गजल

प्रदीप सुबेदी

 

pradeep-shree-myagdi-doha-qatar

 

हारेको कर्म रोएको मन बोकेर जानु कहाँ ?        

 

आँखाको आँशु बगेर आयो पोखेर जानु कहाँ ?

 

 

सकिन भुल्न बिछोड को पिडा सम्झेर अतित

 

धेरै थोरै माया को तौल जोखेर जानु कहाँ ?

 

 

छोडेर मलाई निष्ठुरी गयौ धनको पिछाडी

 

आफु एक्लै भट्टी मा रक्सी धोकेर जानु कहाँ ?

 

 

पर्खाईको पीडा कसरी सहनु गढ्दै बेस्सरी

 

बिग्रेको मनमा ताला चापी ठोकेर जानु कहाँ ?

 

-ज्या म्याग्दी, हाल कतार

तपाइँको प्रतिक्रिया