पेरिस हमलामा सिरियन शरणार्थीको हात ?

3705

शुक्रबार पेरिसमा भएको भयानक आतंककारी हमलामा सिरियाका श्रणार्थीको हात रहेको हुनसक्ने देखिएको छ । हमलाकारीको पचिहान गर्न फ्रान्सको सुरक्षा निकायले हालसम्म नसकेका बेला पेरिस घटनामा सिरियन शरणार्थीको हात हुन सक्ने देखिएको छ । किनभने आत्मघाती हमलाकारीको लास नजिकै सिरियन शरणार्थीको पासपोर्ट फेला परेको छ ।

ति सिरियन नागरिकले गएको अक्टोबर महिनामा ग्रिसबाट शरणार्थी बनेर पासपोर्ट लिएका थिए । यो पासपोर्ट लिएर आत्मघाती बम हान्न गएको  देखिएको छ । त्यो पासपोर्ट शरणार्थीले प्रयोग गरेको ग्रिस प्रशासनले जनाएको मेडियाहरुले उल्लेख गरेका छन् । त्यो पासपोर्टमा ग्रिकको एक टापूमा उत्रिएको केहिदिनपछि त्यस ब्यक्तिले सर्बियाको दक्षिणी सिमा पार गर्न प्रयोग गरेको सर्बियाका अधिकारीहरुले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया