संयुक्त राष्ट्र संघको कार्यालय अगाडि गरिने प्रदर्शनीमा एन आर एन का पूर्व केन्द्रिय अध्यक्षपनि आउँने
नेपालमा भारतले गरेको नाकाबन्दि बिरुद्द भोली संयुक्त राष्ट संघ, जेनेभा स्थित कार्यालय आगाडि गर्न लागिएको प्रदर्शनमा एन आर एनका पूर्व केन्द्रिय अध्यक्ष जिवा लामिछानेपनि आउने भएका छन् । उनी जर्मनीबाट यता आउन लागेका हुन् । त्यस्तै पोर्चुगल एन आर एनका अध्यक्ष लगायत फ्रान्सको ग्रनोब्ल शहर र अन्य ठाउँबाट नेपालीहरु आउँदै छन् । कार्यक्रमका लागि शिष्ट, शालिन र भद्र नाराहरु तयार पारिँदै छ । स्विजरल्याण्डका बिभिन्न शहरबाट जेनेभा आएर नेपालीहरुले सहभागिता जनाउन लागेको जानकारि दिएका छन् ।
नेपालका तर्फबाट संयुक्त राष्ट्र संघमा मानव अधिकारका बारेमा नेपालबाट आएका प्रतिनिधीहरुले संवोधन गर्दै गर्दा संयुक्त राष्ट्र संघ कार्यालय बाहिर नेपालबाट आएका प्रतिनिधी, पत्रकार, लेखक, वकिल र युरोपका केहि देशबाट आउने नेपालीले बाहिर प्रदर्शन गर्ने भएका हुन् । कार्यक्रम ठिक साँढे दुई बजे दिउँसो हुने भएको हो ।





