि दिएका छन् । अन्य दलहरुको सेनापती नहटाउने मागलाई वास्ता नगरि माओवादीहरुले जस्तो सुकै परिस्थितिको पनि सामना गर्ने भन्दै उनलाई बर्खास्त गर्ने निर्णयगरेका हुन् । समय अभावका कारण अहिले यो भन्दा बढि लेख्न भ्याईन । बिस्त्रित समाचार पछि फेरि दिनेछु । हेर्दै गर्नुहोला ।




